सन्नी बलिउडमा

मुम्बई, पुस १८ (एजेन्सी)- भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी लियोने बिग बोसको घरबाट बाहिरिएकी छिन्। तर, भारतीय मनोरञ्जन उद्योगबाट भने उनी टाढिने छैनन्। महेश भट्टको फिल्म 'जिस्म २'मा खेल्नको लागि प्रक्रिया सुरु गर्ने योजना सन्नीको छ। भट्टले सन्नीलाई बिग बोसको घरमै गएर यो फिल्मको अफर दिएका थिए। सन् २००३ मा बनेको 'जिस्म'को दोस्रो भाग महेशकी छोरी पूजा भट्टले निर्माण गर्न लागेकी हुन्।
'म महेश भट्टलाई भेटेर मिटिङ गर्न चाहन्छु। बलिउड फिल्ममा काम गर्ने विषयले म निकै उत्साही छु, भट्टसँग काम गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो,' सन्नीले भनिन्, 'सुरुमा मलाई उहाँ को हो भन्ने थाहा थिएन, तर पछि उहाँ निकै सम्मानित व्यक्तित्व हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ।'
'जिस्म'को पहिलो शृंखलामा जोहन अब्राहम र विपाशा बसुले अभिनय गरेकी थिइन्। 'अभिनेत्रीको रूपमा मैले के गर्नुपर्छ र मेरो रोल कस्तो हुन्छ भन्ने जान्न चाहन्छु,' सन्नीले भनिन्।
क्यानाडाको ओन्टारियोमा पञ्जाबी परिवारमा जन्मिएकी सन्नीले अमेरिकाका विभिन्न रियालिटी शोमा सहभागिता जनाइसकेकी छिन्। कलर्स च्यानलको 'बिग बोस'बाट उनी शनिबार बाहिरिएकी हुन्।
३० वर्षीया सन्नीले बिग बोसमा भाग लिन अघि आफू जहिले पनि भारतमा फर्केर काम गर्ने पक्षमा रहेको बताएकी थिइन्। 'भारतीय मनोरञ्जन उद्योग प्रवेश गर्ने पहिलो खुड्किलो बिग बोस भएको छ,' उनको बुझाइ हो यो। आफू सलमान खानसँग अभिनय गर्न ईच्छुक रहेको उनी बताउँछिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out