मुक्का हानेको भोलिपल्ट शाहरुख शिरिष मिलाप

 बलिउडका किङ मानिने शाहरुख खान सोमबारको एक पार्टीमा भने एकाएक खलनायक बनेर उत्रिए । उनले एकताकाकी आफ्नै घनिष्ठ फराह खानका पतिलाई मुक्का बर्साएका छन् । शाहरुखको यो हर्कतले यतिबेला सबैलाई अचम्मित बनाएको छ । प्रायः सहकर्मीमाझ रमाइला र कसैको हानि नपुर्‍याउने व्यक्तिका रूपमा चिनिएका अभिनेता कसरी एकाएक अरूले बोलाएको पार्टी नै बिथोल्ने गरी मारमुंग्रीमा लागे ?
कारण खुलस्त भइनसके पनि घटनाका प्रत्यक्षदर्शी भने फराहका पति शिरीष कुन्दरले 'रा.वन' बारे गर्ने तल्लो स्तरका टीकाटिप्पणीलाई सहन नसकेपछि शाहरुख हातपातमै उत्रेको हुन सक्ने बताउछन् ।
त्यसो त शिरिषले 'रा.वन' लाई गिराउने गरी टि्वटरमा पनि लेख्दै आएका थिए जसलाई उनले सोमबार सञ्जय दत्तले 'अग्निपथ' को सफलताका लागि दिएको दिवाभोजमा पनि निरन्तरता दिएका थिए । अर्को छेउमा रहेका शाहरुखले उक्त कुरा सहन नसकी उनको मुखमा मुक्का बर्साएका हुन् । शिरीष सुन्निएको मुख छोप्दै पार्टीबाट निस्केलगत्तै शाहरुख पनि बाहिरिएका थिए । पछिल्लो समय फराह र शाहरुखको सम्बन्धमा पनि चिसिएका बेला यस्तो घटना भएको हो ।
त्यसो त शाहरुख आफैंले होम प्रोडक्सन 'रा.वन' बारे बेलाबेला ठट्टा गर्ने हुँदा शिरीषलाई थप्पड हान्नुमा अन्य कारण रहेको पनि हुन सक्छ । शाहरुखले आइतबार राति आफैंले चलाएको फिल्म फेयर अवार्डमा पनि 'रा.वनको सबै चिज बिक्यो तर टिकट बिकेन' भनेर हाँसो गरेका थिए भने अर्का सञ्चालक रणवीर कपुरले 'डन २' मा उनको ओभर एक्टिङबारे मजाक गर्दा पनि चित्त दुखाएका थिएनन् ।
घटनाबारे शाहरुख खुल्न चाहिरहेका छैनन् । मुक्का खाने शिरीषले भने तीन/तीन बडिगार्डसहित आएका शाहरुखले किन आफूलाई एकाएक मुक्का बर्साए, थाहा नभएको बताएका छन् । उनले हिम्मत भए सिंगल सिंगल लड्न आउन पनि चुनौती दिए ।
 एउटा पार्टीमा शाहरुख खानको मुक्का खाएको भोलिपल्ट फराह खान र उनका पति शिरिष कुन्दर खान निवासमा पुगेर झगडा सुल्ट्याएका छन्। स्रोतका अनुसार कुन्दर र फराह दुबैले शाहरुखसँग माफि मागेका थिए। फराहले हिजोको खराब घटनालाई लिएर उनलाई भेट्न गएको बताएकी थिइन्। यो विवादलाई अन्त्य गर्न आवश्यक रहेको भन्दै उनले घटनालाई लिएर उचाल्ने र थचार्ने काम भएको बताइन्।
शाहरुख र कुन्दर दुबैले अंकमाल गरेर मुक्काबाजीलाई मित्रतामा वदलेका छन्। दुबैले एकअर्कासँग माफी मागेको बताइएको छ।
फिल्म निर्देशक फराह र शाहरुख साथी हुन्। फराहको पति कुन्दरले शाहरुखको फिल्म रा वन को आलोचना गर्दै आएका थिए। पछिल्लो समय प्रियंका चोपडासँग शाहरुखको सम्वन्धबारे टिप्पणी गरेपछि बलिउडका वादशाह मानिने शाहरुख उनीसँग आक्रोशित थिए। गत सोमबार बिहान सञ्जयदत्तको पार्टीमा शाहरुखले उनलाई आक्रमण गरेका थिए।
शाहरुख निवासमा उनीहरुबीच आधा घन्टा कुराकानी भएको थियो। सञ्जय दत्तले फराहलाई बोलाएर उनको पतिले शाहरुखमाथि गरेका टिप्पणी सच्याउन दवाव दिएका थिए। दत्तले फराह खानलाई अहिलेको हैसियतमा शाहरुखले ल्याएको सम्झाउँदै माफीका लागि प्रेरित गरेका थिए। उनले 'शाहरुख नभएको भए फराह खानको हैसियत यहाँ पुग्दैन थियो' भनेका थिए।
फराहका भाई साजिदले शाहरुख पत्‍नी गौरीलाई भेटका लागि समय मिलाउन आग्रह गरेका थिए।
सन् २००९ मा फराह र शाहरुखको १४ वर्ष लामो सम्वन्धमा टकराव आएको थियो। शाहरुखले कुन्दर निर्माता रहेको फिल्म अस्विकार गरेका थिए। त्यो वर्षभरि नै उनीहरुबीच राम्रो सम्वन्ध रहेन। शाहरुखले फराहले निर्देशन गर्ने भनिएको फिलेम ह्याप्पी न्यू इयरमा खेल्ने सम्झौता गरेका थिए। उनले फराहलाई स्‍क्रिप्टमा केही परिवर्तन गर्न आग्रह गरेका थिए। तर फराहले अक्षय कुमार र कैटरिना कैफ लिएर तीस मार खान बनाउनतिर लागिन्। यसपछि उनीहरुबीचको दुरी टाडिँदै गयो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out