डन हरुको राजनीतिक दम

एमालेसम्बद्ध विद्यार्थी नेता ऐनसिंह महर, सुदेश पराजुलीलगायत जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा प्रायः देखिन्छन् । त्यो पनि 'पहुँचवाल' कैदी भेट्नका लागि बनाइएको विशेष भेटघाटस्थलमा। कारण हो, त्यहाँ संगठित आपराधिक घटनाका कैदी चक्रे मिलन छन् । ऐनमात्र हैन, एमाले र अखिलका विभिन्न स्तरका नेता-कार्यकर्ताको नियमित उपस्थिति देखिन्छ, केन्द्रीय कारागारमा । प्रशासनले चक्रे, चाल्र्स शोभराज, उदय सेठ्ठी, युनुस अन्सारीलगायतका कैदीलाई त्यसरी सहज भेटघाट नगराउनू भन्ने आदेश जारी गरेको छ । तर, त्यहाँका जेलर र प्रहरी प्रमुखका लागि प्रशासनको आदेशभन्दा राजनीति हावी हुन्छ । चक्रे मिलन नेकपा एमालेको संगठित सदस्यता प्राप्त व्यक्ति भने होइनन्, न कुनै जनवर्गीय संगठनका सदस्य नै।
उनको एमालेसँगको सम्बन्धको सूत्रधार एमाले नेता प्रदीप नेपालकी पत्नी झुमा देवान हुन् । उनले देवानसँग भाइटीका लगाउन थालेपछि एमालेहरूले आफ्नो भन्न थालेका हुन् उनलाई । चक्रे आफूलाई एमालेको प्रतिबद्ध कार्यकर्ता बताउँछन् । अहिले एमालेका संस्थापन र गैरसंस्थापन दुवै पक्षका कार्यकर्ता उनीसँग नजिक छन्। यसपछि लामा नजिकिए राप्रपासँग। राप्रपामा उनलाई पशुपतिशमशेर राणाले बढी मन पराउँथे । पशुपतिशमशेरको घर महाराजगन्ज, अर्थात् अर्को समूह चक्रेको पकडक्षेत्र । तर, मनाङे जब महाराजगन्ज जान्थे, उनी सुरक्षित हुन्थे । कारण हो, राणाले उनको अरू कुराको ग्यारेन्टी नलिए पनि आफ्नोमा आउँदा/जाँदाको सुरक्षा ग्यारेन्टी लिएका थिए । ०५६ को आमनिर्वाचनमा राणाको प्रचारका लागि मनाङे, लामासहित ठूलै समूह लिएर सिन्धुपाल्चोकमा खटिएका थिए । तर, राणाको राजनीतिक स्थिति फितलो भएपछि मनाङेले उनको साथ छोडे । उनले घोषणै गरेका थिए, 'छोटा राजा हैन, बडा राजाकै पक्षमा लाग्छु ।' ०५९ को राजा ज्ञानेन्द्रको 'कु' पछि उनले राजावादी धारलाई रोजे । शिवसेना नामक संगठनमा रही उनले राजाको पक्षका जुलुस र भेलामा थुप्रै युवा परिचालित गरे । तर, त्यो सक्रियता उनका लागि उपलब्धिशून्य भयो । बरु, शाहीकालमै -०६१ सालमा) उनलाई जेल हालियो । पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा तीन वर्षपहिले चक्रेमिलनमाथि भएको खुकुरी प्रहारको घटनामा चक्रेपत्नीको जाहेरीले उनलाई ज्यान मुद्दामा प्रहरीले पक्राउ गरी पूर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गर्‍यो । उनी त्यहाँबाट ०६३ जेठमा रिहा भए । रिहा हुँदा उनले सञ्चारकर्मीसँग भनेका थिए, 'मलाई शाही शासनले थुन्यो, लोकतन्त्रले छोड्यो ।' त्यसपछि सामान्य रूपमा जीवनयापन गर्ने प्रतिज्ञा गरेका उनलाई जेलबाट रिहा भएको एक वर्षमै पुनः प्रहरीले पक्राउ गरी जेल पठायो । अभियोग थियो, पाँच वर्षपहिले उनले कुटपिट गरेका एक युवकले दायर गरेको सार्वजनिक मुद्दा र त्यो मुद्दामा प्रमुख जिल्ला अधिकारीले तोकेको एक वर्षको जेल सजाय । उक्त अभियोगमा सजाय भुक्तान गरेपछि उनी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा आबद्ध भए । हाल उनी सो पार्टीका उपाध्यक्ष त छन्, तर सक्रिय छैनन् । आपराधिक समूहको व्यक्ति भनी प्रहरी-प्रशासनले दिएको पहिचान मेटाएर सामाजिक कार्यकर्ताको रूपमा चिनिन चाहेका मनाङेसम्बद्ध उक्त पार्टीका केही कार्यकर्ता आपराधिक गतिवधिमा संलग्न भएपछि उनी निष्त्रिmय भएको बताउँछन्।
