नेपालसँग डिसेम्बर कनेक्सन !

कोमल नाहटा, मुम्बई १९ पुस,
गत सोमबार (डिसेम्बर २६)मा इटीसी बलिउड बिजनेसमा भनिएको तथ्यहरू गलत भएको भन्दै यसले नेपाली नागरिकहरूबीच आक्रोश पैदा गर्‍यो । मैले सिनेमा ‘डन २’को अल इन्डिया ब्यापारबारे कुरा गर्दा ‘...नेपाली भूभागलाई पनि नबिर्साै, नेपाली भूभाग पनि भारतीय क्षेत्रअन्तर्गत नै पर्छ....’ भनेको थिएँ । वास्तवमै मैले ओभरसिज नभएर भारतीय सिनेमा बिजनेसमा नेपाली सिनेमा ब्यापार संलग्नताको कुरा गरेको थिएँ । नेपालका केही व्यक्तिहरू यस च्यानल र त्यसका होस्ट (संचालक)प्रति गलत रवैया र नाटकीयरुपमा क्रुद्ध थिए ।
उनीहरूले बुझ्नुपर्छ –कसरी यो होस्टले नेपाल भारतीय भूभागमा पर्छ भन्न सक्छ ? उनीहरूले अर्थ र सन्दर्भ नबुझिकनै कमेन्ट गरे । वास्तवमा मैले भारतीय सिनेमाको ब्यापारको बारेमा कुरा गरेको थिएँ, राष्ट्रियताको सवालमा होइन ।
सिनेमा ब्यापारमा नेपाल भारतीय ब्यापारमा क्षेत्रमा थपिन्छ
जसले विवाद सिर्जना गरे, उनीहरूलाई यो थाहा थिएन कि नेपालको सिनेमा ब्यापार बलिउडको घरेलु ब्यापार क्षेत्र अन्तर्गत नै पर्छ भनेर । रिसाएका छिमेकी देश नेपालका कतिपय नागरिकहरूले मलाई किन सो होस्टले बेलायत, अमेरिका र दुबई पनि भारतअन्तर्गत पर्दैन भनेर सोधेका थिए । पक्का हो, भारतीय सिनेमाको ब्यापारको कुरा गर्दा अमेरिका, बेलायत र दुबईको ब्यापार जोडिदँैन । यद्यपी, यो विवाद यतिबेला सेलाइसकेको छ र नेपालका अन्य सिनेमा दर्शकहरूले मैले भन्न खोजेको ब्यापारको कुरालाई राम्रोसँग बुझेका छन् ।

नेपालसँगको डिसेम्बर कनेक्सन
संयोग नै भन्नुपर्छ, दिल्ली टाइम्स र टाइम्स अफ इन्डियाले मैले ट्वीटेको प्रष्टीकरणलाई ३० डिसेम्बरका संस्करणहरूमा प्रकाशित गरे । यससँगै, बलिउडका माधुरी दीक्षित र ऋतिक रोशन नेपालसँगको कन्ट्रोभर्सीको सम्बन्धको केन्द्रमा छन् । सन् १९९८ मा माधुरीले नेपाल भारतको भुभाग हो भनेपछि माफी मागेकी थिइन् । अनि सन् २००० मा ऋतिक रोशनले आफूले नेपाल र नेपालीलाई घृणा नगरेको भनेर प्रष्टीकरण दिएका थिए । संयोगवश माधुरीको स्टेटमेन्ट २२ डिसेम्बरमा सार्वजनिक भएको थियो भने २५ डिसेम्बरमै नेपाली युवाहरू ऋतिकसँग रिसाएका थिए । मैले बोलेको कन्ट्रोभर्सी पनि २६ डिसेम्बरमा प्रसारण भएको थियो । डिसेम्बरमा अर्को के भएको थियो ? ४० वर्षअगाडि धर्मेन्द्रले पनि यस्तै विवादमा डिसेम्बरमै नेपालीसँग माफी माग्नुपरेको थियो । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out