राज्यको ४६ करोड महराको खल्तीमा

काठमाडौं, पुस १७ । शिविरमा हुँदै नभएका लडाकुको नाममा समेत तलबभत्ता बुझेर राज्यको करोडौं रुपियाँ माओवादीले कुम्ल्याएको जगजाहेर छ। यही बीचमा माओवादी एक नेताले लडाकुको नाममा करिब ५० करोड रुपियाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ। हालसम्म लडाकुको भत्ता, भरणपोषण र शिविर व्यवस्थापनका लागि राज्यको ९ अर्ब १० करोड ८९ लाख २० हजार ५७ रुपियाँ खर्च भएको छ। त्यसमध्ये करिब ५० करोड रुपियाँ माओवादीका नेता एवम् पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री कृष्णबहादुर महराको नाममा बेरुजु देखिएको छ। लडाकुको नाममा करोडौं रुपियाँ भ्रष्टाचार भएको आशंकामा व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ।
सो छानबिनका क्रममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले लेखा समितिलाई बुझाएको लडाकुको भरणपोषण र शिविर व्यवस्थापन खर्चको वितरणमा नेता महराको नाममा मात्रै ४६ करोड १० लाख ६७ हजार २ सय रुपियाँ बेरुजु देखाइएको छ।
आर्थिक वर्ष २०६३/६४ देखि ०६८ मंसिर मसान्तसम्म लडाकुको दैनिक भरणपोषण र मासिक भत्ताका लागि मात्रै ९ अर्ब १०  करोड ८९ लाख २० हजार ५७ रुपियाँ खर्च भएको सरकारी विवरणमा उल्लेख छ। सो रकममध्ये ८१ करोड ३८ लाख ४७ हजार २ सय १४ रुपियाँ माओवादीका नाममा बेरुजु रहेको छ। त्यसमध्ये नेता महराको नाममा मात्रै ४६ करोड १० लाख ६७ हजार २ सय रुपियाँ बेरुजु देखिएको हो।
लडाकुको भरणपोषण र शिविर व्यवस्थापनका लागि भनेर माओवादीले राज्यबाट हरेक वर्ष माओवादीले एकमुष्ट रकम बुझ्दै  आएको छ। माओवादीले बुझेको रकममध्ये आर्थिक वर्ष २०६३/६४ बाहेक अन्य हरेक आर्थिक वर्षमा बेरुजु रहेको छ। आर्थिक वर्ष ०६४/६५ मा निकासा भएको १ अर्ब ४ करोड ४२ लाख ७४ हजार ९ सय २० रुपियाँमध्ये १ अर्ब २ करोड ५२ लाख ३६ हजार ५ सय ६० रुपियाँ मात्र खर्च भएको छ। जसअनुसार १ करोड ९० लाख ३८ हजार ३ सय ६० रुपियाँ बेरुजु देखिन्छ। त्यसैगरी आर्थिक वर्ष ०६५/६६ मा २ अर्ब ४२ करोड ४४ लाख ५ सय ३३ रुपियाँ निकासा भएको थियो। त्यसवर्ष जम्मा २ अर्ब ४० करोड २८ लाख ८९ हजार ३ सय रुपियाँ मात्र खर्च भएको हिसाब देखिन्छ। यो वर्ष २ करोड १५ लाख ११ हजार २ सय २६ रुपियाँ बेरुजु देखिन्छ।
आर्थिक वर्ष ०६६/६७ मा भने निकासा रकमभन्दा बढी खर्च भएको विवरणमा उल्लेख छ। यस वर्ष १ अर्ब ७१ करोड ७४ लाख ५५ हजार ७ सय १४ रुपियाँ निकासा भएकोमा १ अर्ब ७३ करोड ८४ लाख ३६ हजार ३ सय २८ रुपियाँ खर्च भएको उल्लेख छ। आर्थिक वर्ष ०६७/६८ मा भने ३८ लाख ९३ हजार २ सय ५८ रुपियाँ बेरुजु देखिएको छ। यो वर्ष १ अर्ब ७३ करोड ५८ लाख १३ हजार ४ सय १० रुपियाँ निकासा भएको मध्ये १ अर्ब ७३ करोड १९ लाख ५० हजार १ सय ५२ रुपियाँ मात्र खर्च भएको छ। यस आर्थिक वर्षका लागि १ अर्ब ४५ करोड ९३ लाख ४७ हजार रुपियाँ निकासा भएको छ। जसमध्ये मंसिर मसान्तसम्ममा ६६ करोड ८९ लाख ६२ हजार १६ रुपियाँ खर्च भइसकेको छ।
हरेक वर्ष माओवादीले अनमिनले प्रमाणीकरण गरेको १९ हजार ६ सय २ जना लडाकुको तलबभत्ता एकमुष्ट रूपले बुझ्दै आएको छ। तर, हालै सम्पन्न लडाकुको पुनरवर्गीकरणकमा क्रममा २ हजार ६ सय ३८ जना लडाकु शिविर नभएको देखिएको छ। ती अनुपस्थिति लडाकुको तलबभत्ता माओवादी पार्टीले लडाकुको नाममा नक्कली हस्ताक्षर गरेर तलबभत्ता बुझेको देखिन्छ। लेखा समितिले यसको छानबिनका क्रममा लडाकुको अध्यावधिक विवरण पेस गर्न सेना समायोजन विशेष समिति सचिवालयलाई निर्देशन दिएको छ। विशेष समितिका संयोजक बालानन्द शर्मालाई लडाकुबारे छलफल गर्न समितिले २४ पुसमा बोलाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out