'विदेशमा धेरै प्रेम प्रस्ताव आउँछ'

कतार भ्रमणमा रहेकी अभिनेत्री नन्दिता केसी आईतबार स्वदेश फर्किएकी छिन्। सांस्कृतिक कार्यक्रममा सहभागी हुन दोहा पुगेकी केसीले म्युजिक भिडियोको लागि समुन्द्री किनारमा मोडलिङ समेत गर्न भ्याएकी छिन्। गायक सुगम पोखरेल, रेश्मा सुनुवार, सुजता सिटौला, खुमन अधिकारी, जमुना मल्ल लगायतका १० कलाकारसँगै उनले यात्रा गरेकी हुन्। उनी दोहामै छँदा भएको टेलिफोन वार्ता :
कस्तो हुँदैछ दोहा बसाई?
रमाईलो छ। यहाँका नेपाली दर्शकले रुचाएको कारण तेस्रो पटक आउने मौका पाएँ। अचेल बिदेशी कार्यक्रममा व्यस्तता बढेको छ। यसपटक नेपाली दर्शकको संख्या बढेको पाएँ । झण्डै पाँच हजार नेपालीलाई दोहाको हलमा देख्दा खुशी पनि लाग्यो। यसपटक दुई वटा सो भएकाले लामो बसाई भयो। दिउँसो अत्याधिक गर्मी हुन्थ्यो। एक वर्षपछि सोमबार पानी परेकाले खासै गर्मी छैन। यहाँ बस्ने नेपालीहरूको संस्थामा पनि पुगें। यसपटक एउटा म्युजिक भिडियोको काम समेत सकाएँ। घुमफिर गर्न पाउँदा रमाइलो नहुने कुरै भएन नि।

धेरै कमाई हुने भएकोले विदेशी कार्यक्रमलाई महत्व दिएको हो कि?
पक्कै पनि विदेशमा हुने कार्यक्रममा आउँदा आम्दानी राम्रो हुन्छ। तर, कसै कसैले ठग्ने पनि गर्छन्। त्यसैले पुरा पैसा लिएर मात्र आउने गरेकी छु। पहिलो पटक विदेश आउँदा ५० हजार पाएकी थिएँ। अहिले कार्यक्रमको आधारमा पैसा लिन्छु। फिल्ममा धेरै समय दिनुपर्छ। यस्ता सांस्कृतिक कार्यक्रममा छोटो समयमै राम्रो कमाई हुन्छ।
दर्शक प्रतिक्रिया कस्तो पाउनु हुन्छ?
खाडी मुलुकमा कार्यरत दर्शकले नेपाली फिल्म धेरै रुचाएको पाएकी छु। उहाँहरु नेपाली फिल्म रिलिज हुँदा हेर्ने गर्नुहुँदो रहेछ। मन परेका फिल्मको डिभिडी मागएर हेर्ने गरेको पनि पाएँ। जीवनशैली कठिन भएपनि कहिलेकाँही हामी पुग्दा उहाँहरू खुसी हुनुहुन्छ।

विदेशमै मन साटिएको त छैन?
आजसम्म यस्तो विषयमा ध्यान दिएको छैन। प्रेम प्रस्ताव चाहिं आउँछ। म कामको सिलसिलामा आएकी हुँ। त्यसैले प्रस्तावलाई शुभचिन्तकको मायाको रूपमामात्र लिने गरेकी छु।

स्वदेश र विदेशमा बस्ने दर्शकमा के फरक पाउनु भएको छ?
विदेशमा बस्ने नेपालीले धेरैपछि कलाकारलाई भेट्न पाउँछन्। त्यसैले विदेशमा भेटिएका दर्शक बढी आत्मीय लाग्छ।

फिल्म घटेको हो कि?
हैन काम गरिरहेकी छु। यहाँबाट फर्के लगत्तै फिल्मको काममै जुट्ने हो। 'मृगतृष्णा'को रिलिजको लागि समय मिलाउनु पर्नेछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out