डायलग मेटाएर ‘लूट’लाई एडल्ट

एकदिन लामो अवरोधपछि सेन्सर बोर्डले ‘आपत्तिजनक’ संवादलाई मेटाउँदै ‘लूट’लाई एडल्ट सर्टिफिकेट दिएको छ । सर्टिफिकेट पाउन ‘लूट’ले दुईदिन लामो संघर्ष गर्नुपर्‍यो । ‘ए’ रेटिङ पाएपछि ‘लूट’लाई बालदर्शकले हेर्न पाउनेछैनन् । ‘आपत्तिजनक’ संवादहरूमा ‘बीप’ ट्युन हालिएको छ । यसको अर्थ ‘अश्लील’ छ भन्ने हो ।
नेपालमा सेन्सर भैसकेपछि सिनेमालाई अष्ट्रेलिया र भारत पठाइँदैछ । पुस २९ मा तीनैवटा देशबाट सिनेमा रिलिज हुनेछ । आइतबार बेलुका सिनेमा हेरिसकेपनि बोर्डले सोमबार बेलुकामात्र सर्टिफिकेट दिएको हो । निर्देशक निश्चल बस्नेतका अनुसार प्रोमोमा प्रयोग गरिएका डायलगहरूलाई काटिएको छैन । संक्रमणकालको बेथिती चित्रण गरिएको सिनेमामा तन्नेरीपुस्ताले बोलिचालीमा प्रयोग गर्ने वाक्यहरू बोलिएको छ ।
ब्यावसायिक सिनेमामा ‘माइलस्टोन’ हुने अपेक्षा गरिएको ‘लूट’का संवादलाई उदार हुन नसकेको सेन्सर बोर्डले पहिल्यै अवरोध गर्ने विश्वास थियो । आखिर अनुमान सहि भयो र ‘लूट’का संवादलाई ‘म्यूट’ गर्न बोर्डले भन्यो ।
संवादलाई नहटाइकन एडल्ट सर्टिफिकेट पाउनुपर्ने ‘लूट’को अडान र संवाद नहटाइकन सर्टिफिकेट दिन नचाहने बोर्डको परस्पर अडानले सेन्सर प्रक्रिया पुरा हुन पाएको थिएन । तर, अडान पुरा भएपछि बस्नेत र निर्माता माधव वाग्लेले खुशि व्यक्त गरे ।
निर्देशक बस्नेतले समाजिक संवादलाई चित्रण गरेकाले संवाद हटाउनु जायज नभएको बताए । ‘हाम्रो समाज यस्तो छ भनेर देखाउन खोजिएको हो’ उनले भने, ‘संवाद नहटाइ एडल्ट सर्टिफिकेट दिनु सहि हुन्छ ।’ सेन्सर बोर्डको अनुदार नीतिले नयाँ प्रयोग गर्न खोज्नेहरूलाई निषेध गरेको आरोप यसअघिदेखि नै लाग्दै आएको छ ।
‘लूट’को निषेध यसैको श्रृङ्खला हो । सेन्सर बोर्डमा ‘ब्यूरोक्राट’ नेतृत्व छ र सदस्यहरू राजनीतिक नियुक्ती । नेतृत्वमा सिनेकर्मी नियुक्त गरिनुपर्छ भन्ने लबिङ सुरु गरेपछि उनीहरूलाई पदमुक्त गरिएको सेन्सर घटना अझै चिसिइसकेको छैन । सिनेमा जानकारहरू वर्गीकरण प्रणाली अपनाउन सेन्सर बोर्डलाई सुझाव दिन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out