रिहाना एक नम्बर

लस एन्जल्स (एजेन्सी), माघ १२ - लामो समयदेखि युटयुबमा सर्वाधिक हेरिने महिला सेलिबि्रटीको सूचीमा अग्रपंक्तिमा रहँदै आएकी गायिका लेडी गागालाई पछिल्लोपटक गायिकाले नै झट्का लगाइदिएकी छन् । रिहानाले ।
तीन दिनअघि सार्वजनिक बिलबोर्ड अनुसार रिहानाले युटयुबमा हालै भ्युअर संख्या दुई अर्बले बढाएकी छन् । सन् २०११ मा 'टक द्याट टक' स्टुडियो एल्बम सार्वजनिक गरेकी रिहानालाई युटयुबमा त्यसैको चर्चित गीत 'वी फाउन्ड लभ...' का लागि बढी खोजिएको थियो ।
उक्त गीत युटयुबमा २ अर्ब ६८ करोड पटक हेरिएको छ । यसले गागालाई एक स्थान तल झार्दै रिहानालाई युटयुब क्विनका रूपमा स्थापित गराउन सहयोग गरेको छ ।
रमाइलो त के भने, सन् २०१० को अक्टोबरदेखि गागा युटयुबमा एक अर्ब कटाउने पहिलो म्युजिसियन बनेकी
थिइन् । 'ब्याड रोमान्स...,' 'टेलिफोन...,' 'यु एन्ड आई...' र 'म्यारी द नाइट...' जस्ता लोकपि्रय गीत दिँदादिँदै पनि गागाले युटयुबमा सर्वाधिक खोजिएकी महिला सेलिबि्रटीको टयाग जोगाइराख्न असफल भएकी छन् । अर्कातिर, रिलिजको तीन महिनामै रिहानाको गीत 'वी फाउन्ड लभ...' ले एक अर्ब १५ करोड भ्युअर पाएको थियो । जे भए पनि, गागा र रिहाना दुवै युटयुबका लागि प्रभावकारी छन् । यी दुवै टिनएज सनसनी जस्टिन बिबरभन्दा निकै अगाडि छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out