बलिउडकी बंगाली बालाले विदेशमा अनौठो अनुभव गर्न पाएकी छन् । जिन्दगीकै नौलो र अप्रत्यासित अनुभूति । विपाशा वसुले रुसमा जेलको हावा खानुपरेको छ । तर बाहिरी हावा । विपाशाले यस्तो 'स्वणिर्म अनुभव' पाएकी हुन् 'प्लेयर्स' को सुटिङका बेला । अब्बास मस्तान निर्देशित यो फिल्मको काम सकेर 'बिकिनी बेबी' आफ्ना को-स्टार सिकन्दर खेरसँगै बेलुकीपख बाहिर फेर निस्केकी रहिछन् । रुसको मादक मौसममा भुल्दैभुल्दै दुवैजना टाढै पुगेछन् । गफमा भुल्दै हिँडेका उनीहरूलाई अचानक रुसी प्रहरीले नियन्त्रणमा लियो र चौकी पुर्यायो ।
खासमा त्यो ठाउँमा सुरक्षाका दृष्टिले साँझपख बटुवाका लागि वर्जित रहेछ । त्यो कुरो लेखिएका सूचना पाटी यत्रतत्र रहेछन्, तर ती सबै रुसी भाषामा रहेछन् ।
अनाहकमा जेलको हावा खानुपर्ने भएपछि विपाशा र सिकन्दर आत्तिनु स्वाभाविकै थियो । उनीहरू प्रहरीको केरकारमै थिए, भाग्यवश त्यति नै बेला यस्ता प्रहरी त्यहाँ टुप्लुक्किएछन्, जसले विपाशालाई चिनेका थिए । उनका फिल्म हेरेका रहेछन् । अनि ती प्रहरीले दुवैलाई छाडिदिएछन् । उनले विपाशाको अटोग्राफ लिए पनि भुलेनछन् ।
'त्यो घटना सम्झदा निकै रमाइलो लाग्छ,' विपाशाले भनिन् ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago