हलिउडमा चम्किए सिक्वेलहरु

संसारमै सबैभन्दा बढी चलचित्र उत्पादन हुने अमेरिकाको लसएञ्जलस अर्थात् हलिउडमा यो वर्ष सिक्वेल चलचित्रको बाढी नै आयो। वर्ष २०११ मा हलिउडबाट २८ वटा चलचित्रका सिक्वेल अर्थात् नयाँ संस्करण सार्वजनिक गरिए। एउटा चलचित्र सफल भयो भने हलिउडमा त्यसको दोस्रो, तेस्रो हुँदै कैयन् संस्करण बनाउने चलन पुरानो हो। यद्यपि यो वर्ष भने सिक्वेल बनाउने उक्त चलन निकै बढ्यो। ह्यारी पोर्टरका श्रृंखला त्यसको गतिलो उदाहरण हो। यो श्रृंखलामा काम गरेका अभिनेता तथा अभिनेत्री बालबालिकाबाट युवा-युवती भैसके पनि यसको सिक्वेल बन्ने क्रम रोकिएको छैन। यद्यपि ह्यारी पोर्टरको क्रेज यति धेरै छ कि यसका हरेक श्रृंखला सुपरहिट साबित भैरहेका छन्। वर्ष २०११ मा सार्वजनिक भएका चलचित्रमध्ये बक्स अफिसमा सफल देखिएका अधिकांश चलचित्र सिक्वेल छन्।

१. ह्यारी पोर्टर एन्ड द डेथली हालोज -बक्स अफिस कलेक्सन ः १ अर्ब ३२ करोड डलर)
ह्यारी पोर्टरको पहिलो संस्करणमा बालकलाकारका रूपमा संलग्न कलाकारहरू डेनियल राडक्लिफ, इम्मा वाटसन र रुपर्ट गि्रंन्टले सोचेका पनि थिएनन् होला— उनीहरूले वर्षौंसम्म यसरी एउटै चलचित्रका श्रृंखलामा आफ्नो जीवनको महत्त्वपूर्ण समय बिताउनेछन्। वर्ष २०११ मा यो चलचित्रको आठौं श्रृंखला सार्वजनिक भयो। तिलस्म र जादुको संसारमा पुर्‍याउने यो चलचित्रको प्रस्तुतिले दर्शकलाई अब के होला भन्ने कौतूहलता प्रदान गर्ने क्रम छाडेको छैन। त्यसैले त यो वर्ष उत्कृष्ट व्यवसाय गर्न सफल चलचित्रको सूचीमा ह्यारी पोर्टर सबैभन्दा अग्रस्थानमा छ।

२. ट्रान्सर्फमर्स - डार्क अफ द मुन -बक्स अफिस कलेक्सन ः १ अर्ब १२ करोड डलर)
मशिन मानव अर्थात् रोबोटको संसारसँग मानवीय संसारलाई जोडेर बनाइएको यो चलचित्रको तेस्रो संस्करण हो। स्टिभन स्पिलबर्गले निर्माण गरेको यो चलचित्रलाई 'साइन्स फिक्सन' को श्रेणीमा राखिएको छ। बालबालिकादेखि युवासम्म सबैले रुचाएको यो चलचित्रले यो वर्ष हलिउडको सबैभन्दा कमाउने चलचित्र ह्यारी पोर्टरको श्रृंखलालाई पछ्याइरहेको छ।

३. पाइरेटस् अफ क्यारिबियन - अन स्ट्रेन्जर टाइडस -बक्स अफिस कलेक्सन ः १ अर्ब ४ करोड डलर)
'एडभेन्चर' तथा 'फेन्टासी' को श्रेणीमा रहेको यो चलचित्र पनि यसको चौथो संस्करण हो। अभिनेता जोनी डिपको क्याप्टेन ज्याक स्प्यारोका रूपमा समुन्द्री डकैतको स्वरूप सबैलाई मन परेको छ। त्यसमा पनि केही अजबका चरित्रले चलचित्रलाई फरक देखाउँछन्। समुन्द्री डाकुहरूबीचको घमासान लडाइँ नै चलचित्र चलाउने मुख्य कारण हो।