लामाको राजनीतिक यात्राको सुरुवात भने राजावादी धारबाट भएको हो। उनका बुबा पाल्साङ लामा अहिले पनि राष्ट्रिय जनशक्ति पार्टीको काभ्रे जिल्ला समितिका अध्यक्ष हुन् । उनी शाहीकालमा मनोनित जिविस उपसभापति थिए । ०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा गणेश कांग्रेसनिकट थिए । नयाँबानेश्वर क्षेत्रमा उनले कांग्रेस उम्मेदवार प्रकाशमान सिंहका लागि भोट मात्र मागेनन्, विभिन्न कार्यक्रमको व्यवस्थापनमा सहयोग पनि गरे । तर, उनको कांग्रेसमोह लामो समय रहेन । कारण हो, कृष्णप्रसाद सिटौला गृहमन्त्री छँदा उनी पटक-पटक पक्राउ परे । त्यसवेला कुनै नेताले खासै सहयोग गरेनन् । यसपछि निर्माण व्यवसायमा लागेका उनले 'क' श्रेणीको सिरुवा कन्स्ट्रक्सन नामक कम्पनीको अधिकतम सेयर खरिद गरे । त्यहीबीच उनले क्रसरको काम पनि थाले । तीनकुने-सूर्यविनायक सडकखण्डको ६ ट्रयाकको सडक विस्तारका क्रममा उनले त्यहाँ गिट्टी, बालुवा र माटो ढुवानीको ठेक्का पारे । पछिपछि निर्माण व्यवसायमा सक्रिय उनले क्रमशः तत्कालीन भौतिक निर्माणमन्त्री विजयकुमार गच्छदारसँग निकटता कायम गरे । त्यही क्रममा उनी आफ्ना समर्थकसहित गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) मा प्रवेश पनि गरे । अहिले गच्छदार गृहमन्त्री छन् र लामा उनका एकजना अदृश्य सल्लाहकारको भूमिकामा रहेको चर्चा गरिन्छ।
आजकाल गणेश मात्र हैन, भएभरका काभ्रेली डन फोरम लोकतान्त्रिकका कार्यकर्ता हुन्। माओवादी नेतासँग सबभन्दा निकटमा रहेर काम गर्ने डन हुन्, काजी शेर्पा । उनले सुरु गरेको अर्गानिक कृषि र्फममा सागर पनि साझेदार छन् । त्यसबाहेक काजीका विभिन्न व्यवसायमा उनले माओवादीका विभिन्न नेताका नाममा सेयर राखिदिने गरेका छन् । उनले भक्तपुरको दुवाकोटमा सशस्त्र प्रहरीको हातामा रहेको बालुवाखानी ठेक्का पारेका छन् । त्यसबाहेक राजधानीस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन ठेक्का पनि उनैले पारेका छन् । उनले राशन ठेक्का पाए पनि सेना-प्रहरीलाई राशनबराबरको रकम नै दिने गर्छन् । रमेश खरेल हनुमानढोकाको एसपी छँदा 'ठेकेदारज्यूसँग एकपल्ट भेटघाट गरौँ न' भनी बोलाएका थिए । तर, खरेलले काजीलाई त्यसरी बोलाएको छिनभरमै माओवादीका विभिन्न नेताले 'अबदेखि काजीलाई नबोलाइदिनुहोला' भनी फोन गरेका थिए।
हेटौँडा हँुदै काठमाडौंको कलंकी क्षेत्रलाई आधार बनाएर विभिन्न गतिविधिमा नाम चलेका 'बाबु', अर्थात् विश्वक्रान्ति सिंह गत वर्ष नर्भिक अस्पतालमा भएको एउटा कुटपिटको घटनामा प्रहरीद्वारा पक्राउ परे
। मुटुको उपचारका लागि त्यहाँ पुगेका उनले अस्पतालका कर्मचारीले गाडी पार्किङ गर्ने ठाउँ आफ्नो गाडी पार्किङ गर्न खोजेका थिए । तर, त्यहाँका सुरक्षा गार्डले नदिएपछि उनले गार्डमाथि मुक्का बर्साए । गार्डको शरीरमा कुनै देख्ने घाउ-चोट थिएन । तर, तत्कालै प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक मुद्दामा आठ दिन हिरासतमा राख्यो । यसको कारण थियो, राजनीतिक दबाबमा अपराधीलाई नछोड्ने नीति लिएका काठमाडौंका तत्कालीन एसपी रमेश खरेललाई पूर्वगृहमन्त्री खुमबहादुर खड्काले फोन गरी 'तुरुन्त छोड्न' भनेका थिए । विश्वक्रान्तिलाई छुटाउन कांग्रेसका युवा नेता चन्द्र भण्डारीदेखि विश्वप्रकाश शर्मासम्मको जोड थियो । तर, खरेलले मानेनन् । प्रहरीबाट उनलाई छुटाउन कुनै सिप नलागेपछि राजनीतिक दबाब जिल्ला प्रशासन कार्यालयमा