लेस्वियन कथाको ‘व्रोकब्याक एभरेष्ट’

नेपाली सिनेमाका सुन्दर नारी पात्र देख्नेवित्तिकै दर्शकको मस्तिष्कमा एउटा चित्र बन्छ –आँखाका डिलमा छचल्किएका आँसु र राता–राता आँखा । तर, दर्शकले हेर्दै आएका ती फिल्मी महिला पात्रको ध्यान भने उस्तै नारीतर्फ डोरिएको छ यतिबेला । काठमाडौंका चिसा गल्लीहरूमा निरर्थक उद्देश्यले भौंतारिएकी किरण भने प्रेम पाउन कसैसँग विहे गर्ने मुडमा छे ।
तर, यो शब्दचित्र भने चलचित्र ‘स्नो फ्लावर्ज’बाट लिइएको हो । जुन ६० वर्षे लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा पहिलोपटक समलिंगी महिलाको कथामा बनेको चलचित्र ‘व्रोकब्याक एभरेष्ट’ हो । भर्खरै मात्र सुटिङ सकिएको र आगामी शरदमा रिलिज हुने ‘स्नो फ्लावर्ज’लाई हिन्दु धार्मिक कट्टरपन्थी समाजले स्वीकार्ला वा अस्वीकार गर्ला, अनुमानको पक्ष हो ।
पेरिस बेस्ड फिल्ममेकर सुवर्ण थापाले निर्देशन गरेको चलचित्रमा नेपाली सिनेमाका दुई परिचित अनुहार दिया मास्के र निशा अधिकारीले भावनात्मकरुपमा विक्षिप्त बनेका समलिंगी महिलाहरूको प्रेम आदानप्रदान गर्ने भूमिकामा अभिनय गरेका छन् । ‘दुई लेस्बियन महिला जो मानसिक, भावनात्मक र सामाजिक उतारचढावपूर्ण अवस्थाका बाबजुद प्रेममा पर्छन्’ फिल्मकै लागि भनेर कपाललाई छोटाएकी अभिनेत्री अधिकारीले एएफपीसँग भनिन्, ‘जटिलताले भरिएको यो एउटा सरल कथा भएको सिनेमा हो ।’

नेपालका लोकल मिडियाहरूले यो सिनेमालाई प्रतिकात्मकरुपमा ‘व्रेकब्याक एभरेस्ट’ नामाकरण गरेका छन् । पुरुष समलिंगीबारे हलिउड निर्देशक एङ लीले निर्देशन गरेको चलचित्र ‘व्रोकब्याक माउन्टेन’सँग नेपाली ‘स्नो फ्लावर्ज’लाई तुलना गरिएको छ । १७८ मिलियन डलरभन्दा बढी ग्रस कलेक्सन गरेको र तीनवटा विधामा ओस्कार जितिसकेको एङ लीको उक्त सिनेमा सन् २००५ मा रिलिज भएको थियो । चलचित्र जानकारहरू समलिंगीबारे विश्वमै अनुदार एसियाको नीतिको सन्दर्भमा नेपालको धार्मिक र पुरातन समाजमा यो चलचित्रको कथालाई कसरी लिन्छन् भन्ने बारे प्रतिक्षा गरिरहेका छन् ।

२५ वर्षिया अभिनेत्री अधिकारीका अनुसार समलिंगीलाई हाँसोका पात्रका रुपमा लिइने नेपाली समाजमा उनीहरूको जोडीहरूले खेपिरहेको उतारचढावपूर्ण अवस्थालाई फिल्मले चित्रण गर्छ । तीनवर्षअगाडि नेपालको सर्वोच्च अदालतले अधिकारवादी संघसंस्थाको तीव्र दबाबपछि समलिंगी अधिकारलाई सुनिश्चित गर्नुपर्ने आदेश दिएको थियो । लेख्न लागिएको नयाँ संविधानमा समलिंगी विहेबारे उल्लेख गरिएला भन्ने अपेक्षा सभासदहरूको छ । सभासद सुनिलबाबु पन्तले यस सिनेमाले नेपाली समाज र नेपाली चलचित्रमा ब्रेकथ्रु गर्ने बताए ।

तर, त्रिभुवन विश्वविद्यालयको समाजशाष्त्रका प्राध्यापक चैतन्य मिश्र काठमाडौं र पोखरामा सुटिङ गरिएको चलचित्र ‘स्नो फ्लावर्ज’बारे काठमाडौंले भने तत्काल कुनै प्रतिक्रिया नजनाउने बताउँछन् । मिश्रले भने –मेरो बिचारमा समलैंगिक सम्बन्धलाई लिएर लेखिएका समाचार र फिल्मले खासै समर्थन पाउँदैनन् । त्योभन्दा उनीहरूले अधिकारका लागि गरेको संघर्ष र प्रदर्शनलाई लिएर फिल्म गराएको भए राम्रो हुन्थ्यो ।’ तर, निर्देशक थापा भने नेपालका लेस्बियनले के मात्र गर्छन् भनेर फिल्म नबनाएको र नयाँ एङ्गलबाट कथाको उठान गरेको टिप्पणी गर्छन् । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out