सलमान खानबारे ५० रोचक तथ्य

एजेन्सीको सहयोगमा लक्ष्मण सुवेदी
- सलमान पहिला हिरो होइन, निर्देशक बन्न चाहन्थे । उनी निर्देशनतिर इच्छुक भए पनि उनको आकर्षक व्यक्तित्वका कारण निर्माताहरूले उनलाई हिरो लिएका हुन् ।

-  सलमान १९८८ मा रिलिज भएको बिबी हो तो ऐसीमा पहिलोपटक सहनायक भई देखापरेका थिए । सो फिल्ममा फारुख शेख र रेखा प्रमुख भूमिकामा थिए । सोही फिल्मबाट सलमान चर्चित स्टारबीच आफूलाई चम्काउन सफल भए ।

- सलमान १९८९ मा मैने प्यार कियाबाट सोलो हिरो बनेका हुन् । त्यतिवेला पाइरेसीका कारण बलिउडको फिल्मको व्यापार निकै नाजुक थियो ।
त्यसकारण मैने प्यार कियाको थोरै मात्र पि्रन्ट निकालियो र थोरै स्टेसनमा मात्र रिलिज गरियो । सो फिल्म सुपरहिट भयो । फिल्म हिट भएपछि मात्र अन्य पि्रन्ट निकालिएको थियो । सलमान यही फिल्मबाट चम्किएका हुन् ।

- फिल्ममा आउनुअघि सलमान संगीता बिजलानीसँगको प्रेममा लीन थिए । त्यतिवेला सलमानको तुलनामा संगीता चर्चित थिइन् । एउटा विज्ञापनको सुटिङका क्रममा उनीहरूबीच प्रेम भएको थियो ।

- सन् २००४ मा सलमानलाई पिपुल म्यागजिनलेे बेस्ट लुकिङ म्यान इन द वल्र्डको लिस्टमा सातौँ र भारतमा पहिलो स्थानमा राखेको थियो ।

- सलमान अर्का अभिनेता धर्मेन्द्रका फ्यान हुन् । आज पनि सलमान धर्मेन्द्रलाई बेष्ट हिरो मान्छन् । सिल्वेस्टर स्टेलान पनि सलमानलाई मनपर्ने हिरो हुन् ।

- सलमानले धर्मेन्द्रसँग प्यार किया तो डरना क्या फिल्ममा अभिनय गरेका छन् । भनिन्छ कि धर्मेन्द्रले उक्त फिल्ममा सित्तैमा काम गरेका थिए ।

- धर्मेन्द्र सलमानले आफ्नो जवानीका दिनको याद दिलाउने गरेको बताउने गर्छन् । उनले आफू जवानीमा सलमानजस्तै प्रेमी, काममा समर्पित र मनको सफा भएको बताउने गर्छन् ।

- सलमान धर्मेन्द्रपत्नी अभिनेत्री हेमा मालिनीको पनि मन पर्ने हिरो हुन् । सलमान पनि आफूलाई मन पर्ने हिरोइनमा हेमालाई मान्छन् ।

त्र टिप्स फिल्म कम्पनीले सलमान खान नामक फिल्म बनाउनका लागि नाम दतर्ा गरेको थियो । तर, त्यो फिल्म अहिलेसम्म बनेको छैन ।

- सलमान र शाहरुख खान निकै मिल्थे । उनीहरूले हम तुम्हारे हैं सनम, करण अर्जुन र कुछ कुछ होता है फिल्ममा सँगै अभिनय गरेका छन् ।

- सन् २००६ को तिहारमा एकै दिन सलमानको जानेमन र शाहरुखको डन फिल्म रिलिज भए । उनीहरूबीचको मित्रता यति गाढा थियो कि सलमान जानेमनको प्रचारका क्रममा दर्शकलाई शाहरुखको डन पनि हेरिदिन अनुरोध गर्दथे ।

- केही वर्ष पहिला कैटरिना कैफको जन्मदिनको पार्टीमा सलमान र शाहरुखबीच सामान्य कुरामा झगडा भएको थियो । त्यहाँदेखि उनीहरूबीच अहिलेसम्म पनि बोलचाल
बन्द छ ।

- सलमान मायाप्रेमको मामलामा खुला दिलको मानिन्छन् । संगीता बिजलानीसँग उनको रोमान्स लामो समयसम्म चलेको थियो । संगीतासँग ब्रेकअप भएपछि उनी सोमी अलीको प्रेममा डुबे । सलमान र सोमीबीचको प्रेम बिहेमा परिणत हुने निश्चित थियो । तर, पछि उनीहरूको ब्रेकअप भयो ।

- सोमीपछि सलमानले ऐश्वर्या रायसँग रोमान्स गरे । सलमान ऐश्वर्यालाई निकै चाहन्थे । तर, पछि ऐश्वर्यासँग पनि उनको ब्रेकअप भयो ।