पुग्यो । आठौँ दिन म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय पेस गरिएका उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले साधारण तारेखमा रिहाईको आदेश दिए । विश्वक्रान्ति मात्र हैन, खुमबहादुरको सिफारिस आएकै कारण एसपी खरेलले चलचित्र निर्माता रोज राणालाई पनि त्यही शैलीमा दुःख दिए  । राणाले भने 'चेलिबेटी बेचबिखन' को अभियोग बोकेर पूर्पक्षका लागि कारागार नै जानुपर्‍यो । पछि उनी अदालतबाट सफाई पाई रिहा भए । वेला-वेला कांग्रेस नेता अर्जुननरसिंह केसीको गोंगबुस्थित घरमै भेटिने कुमार श्रेष्ठ 'घैंटे' र साजन महर्जनलाई माओवादीले आफ्नो सहायक संगठन वाइसिएलको सदस्य बनाइसकेको छ । तर, केसीसँगको उनीहरूको निकटता र उनीहरूलाई गाह्रोसाह्रो पर्दा भनसुन गरिदिने कामबाट केसी पन्छिएका छैनन् । साजन भने कांग्रेसमा फर्किसकेका छन् । अहिले उनी कांग्रेसको कोटामा सामुदायिक प्रहरी सेवा, गोंगबुको वरिष्ठ उपाध्यक्ष छन् । माओवादीमा घैंटे र साजन दुवैको निकटता वाइसिएलका उपत्यका इन्चार्ज तथा सभासद् चन्द्रबहादुर थापा -सागर) सँग छ । बालाजु, बाइपासतिरका डन बाघे लामा वाइसिएलका क्षेत्रीय सदस्य हुन् । बाफलका समीरसिंह बस्नेत र चाबहिलका प्रतीक श्रेष्ठ पनि वाइसिएल नेता सागरसँग निकट छन् । उनीहरू वाइसिएलका विभिन्न जिम्मेवारीमा छन्।
 विश्वमणि सुवेदी।
धादिङका दिनेश अधिकारी सात वर्षदेखि काठमाडौंको ठमेल, क्षेत्रपाटीतिर 'चरी' उपनामले परिचित थिए
। ०६१ सालमा सोह्रखुट्टे प्रहरीका इन्स्पेक्टर -हाल डिएसपी) अशोक सिंहले उनलाई लुटपाट अभियोगमा पक्रिन धेरै प्रयत्न गरे पनि सकेनन् । तर, अर्को एक सामान्य घटनामा दरबारमार्ग प्रहरीले उनलाई पक्राउ गर्‍यो । दरबारमार्ग प्रहरीलाई 'चरी' लाई सोह्रखुट्टेले खोजिरहेको जानकारी नै थिएन । किनभने, त्यस वेलासम्म उनको त्यत्ति नाम चलेको थिएन । जब उनी त्यहाँबाट सामान्य हाजिरी जमानीमा छुटे, त्यसपछि दरबारमार्गका तत्कालीन इन्स्पेक्टर योगबहादुर पाल र सोह्रखुट्टेका सिंहबीच ठूलै भनाभन भयो । त्यही घटनाका कारण सिंह र पालबीच अझै बोलचालसमेत छैन । यता, 'चरी' भने देशमा निकै 'चल्ताफिर्ता डन भइसके । एमाले धादिङको क्षेत्रीय उपाध्यक्ष, एमाले वरिष्ठ नेता केपी ओलीका विश्वासपात्र पनि हुन् उनी । तर, उनलाई समात्ने र छाड्नेबारे झगडा गरी बोलचाल बन्द भएका तत्कालीन दुई इन्स्पेक्टर अहिले डिएसपी भएका छन् । ०५५/५६ तिर ठमेलमा जली पव -डिस्को थेक) र दरबारमार्गमा क्लब डाइनेस्टी चलाउँदा गणेश लामा समान्य कर्मचारी मात्र थिए । समयक्रमसँगै उनी त्यसका सञ्चालक दीपक मनाङेका विश्वासपात्र भए । उनले ती डिस्को र पवहरूको सुरक्षामामिला हेर्ने जिम्मेवारी पाए । मनाङे त्यसवेलै नाम चलेका 'डन' थिए । विभिन्न घटना र बहानामा प्रहरीले मनाङेलाई पक्राउ गरिरह्यो । मनाङेको अनुपस्थितिमा उनका विश्वासपात्र लामाले नै उनका काम हेर्थे । समयक्रमसँगै यी दुईका बेग्लाबेग्लै समूह मात्र छैनन्, दुवैका अलग-अलग राजनीतिक सम्बद्धता पनि छन् । मनाङे जतिवेला राजधानीमा नाम चलाउँदै थिए, त्यसवेला उनी कांग्रेससम्बद्ध नेपाल तरुण दलको मनाङ जिल्लाको अध्यक्ष थिए । किशोरसिंह राठौर उनका सबैभन्दा हितैषी कांग्रेस नेता हुन् । तर, नेविसंघका कार्यकर्ताको 'कार्यशैली' मन नपरेपछि मनाङेको कांग्रेसमोह भंग भयो

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out