प्रेम एक जनासँग, सेक्स अनेकसँग

एक अध्ययनका अनुसार पुरुष आफ्नो महिला साथीलाई प्रेम गरे पनि सधै धोका दिने प्रवृत्ति हुन्छ । उनीहरु आफ्ना साथीलाई छोड्न चाहँदैनन्, उनीहरु भन्छन् समाज खुला यौन सम्बन्ध अपनाउछ । समाचारपत्र डेली मेलका अनुसार समाजशास्त्री एरिक एन्डरसनले गरेको अध्ययन अनुसार पुरुषहरुको धोका दिन प्रवृत्तिका कारण उनीहरुलाई संसारमा श्रेष्ठता प्राप्त हुने गर्दछ । अधिकांश पुरुष आफ्नो साथीसँगै रहन चाहन्छन् । उनीहरु धेरैभन्दा धेरै यौन सम्बन्ध कायम गर्न चाहन्छन्।
बेलायतको विनचेस्टर विश्वविद्यालयका अमेरिकी समाजशास्त्री एन्डरसनका अनुसार यौन सम्बन्धको मामिलामा पुरुष एकनिष्ट रहँदा धेरै काम गर्न सक्दैन् जुन उनीहरु गर्न चाहन्छन् ।
एन्डरसनले आफ्नो पुस्तक द मोनोगेमी ग्यापः म्यान, लभ एण्ड द रियालीटी अफ चिटिङमा लेखेका छन्–धोका दिनु अपवाद होइन आदर्श हो । आजभोलि मानिसहरु खुला यौन सम्बन्ध अपनाउन सुरु गरिसकेका छन्.। उनी भन्छन्, जुन व्यक्ति यस्तो गर्दैनन् उनीहरु सामाजिक बाध्यतासँगै यौन कैदमा रहन्छन् ।
अध्ययनका लागि एन्डरसनले १२० जना समलैङ्गिक र अन्य पुरुषमा सर्भेक्षण गरेका थिए । उनले पाए कि यसमध्ये ७८ प्रतिशतले आफ्नो साथीसँग धोखाधडी गरेका थिए । उनीहरुको भनाइ थियो, पुरुष आफ्नो यौन साथीसँग प्रेम गर्छन्, उनीहरु सँगै बस्न चाहन्छन् । उनीहरुको भनाइ थियो, पुरुष भावनात्मक रुपबाटै एकै महिलासँग जोडिन चाहन्छन् । तर यौन सम्बन्ध कयौ महिलासँग कायम गर्न चाहन्छन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out