४. कुङ्फु पाण्डा टु -बक्स अफिस कलेक्सन ः ६६ करोड डलर)
२००८ मा सार्वजनिक भएको यो चलचित्रको पहिलो श्रृंखलापछि २०११मा यसको दोस्रो श्रृंखला सार्वजनिक भयो, त्यो पनि थि्रडी भर्सनमा। कम्प्युटर एनिमेटेड एक्सन कमेडी 'कुङ्फु पाण्डा'को यो दोस्रो श्रृंखला पहिलोभन्दा पनि रोचक भएको समीक्षकहरूले बताएका छन्। हलिउडका प्रख्यात कलाकार ज्याक ब्ल्याक, एञ्जिलिना जोली, ज्याकी चान आदिले स्वराङ्कन गरेको यो चलचित्रको तेस्रो संस्करण प्रदर्शनमा आउने तयारीमा छ।

५. द टि्वलाइट सागा-ब्रेकिङ डाउन -बक्स अफिस कलेक्सन ः ६५ करोड डलर)
सिक्वेल बन्ने क्रममै युवापुस्ताले अत्यधिक रुचाएको यो श्रृंखलाका चलचित्रको यो तेस्रो संस्करणले पनि सफलताको घुम्टो ओढेको छ। एउटी-युवतीको 'डे्रकुला' सँगको प्रेमलाई आधार बनाइएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ। पछिल्लो पटक युवतीहरूको मनको ढुकढुकी बन्न सफन अभिनेता रोबर्ट पेटिन्सनले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रको चौथो श्रृंखला २०१२ मा आउँदैछ।

६.फास्ट फाइभ -बक्स अफिस कलेक्सन ः ६२ करोड डलर)
यो पनि सिक्वेल चलचित्र नै हो। एक्सनप्रधान चलचित्र 'फास्ट एन्ड फ्युरियस'को पाँचौं सस्करणलाई 'फास्ट फाइभ' शीर्षक दिएर सार्वजनिक गरिएको यो चलचित्रमा अभिनेता भिन डेजल, पौल वाकर, जोर्डन ब्रेस्टर आदिको एक्सनलाई दर्शकले अत्यधिक रुचाए। थि्रडी भर्सनमा समेत रिलिज गरिएको यो चलचित्र वर्षकै सर्वाधिक रुचाइएको एक्सन चलचित्र साबित भएको छ।

७. द ह्याङओभर पार्ट टु -बक्स अफिस कलेक्सन ः ५८ करोड डलर)
हास्यप्रधान यो चलचित्रको शीर्षकमै पार्ट टु लेखिएकाले यो पनि सिक्वेल नै हो। थाइल्यान्डको पृष्ठभूमिमा हास्यशैलीको मिश्रण गरेर तयार पारिएको यो चलचित्रमा एउटा बाँदरको पनि अभिनय छ।

८. द स्मर्फस् -बक्स अफिस कलेक्सन ः ५६ करोड डलर)
सन १९९८ को टेलिभिजन कार्टुन सिरीजलाई एनिमेटेड चलचित्रको स्वरूपमा ढालेर थि्रडी भर्सनमा रिलिज गरिएको यो चलचित्र बालबालिकाहरूले निकै रुचाए। निलो रंगका फुच्चे चरित्रले यो वर्ष बक्स अफिसमा कब्जा नै जमाए भन्दा पनि हुन्छ।

९. कार्स टु -बक्स अफिस कलेक्सन ः ५५ करोड डलर डलर)
यो पनि एनिमेटेड चलचित्रको एउटा पछिल्लो सिक्वेल हो। यो चलचित्रमा कारलाई नै नायक, नायिका र खलनायक बनाइएको छ। बालबालिकाहरूले चलचित्रको नायक कारलाई निकै रुचाएका छन्। त्यसैले पनि चलचित्र सुपरहिट भएको हो।

१०. रियो -बक्स अफिस कलेक्सन ः ४८ करोड डलर डलर)
सिक्वेल चलचित्रको भीडमा 'प|mेस' चलचित्रका रूपमा आएको यो चलचित्रले अर्को पटक अवश्य सिक्वेल बनाउनेछ। चराहरूको जीवनलाई रोचक ढंगबाट प्रस्तुत गरिएको यो चलचित्र पनि एनिमेटेड हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out