शाहरुख खानले बलिउडकै महंगो चलचित्र बनाउने

बलिउड स्टार शाहरुख खानले बलिउडमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म बनाउने भएका छन् । बलिउडको इतिहासमै सबैभन्दा धेरै लगानीमा बन्न लागेको यो फिल्मको कुल लागत झण्डै २ अर्ब भारु हुने र त्यसमा विशेष इफेक्टहरु समावेश गरिनेछ । नयाँ फिल्मको नाम महाभारत हुनेछ ।
अघिल्लो वर्ष शाहरुखले नै बनाएको फिल्म रा.वन. बलिउडमा अहिलेसम्मको महंगो फिल्मको रुपमा रहेको छ । तर महाभारतले रावनलाई पनि माथ दिनेछ ।
महाभारतको निर्माणका लागि शाहरुखले विदेशी प्रोडक्सन हाउस सँग सम्पर्क गरिसकेको बताइएको छ । महाभारतलाई बलिउड फिल्म पुग्न नसकेका विश्वका सबै ठाउँमा पुराउने शाहरुखको लक्ष्य छ । महाभारतले इफेक्टको मामिलामा जेम्क कमरानको फिल्म अवतारलाई पछाडि पार्ने दाबी गरिएको छ ।
महाभारतको लागि पटकथा निण तथा अन्य कागजी प्रक्रियाहरु चलिरहेको भारतीय संचार माध्यमहरुको भनाइ छ । शाहरुखले बेलायतको एक पत्रिकालाई आफुले महाभारत बनाउन लागेको खुलासा गरिसकेका छन् । महाभारत फिल्म विश्वकै महान फिल्ममा एक हुने शाहरुखको दाबी छ ।
यसमा सुपरहिरोको रुपमा शाहरुख आफै प्रस्तुत हुनेछन् । महाभारतका पात्र सूर्य देवता, अग्नी र वायु देवताको साथ राक्षस र भुतका पात्रहरु समेत विशेष इफेक्टमा प्रस्तुत गरिनेछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out