- 'चलते-चलते' फिल्ममा शाहरुख ऐश्वर्या रायसँग सुटिङ गरिरहेका थिए । सलमान सेटमा पुगे र ऐश्वर्याबारे शाहरुखलाई नानाभाँती नेगेटिभ कुरा सुनाए । शाहरुखले सलमानको साथ लागेर चलते-चलतेबाट ऐश्वर्यालाई निकाले र रानी मुखर्जीलाई लिए ।

- सलमानसँग मनमुटाव भएपछि ऐश्वर्याले विवेक ओवरायसँग निकटता बढाइन् । विवेकले ऐश्वर्याका कारण सलमानसँग दुश्मनी मोल्नुपर्‍यो ।

- पछि विवेक ओवरायले सलमानसँग माफी मागे । तर, सलमानले विवेकले आफूसँग नाटक गरिरहेको ठानेर माफी दिन मानेनन् ।

- सलमानका निकटवर्तीहरू भन्छन् कि सलमान कसैसँग एकपटक रिसाए भने हत्तपत्त ऊसँग फेरि बोल्दैनन् । अनि हत्तपत्त माफी पनि दिँदैनन् ।

- ऐश्वर्या रायसँग ब्रेकअप भएपछि सलमानको नाम कैटरिना कैफसँग जोडियो । सलमानले कैटरिनाको करियर बनाउन ठूलो योगदान गरेका छन् ।

- सलमानलाई कुनै अवार्डप्रति भरोसा लाग्दैन । उनी दर्शकको माया नै सबैभन्दा ठूलो अवार्ड ठान्छन् ।

- मैने प्यार क्युँ किया -२००५) पछि सलमानका क्युँ की, शादी करके फस गया यार, जानेमन, बाबुल, सलाम-ए-इश्क, साम्बरिया, गड तुस्सी ग्रेट हो, युवराजलगायतका फिल्म फ्लप भए । झन्डै चार वर्षसम्म उनका फिल्म लगातार फ्लप भए । निरन्तरको असफलतापछि सलमानको करिअर धरापमा परेको थियो । तर, पार्टनर र वान्टेडजस्ता फिल्मले उनको करिअर पुनः ब्युँत्यायो ।

- सलमानका दबंग, वान्टेड, रेडी र बडीगार्डजस्ता फिल्मले सफलताको इतिहास लेखेका छन् । यिनै फिल्मले सलमानलाई सुपरस्टार बनाएको छ ।

- चिल्लर पार्टी फिल्म हेर्नेबित्तिकै सलमान यति धेरै प्रभावित भए कि उनी तुरुन्त त्यो फिल्मको निर्माता बने ।

- रणवीर कपुर हिरो नबन्दै र सलमान र उनीबीच एउटा नाइट क्लबमा झगडा परेको थियो । उनीहरूबीच हानाहानसमेत भएको थियो । पछि, बाबु सलिमले सलमानलाई रणवीरसँग माफ माग्न भने । बाबुले भनेपछि सलमान ऋषि कपुरको घर गएर रणवीरसँग माफी मागेका थिए ।

- सलमान आफ्ना बाबुसँग निकै डराउँछन् ।

- बाबु सलिम सलमानले बिहे गरिहाल्नुपर्ने जिकिर गर्दै आएका छन् । सलमानका भाइ बिहे गरेर बाबु बनिसकेकाले सलिम सलमानको बिहेबारे चिन्तित छन् ।

- सलमान बडी बनाउने तथा फिट रहनेबारे आफूभन्दा जुनियर कलाकारलाई सल्लाह दिने गर्छन् । ऋत्विक रोशनलगायत थुप्रै हिरोले सलमानबाट लाभ
लिएका छन् ।

- सलमान आफ्ना साथीको फिल्ममा सानोतिनो भूमिका निभाउन तुरुन्त राजी भइहाल्छन् । उनी आफ्नो रोल सुन्नुका साथै म कहिले आउनुपर्छ भनेर सोधिहाल्छन् ।

- सलमानका बाबु मुसलमान र आमा हिन्दू हुन् । बाबु सलिमकी कान्छी श्रीमती इसाई हुन् । यसकारण सलमान हरेक हिन्दू, मुस्लिम र इसाई पर्व खुलेर मनाउँछन् । सलमान आफ्नो परिवारलाई मिनी इन्डिया भन्छन् ।

- सलमान समाजसेवामा पनि सक्रिय छन् । उनले आफ्नो संस्था बिइङ ह्युमनका माध्यमबाट थुप्रै परोपकारी काम गरेका छन् । समाजसेवाको नाममा ठग्नेहरूप्रति उनी निकै रिसाउने गर्छन् ।

- सलमान इन्डियाका थुप्रै सहरमा बिइङ ह्युमन सप खोल्न चाहन्छन् । जसबाट जति कमाइ हुन्छ, त्यो सबै समाजसेवामा लगाउन चाहन्छन् ।

