पहिलो यौन सम्पर्क १७ वर्षमै

नेपालमा सामान्यतः ६० प्रतिशतभन्दा बढी अंक वा मत पाए प्रथम श्रेणीमा वर्गीकरण गर्ने चलन छ। माया-पिरतीको कुरा पनि यही श्रेणीमा  परेको छ। नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। हालै सार्वजनिक भएको विवरण अनुसार नेपालमा १० देखि २४ वर्ष  उमेर समूहका महिला तथा पुरुषमध्ये ६० दशमलव ६९ प्रतिशतले माया-प्रेमका कुरा सबैसँग गर्छन्।
सर्वेक्षणले औसत पहिलो यौनसम्पर्क १७ वर्षको उमेरमा हुने देखाएको छ। सरदर ८७ प्रतिशतले प्रेमी वा प्रेमिकासँग समय बिताउने गरेका  छन्। भेटघाटका क्रममा ५० प्रतिशतले यौनजन्य गतिविधि गर्छन्। यौन सम्पर्क नै गर्नेहरू भने २९ प्रतिशत पाइयो।
मन्त्रालयले सन् २०१० मा गरेको सर्वेक्षणको नतिजा हालै सार्वजनिक भएको हो। सर्वेक्षणका लागि १४ हजार ७ सय ५४ जना व्यक्तिसँग  अन्तर्वार्ता लिइएको दाबी गरिएको छ।
सर्वेक्षणमा अन्य विषयवस्तुले भने ६० प्रतिशतभन्दा कम अंक पाएका छन्। पिरतीपछि सो उमेर समूहका नेपालीहरूले विवाहसम्बन्धी  कुराकानी गर्न रुचाएको पाइयो। सर्वेक्षणका सहभागी ५६ दशमलव ८० प्रतिशतले विवाहसम्बन्धी कुरा रमाइलो हुने बताए। २० देखि २४ वर्ष  उमेर समूहका महिला सोही उमेर समूहका पुरुषभन्दा १ प्रतिशत बढी विवाहका विषयमा कुरा गर्छन्।
पुरुषमा बढी हुने स्वप्नदोष र महिलाले मात्र गर्ने गर्भधारणका विषयमा कमै मात्र चर्चा हुने गरेको छ । केवल २९ प्रतिशतले स्वप्नदोष र ४५  प्रतिशतले गर्भधारणका विषय छलफल गरेको सर्वेक्षणले देखाएको छ। पुरुषहरूमध्ये ३६ प्रतिशतले महिनावारीका सम्बन्धमा चर्चा गर्छन् भने  ७२ प्रतिशत महिलाले यस विषयमा कुरा गर्न इच्छा राख्ने गरेका छन्। सरदर ५५ दशमलव २२ प्रतिशत किशोर-किशोरी तथा युवायुवतीले  महिनावारीका विषयमा छलफल गर्ने गरेको पाइएको छ।
वयस्क जीवनशैली र यौनसम्पर्कका विषयमा क्रमशः ४४ दलमलव १२ प्रतिशत र ४४ दशमलव ३५ प्रतिशतले नियमित छलफल गर्ने गरेका छन्। त्यसभन्दा अलि बढी कुरा हुने विषय परिवार नियोजनसम्बन्धी हो। यस विषयमा ४५ दशमलव ५५ प्रतिशतले खुलेर कुरा गर्ने गरेको बताएका छन्।
सर्वेक्षणबाट १०-१४, १५-१९ र २०-२४ वर्षको उमेर समूहको छुट्टाछुट्टै नतिजा पनि निकालिएको छ, जसमा उमेर बढेपछि सबै विषयमा छलफल हुने गरेको देखिन्छ। २०-२४ वर्ष उमेर समूहका ९१ दशमलव ९८ प्रतिशत पुरुष र सोही उमेर समूहका ८८ दशमलव २२ प्रतिशत महिला प्रेमका विषयमा कुराकानी गर्छन्। त्यसका विपरीत यो उमेर समूहका ३ दशमलव ३१ प्रतिशतभन्दा कम पुरुषले प्रेमका भन्दा विवाहका कुरा बढी गर्छन्। उता यही उमेर समूहका १ प्रतिशतभन्दा बढी महिला प्रेमको भन्दा विवाहको कुरा गर्न इच्छा राख्छन्।
सरदरमा ७७ प्रतिशतले आफ्नै प्रेमी वा प्रेमिकासँग विवाह गर्ने योजना रहेको जानकारी दिए, जसमध्ये केवल ७३ प्रतिशत पुरुष र ८६ प्रतिशत महिला प्रेमी वा प्रेमिकासित विवाह गर्न प्रतिबद्ध छन्। सरदर १६ वर्षको उमेरमा किशोर-किशोरी तथा युवायुवती पहिलो प्रेममा पर्ने गरेका छन्।
सरदर ३५ प्रतिशतले विवाहका कारण पढाइ छोड्ने गरेको सर्वेक्षणले ठहर गरेको छ। सर्वेक्षणमा पढाइ पुनः चालू गर्नेहरूको विवरण भने दिइएको छैन। सर्वेक्षणको नतिजा किशोरकिशोरी तथा युवायुवतीका क्षेत्रमा क्रियाशील निकायहरूका लागि भावी कार्यक्रम तर्जुमा गर्न उपयोगी देखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out