हरेक दिन एक बलात्कार

गम्भीर किसिमको सामाजिक अपराधका रुपमा लिइने बलात्कारका घटना बढिरहेको पाइएको छ। प्रहरीको तथ्याङकअनुसार हरेक दिन देशमा एउटा बलात्कारको घटना हुने गरेको छ। गत आर्थिक वर्षमा तीन सय ७२ वटा बलात्कारका घटना नेपाल प्रहरीमा दर्ता भएका थिए। अझै धेरै घटना प्रहरी समक्ष नआउने गरेको प्रहरी अधिकारीहरुको भनाई छ।
धेरै जसो बलात्कारका घटना आफन्तबाटै हुने गरेको छ। त्यसकारण व्यक्तिगत इज्जतका कारण पनि बलात्कार घटनाका अधिकांश पीडित प्रहरीमा जाने गरेका छैनन्। हालै मात्र काठमाडौं ३६ वर्षिय रामबहादुर कार्की आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परे। हाडीगाउँ निवासी उनले आफ्नै दश वर्षीया छोरीलाई बलात्कार गर्दै आएका थिए। त्यस्तै किसिमको एउटा दर्दनाक बलात्कारको घटना हालै सुदुरपश्चिममा सार्वजनिक भएको छ। आमाकै सामुन्ने कञ्चनपुरकी एक १२ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेका हुन्।
यौनपिपासु बाबु प्रहरी खोरमा पुगेका छन्। वर्ष दिनदेखि बाबुबाटै बलात्कृत हुँदै आएकी बालिका असह्य भएपछि बुवालाई कारवाही गर्न आमाको सहयोगमा प्रहरी कार्यालय पुगेकी छन।  
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी रोश्नी (नाम परिवर्तन)लाई उनकै बाबु विष्णु (नाम परिवर्तन)ले एक वर्षदेखि बलात्कार गर्दै आएको परिवारजनले बताएका छन।  बिष्णुले कहिले रक्सी पिएर त कहिले त्यसै पनि बलात्कार गर्ने गरेको उनकी आमा पार्वती (नाम परिवर्तन)ले बताईन। 'बदनाम हुन्छ, सुधि्र हाल्ला भनेर कसैलाई भनिन्' ३४ वर्षीया पार्वतीले रुदै भनिन् 'मैले खेतवारी पनि गयो की समाति हाल्ने भयो। साह्रै भएपछि प्रहरीलाई भनेकी हुँ।'
तीन दिन अघि भाईटिकाको दिन रोश्नी भाईलाई टिका लगाएर खेल्दै थिईन। उनकी आमा आगनको छेउमै रहेको धारामा भाडाँ माझ्दै थिइन। खेल्दै भित्र पसेकी रोश्नीलाई रक्सीले मात्तिएका विष्णुले समाते। रोश्नी रोएको सुनेपछि भाँडा माझ्न छोडेर भित्र पसेको पार्वतीले बताइन्। 'यो (रोश्नी) रुदै थिइ, उसले (विष्णु) जबर्जस्ति गरिरहेको थियो' रोश्नीतिर ईशारा गर्दै उनले भनिन् 'जति गर्दा पनि केही लागेन्। लठ्ठीले खुट्टामा हानेपछि छोड्यो।' तत्कालै उनले महेन्द्रनगर वडा प्रहरी कार्यालयमा फोन गरिन्। प्रहरी पुग्ने वितिक्कै विष्णु भागेको थियो तर खुट्टामा लागेको चोटका कारण दगुर्न नसकेपछि प्रहरीले प्रक्राउ गर्न सकेको पार्वतीले बताइन्।
वर्ष दिनदेखि नै जबर्जस्ति गर्दै आएको रोश्नीले बताईन। 'पोहोर मम्मी घरमा नभएको बेला त्यस्तो गरेको हो' रोश्नीले भनिन्। पोहोर साल भदौमा पार्वती माइती गएको समयमा रक्सी पिएर विष्णुले बलात्कार गरेका उनले खोलिन्। माइतीबाट फर्किदा दिउसै जबर्जस्ति गरिहेको अवस्थामा भेटेको पार्वतीले बताइन्। 'बदनाम हुन्छ, गाउामा बस्नु जस्तो हुदैन भनेर सहेर बसे' पार्वतीले पिडा सुनाउदै भनिन् 'कति सहने? बदनाम सदनाम जे भएपनि होला। बदनामको डरले यस (रोश्नी)लाई कति सताउन दिऔं। अब सहन सन्दिन।' ३५ वर्षीय बिष्णु मजदुरी गर्दै आएका छन। दिनभरी काम गरी साँझ रक्सी पिएर फर्किदा उही व्यवहार गर्दै आएको उनीहरुले बताएका छन। गाउामा पनि उनीहरुले कसैलाई थाहा दिएका छैनन्। आफन्तहरुलाई समेत नभनेको पार्वतीले बताईन।
बुवाबाटै बलात्कृत भएपछि रोश्नीको पढाइ समेत बिग्रिएको छ। महेन्द्रनगरकै एक निमाविमा ६ कक्षामा अध्ययनरत रोश्नीले एक वर्षदेखि पढ्न समेत मन नलाग्ने गरेको बताईन। सधै कक्षामा पहिलो तथा दोस्रो हुने उनी गत वर्ष ६ कक्षामै फेल भएकी छन। 'त्यस्तो भएपछि राम्ररी पढ्न सकिन्, फेल भए' आईतवार साँझ महेन्द्रनगरको महिला तथा बृद्ध सेवा केन्द्रमा रुदै रोश्नीले भनिन् 'आज पनि स्कुल जान सकिन्।' दशैं र तिहारको विदा सकिएर विद्यालय खुलेलपनि भाईटिका दिन बाबुबाटै बलात्कृत हुदा गाह्रो भएर आईतवार विद्यालय गइनन्। रोश्नीलाई महिला तथा बृद्ध सेवा केन्द्रमा राखिएको छ। शुक्रवार पक्राउ गरिएको भएपनि शनिवार विदा रहेकाका कारण कुनै काम हुन सकेन। आईतवार उनलाई वडा प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय लगिएको छ। रोश्नीको तर्फबाट उनकी आमा पर्वतीले कञ्चनपुर जिल्ला प्रहरी कार्यालय जोहेरी दिएकी छन। महिला तथा बृद्ध सेवा केन्द्र र ल्याक कञ्चनपुरको सहयोगमा पार्वतीले जाहेरी दिएकी हुन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out