ठमेलमा यसरी हुन्छ बेश्याबृत्ति

काठमाडौं, पुस २६ । राजधानीको मुटुमा रहेको पर्यटकीय क्षेत्र ठमेलमा खुलम खुल्ला देह व्यपार हुँदा समेत सम्बन्धित निकाय मौन रहेकोमा ठमेलबासी आश्चर्य चकित बनेका छन्। ठमेलमा रहेका दर्जनौं डान्सबार, मसाज पार्लर, क्याविन र त्यहाँभित्र अवैधरुपमा सञ्चालित विभिन्न गेष्टहाउसहरूमा अवैध धन्दा हुने गरेका कारण ठमेल कुरुप बनिरहेको छ। अझ ठमेल क्षेत्रमा रहेका गेष्टहाउसले त कर्मचारीलाई बाटोमा खटाई यति रुपैयाँमा केटी पाइन्छ, जाने हो दाई भन्दै मार्केटिङ गरिरहेको प्रत्यक्ष भेट्न र सुन्न पाइन्छ।
जसका कारण पहिलो पटक ठमेल जाने भद्र भलाद्मी लाजले भुतुक्कै हुन्छन् भने अर्कोपल्टदेखि ठमेल जाने शाहस पनि नगर्ने स्थानियवासीहरू बताउँछन्। डान्सबारका सञ्चालकहरूले दलाल प्रयोग गरेर ग्राहक ल्याउने र ग्राहक नशामा लठ्ठ भएपछि विल तिर्ने बेला उसले खाँदै नखाएको बस्तुको तीन गुणा भन्दा बढी रकम जवर्जस्ती असुल्ने गरेका छन्। तर महानगरिय प्रहरी परिसर हनुमानढोकाका तत्कालिन एसपी रमेशप्रसाद खरेलको पालामा भने अबैध धन्दा गर्नेहरूलाई भटाभट पक्राउ गर्दै कारबाही गरिएको थियो। खरेलको पालामा अवैध रुपमा गेष्टहाउस सञ्चालन गरी देह व्यापार गराउने सञ्चालकहरूलाई पक्राउ गर्दै 'मानव वेचविखन' मुद्दा लगाएर कारबाही गरेपछि केही सुधार आएको थियो। फेरि प्रहरीको हेलचत्र््कयाईका कारण एकाएक ठमेलमा विकृति बढिरहेको ठमेलबासी बताउँछन्। ठमेलका विकृति र विसंगति सुधार्न ठमेल पर्यटनबोर्ड रहेपनि उसको निश्त्रि्कयताका कारण जे मापदण्ड बनेपनि व्यवसायीले कार्यान्वयन गरेका छैनन्। 'दरबारमार्ग प्रहरी प्रभाग र लैनचौर प्रहरी प्रभागले संयु्क्त रुपमा हेर्ने ठमेलको चोक–चोकमा प्रहरीकै सामुन्ने यौन व्यापार भइरहेको छ तर प्रहरीले चासो नदिएका कारण ठमेलको सुन्दर पक्ष नै कुरुप बनेको छ।'–एक स्थानियबासी नाम उल्लेख नगर्ने शर्तमा बताउँछन्। विशेषगरी ठमेलमा रात्रिकालिन व्यवसाय चलाउने व्यवसायीहरूले भारतीय ग्राहकलाई मुख्य निशाना बनाई आफ्नो व्यवसाय फस्टाउने काम गरिरहेका छन्। डान्सबारमा पुगेपछि खाँदै नखाएको विल तिर्न लगाएर डान्सबारका सञ्चालकहरूले ठमेलका अन्य राम्रा व्यवसायीहलाई पनि ठगीको ट्याग भिडाएका छन्। तत्कालिन एसपी खरेलले लागेको भन्दा बढी विल देखाएर पैसा असुलेको भन्दै ठमेलको मुस्कान डान्सबारलाई बन्द गराई सञ्चालकलाई जेल चलान गरेका थिए। यतिखेर सोहि प्रक्रिया दोहोरीएको छ।
ठमेल क्षेत्रमा चाइनिज व्यापारीको लगानीमा सञ्चालित गेष्ट हाउस र रेष्टुरेन्टहरूमा चाइनीज युवती राखेर देह व्यापार भइरहेको छ। चाइनीज युवती राखेर वेश्यावृत्ति गर्ने यी गेष्टहाउहरूले पाँच हजार देखि १५ हजारसम्म ग्राहकबाट असुल्ने गरेको स्रोतको दावी छ। ठमेल क्षेत्रमा रहेका चाइनीज व्यापारीहरूले डलरको अवैध धन्दालगायत अनगिन्ती अवैध कारोबार गरिरहेका छन्। तर पनि नेपाल प्रहरीले कारबाही गर्न सक्ने आँट गर्न सकेको छैन। तत्कालिन एसपी खरेलकै पालामा बेश्यावृत्ति गर्ने चाइनीज युवतीहरूलाई पक्राउ गरी कारबाही समेत गरिएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out