- सलमान आफ्ना नजिकका मान्छेलाई महँगो उपहार दिने गर्छन् । सलमानकी आमा उनको यो बानीदेखि निकै हैरान छिन् । त्यसकारण उनले सलमानले मान्छेलाई बिइङ ह्युमनको घडी दिने सल्लाह दिइन् । अचेल भने सलमान प्रायः यही उपहार दिने गर्छन् ।

- अभिनयबाहेक सलमान लेखनकार्यमा पनि रुचि राख्छन् । सलमानले केही फिल्मको कथा पनि लेखेका छन् । उनी पेन्टिङमा पनि रुचि राख्छन् ।

- सलमानलाई फिल्ममा मात्र नभई टिभीमा पनि मन पराइन्छ । उनका बिग बोस र दशका दमले लोकपि्रयता कमाएका छन् ।

- सलमान वेलावेला विवादमा आइरहन्छन् । २००२ मा उनले चलाएको कारले फुटपाथमा सुतेका चारजनालाई किचेको थियो । तीमध्ये एकको निधन भएको थियो ।

- राजस्थानमा सलमानले हरिणको सिकार गरेको मुद्दा अदालतमा अहिले पनि चलिरहेको छ । उनले यो मामिलामा जेलको हावा पनि खाइसकेका छन् ।

- केही वर्षअघिसम्म सलमान मदिरा निकै पिउँथे । एक दिन उनले आफ्नो अनुहार ऐनामा हेरेछन् । आफ्नो अनुहार मदिराले गर्दा निकै नराम्रो भएको महसुस गरेछन् । आफैंलाई नराम्रो लाग्ने अनुहार दर्शकले किन मन पराउने त ? यही सोचेर उनले मदिरा सेवन घटाउँदै लगे ।

- सलमानलाई मान्छेले माया गरेर भाइ उपनामले सम्बोधन गर्छन् । उनीसँग त्यत्तिकै मात्रामा डराउँछन् पनि । तर, सलमान अचेल आफूलाई कसैले भाइ भनेको
मन पराउँदैनन् ।

- केही वर्षअघिसम्म सलमान फिल्मको प्रचार गर्न पटक्कै मन पराउँदैनथे । फिल्म राम्रो छ भने आफैं चल्छ भन्ने मान्यतामा थिए उनी । तर, आफ्ना फिल्म लगातार फ्लप हुँदै गएपछि उनले दबंगको जमेर प्रचार गरे । दबंग सुपरहिट भयो । त्यसपछि मात्रै उनले पब्लिसिटीको महत्व बुझेका हुन् ।

- सलमान अन्तर्वार्ता दिन पनि पटक्कै मन पराउँदैनन् । तर, फिल्मको पब्लिसिटीका लागि नचाहँदा-नचाहँदै पनि उनले अन्तर्वार्ता दिने गरेका छन् ।

- सलमानको पूरा नाम अब्दुल रसिद सलिम सलमान खान हो ।

-  सलमान कार र मोटरबाइकको निकै सौखिन छन् । उनीसँग बिएमडब्ल्यू एम, बिएमडब्ल्यू एक्स ६, आडी, रेन्ज रोवर, लेक्सस एलएक्स ४७०, टोयोटा ल्यान्डक्रुजरजस्ता महँगा कार छन् । उनी साइकलमा पनि घुम्ने गर्छन् ।

- केही वर्षयता सलमानले घाँटीमा एउटा ब्रासलेट लगाइरहेका छन् । फिरोजा स्टोन भनिने सो ब्रासटेल आफ्ना लागि लक्की भएको ठम्याइ उनको छ । सलमान सो ब्रासलेटले आफूलाई खराब नजरबाट बचाउँदै आएको विश्वास गर्छन् ।
- सलमानको उचाइ पाँच फिट आठ इन्च छ । बलिउडमा केही हिरोइन सलमानभन्दा अग्ला छन् ।

- सलमान आफूले अभिनय नगर्ने बताउँछन् । उनी भन्छन् कि म वास्तवमा जस्तो छु, पर्दामा पनि त्यस्तै आउँछु । म एक्टिङ गर्दिनँ । त्यसकारण दर्शकले मलाई
माया गर्छन् ।

- सलमान फिल्ममा जब आफ्नो सर्ट खोल्छन् तब दर्शकले ताली बजाउँछन् ।

- सलमानलाई जिम गर्न मन लाग्दैन रे । तर, आफ्नो पेसा नै सधैं फिट देखिनुपर्ने भएकाले मन नलागे पनि दिनहुँ जिम गर्ने गर्छन् ।

- सलमानलाई मुम्बईबाहेक लन्डन पनि निकै मन पर्छ ।

- २७ डिसेम्बर १९६५ मा जन्मिएका सलमान ४७ वर्षमा लागेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out