अलग हुने बाटोमा रेखा दम्पति

यस्तो लाग्छ –चिसिएको मौसमले सेलिव्रिटीको दाम्पत्य जीवनलाई चुनौति दिन खोजिरहेको छ । चिसो पसेपछि सेलिव्रिटीको वैवाहिक जीवन बन्न र भत्कन थालेका छन् । भुवन केसी, अञ्जु पन्त, यम बराल, रञ्जना शर्मापछि अलग हुने तयारीमा छन् अभिनेत्री रेखा थापा र निर्माता छवि ओझा । रेखा निकट स्रोतका अनुसार एक दशकदेखि सँगै बसिरहेको यो जोडी अब अलग हुने तयारीमा छ ।
के तपाईँहरू अलग हुन लाग्नुभएको हो ? रेखाले घुमाउरो पारामा संकेत गरिन् –‘मन मिलेन भने छुट्टिनु नर्मल कुरा हो ।’ रेखा निकट स्रोतका अनुसार एउटै घरमा बसेपनि रेखा र छविबीच नौ महिनयता बोलचाल छैन । रेखाका साथीहरू यो जोडी अलग हुने सम्भावना रहेको बताउँछन् ।
‘सँगै बस्ने र नबस्ने कुरामा उमेरको पनि ठूलो भूमिका हुँदो रहेछ’ आफ्नो पछिल्लो जन्मदिनमा रेखाले हामीसँग भनेकी थिइन्  ‘ऊ (छवि) घर्कंदो र म चढ्दो उमेरकी केटी । उमेरको ग्यापमा कहिल्यै मुड र विचार मिलेन ।’
आफूहरूको दाम्पत्य जीवन लिभिङ टुगेदर नरहेको प्रष्ट्याउँदै रेखाले छविलाई आफूले लोग्नेभन्दा पनि गार्जियनको रुपमा लिएको बताएकी थिइन । पछिल्लो जन्मदिनमा मेरोसिनेमासँग निकै भावुक बनेकी रेखाले दोहोर्‍याइन् –म मेरा लागि कहिल्यै बाँचिन । जति बाँचे सिनेमा र दर्शकको लागि बाँचे । अब त म पनि खुशि हुनुपर्‍यो ।’ रेखाका यी अभिव्यक्ति र चाहनाहरू बुझ्न कठिन छैन । २८ वर्षकी रेखा र ४९ वर्षका छविबीच एउटा पुस्ताको ग्याप छ ।
समकालिन अभिनेत्रीहरू धमाधम आमा बनिरहेको बेला रेखा पनि आमा बन्न चाहिन्छन् । सायद उनले आमा बन्ने चाहनालाई जीवनको खुशिसँग जोडेको हुनुपर्छ । तर, अलग हुने कारणलाई उनले यससँग सम्बन्धित नरहेको बताइन् । जेठी पत्नीबाट छविका तीन छोरा छन् । यो जोडी अलग हुने गाइँगुईँ र सम्भावनालाई हेर्न भने केही समय कुर्नैपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out