टिनएजमा सेक्स गर्नेहरुको सम्बन्ध विच्छेद बढी

जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका छन् उनीहरुको सम्बन्ध विच्छेद हुने सम्भावना बढी हुन्छ । यो हामी भनिरहेका छैनौ । यो भनाइ हो, एउटा अध्ययनको । जसले टिन एज सेक्स (किशोरावस्थामा सेक्स) र सम्बन्ध विच्छेदबीचको सम्बन्ध जान्ने कोशिस गरेको छ ।
युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार ३१ प्रतिशत महिला जो टिनएजमै सेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो । ४७ प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्र डिभोर्स अर्थात सम्बन्ध विच्छेद भएको थियो ।
नेशनल सर्भे अफ फ्यामिली ग्रोथका लागि जीवनमा कुनै न कुनै बेला विवाह गरिसकेका ३ हजार ७ सय ९३ जना महिलामा सर्भे गरेका एन्थनी पाइकले भने–परिणाम त यही हो, यद्यपि यो तर्क गर्न सकिन्छ कि एडलेसेन्ट सेक्स्युअलटीका केही डाउन–साइड्स पनि हुन्छन्। जसमा सम्बन्ध विच्छेदका लागि बढी सम्भावना हुने गर्दछ ।
यही विषयमा उनले भने, एउटा सम्भावना यो बन्छ कि यी महिलाहरुमा सेक्स्युअल एक्सपिरियन्स सानो उमेरमै हुने भएकाले यस्तो मान्यताहरु र सोच कायम हुन लाग्छ जसबाट सम्बन्ध विच्छेद हुने गर्दछ ।
यो पनि सम्भावना रहन्छ कि जुन महिला किशोरावस्थामा सेक्स गर्छन् उनीहरु सम्बन्ध विच्छेदको विचार पहिला नै तय गरिसक्छन् । जुन सोच र व्यवहारका कारण उनीहरु टिनएज सेक्सका लागि ‘ओके’ रहन्छन्। यही व्यवहारले उनीहरुको वैवाहिक जीवनमा पनि प्रभाव पार्दछ । यो एक प्रकारको सेलेक्सन एक्स्प्लाइनेशन हो।
यद्यपि यो निष्कर्ष दिन हतार हुनेछ । यदि सेक्स अनुभव मानसिक प्रताडना वा कुनै प्रकारको स्तब्धताअनुसार हुनसक्छ । त्यसो हो भने यसबाट महिलामा नकारात्मक असर पर्न सक्छ । उनीहरुको सम्बन्धमा यो सोचले धेरै प्रभाव पार्दछ । यो रिपोर्ट जनरल अफ म्यारिज एण्ड फ्यामिली म्यागाजिनको अप्रिल अंकमा प्रकाशित छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out