छाडेको वर्षदिनमै यौन व्यवसायमा

सुदीप अधिकारी/राजधानी
बर्दिया, २२ पुस
राजापुर-६ अनन्तपुरकी २८ वषर्ीया सपना वादीले करिब चार वर्षघि यौन व्यवसाय त्याग्ने प्रण गरेकी थिइन् । परम्परागत यौन व्यवसाय त्यागी सम्मानित जीवन जिउन उनले धेरै प्रयत्नसमेत गरिन्, तर सकिनन् ।
'हामी रहरले यौन व्यवसायमा फर्केका होइनौं, परिवार पाल्न नै धौ-धौ भो, अनि फेरि यही पेसा अँगाल्न बाध्य भयौं,' चार वर्षघि वादी महिलाको अधिकारका लागि आन्दोलनमा होमिएकी सपनाले भनिन्, 'राज्यको उपेक्षाका कारण फेरि यस्तो अवस्था आयो ।'
२०६४ सालमा भएको आन्दोलन सरकारसँगको सहमतिमा टुंगिएपछि सपनाजस्ता धेरै वादी महिलाले यौन व्यवसाय त्याग्ने घोषणा गरेका थिए । तर, सहमति कार्यान्वयन नभएपछि अधिकांश वादी महिला पुनः त्यही पेसा अँगाल्न थालेका छन् । सपनाको गाउँ अनन्तपुरका ३० भन्दा बढी वादी महिला अहिले 'पुरानै पेसा'मा फर्किसकेका छन् ।
'सदाका लागि यौन पेसा छुटोस् भनेर मुलुकभरका हामी वादी महिलाले २०६४ सालमा सिंहदरबारअगाडि अर्धनग्न भई विरोध पर््रदर्शनसमेत गर्‍यौं, यसको मुख्य उद्देश्य थियो- राज्यले हाम्रो माग सुनोस् भन्ने,' अर्की वादी महिला ३० वषर्ीया सुष्माले भनिन्, 'आन्दोलनकै कारण राज्यले हामीसँग सम्झौता गर्‍यो । तर, सम्झौतामा उल्लिखित माग भने कहिल्यै पूरा भएनन्, यस्तो स्थितिमा पुरानै पेसामा र्फकनर्ुपर्ने अवस्था आयो ।'
सरकारले वादी समुदायलाई जीवन-यापनको वैकल्पिक व्यवस्था गर्न नसक्दा उनीहरू पुनः यस पेसामा संलग्न भएका हुन् ।
जीवन धान्ने अर्को उपाय नहुँदा यहाँका केही वादी महिलाले अहिले घरमै यौन व्यवसाय गरिरहेका छन् भने आधा दर्जन वादी महिला यौन व्यवसायकै लागि भारतको मुर्म्बईलगायतका ठाउँमा पुगेका छन् ।
बर्दियाको राजापुर, बानियाभार र ताराताललगायतका गाविसमा वादी समुदायको बसोबास छ । छोराछोरी पढाउन, लेखाउन र पालन-पोषण गर्नका लागि अरू कुनै उपाय नभएपछि यौन व्यवसाय गर्न थालेको धेरै वादी महिलाको भनाइ छ ।
'करिब एक वर्षमलगायत अनन्तपुरका धेरै वादी महिलाले यो पेसा छाडयौंं, तर छोराछोरी पाल्न घरका भाँडाकुँडा नै बेच्नुपर्ने स्थिति आएपछि पुरानो पेसामा नफर्की धरै भएन,' सपनाले भनिन् ।
२८ वषर्ीया अञ्जली वादीले परिवार पाल्नकै लागि आफू पुरानो पेसामा र्फकेको सुनाइन् । 'धन-सम्पत्ति केही छैन, १२ जनाको परिवार पाल्नै पर्‍यो,' अञ्जलीले भनिन्, 'त्यसैले पुरानो पेसामा नफर्की सुखै पाइएन ।'
यौन पेसा रहरले नभई बाध्यतावश अपनाएको भन्दै मुलुकभरका वादी समुदायले २०६४ सालमा वैकल्पिक व्यवस्थाको माग गर्दै आन्दोलन गरेका थिए । सरकारले वादी समुदायको अध्ययन र उनीहरूको व्यवस्था गर्न उच्चस्तरीय कार्यदलसमेत गठन गरेको थियो ।
कार्यदलको प्रतिवेदनअनुसार तत्कालीन सरकारले देहव्यापारमा लागेका वादी महिलालाई मासिक भत्ता र उनीहरूका छोराछोरीहरूलाई उचित शिक्षाको व्यवस्था गर्ने बताएको थियो ।
सरकारले उचित व्यवस्था गर्ने जनाएपछि उनीहरूले यौन व्यवसाय अन्त्य भएको घोषणासमेत गरेका थिए । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरू पुनः सोही पेसामा फर्किएका हुन् ।
'सरकारले घर बनाउन जग्गा, मासिक भत्ता र छोराछोरीलाई शिक्षाको व्यवस्था गर्ने सहमति गरे पनि कार्यान्वयन भने गरेन,' वादी महिला जागरण समूहकी अध्यक्षसमेत रहेकी सपनाले भनिन् ।
उनले सरकारले घर विकास व्यवसाय योजनाअर्न्तर्गत १५ हजार रुपैयाँ मात्र दिएको बताइन् ।
यहाँका वादी समुदायसँग आङ्खनो जग्गाजमिन केही छैन । वर्षौंदेखि उनीहरू सडक र नदीको किनार, जंगल र जमिनमा कटेरो बनाएर गुजारा गर्दै आएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out