परिवार नियोजनको साधन बन्दैछ गर्भपतन

स्नातक उत्तीर्ण धनकुटाकी एक महिलाले लगातार तीन पटक गर्भपतन गराइन्। दुई सन्तानकी आमा २७ वर्षीया ती महिलाले रहरले गर्भपतन गराएकी होइनन्। उनलाई यसरी वारम्बार गर्भपतन गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ भन्ने पनि थाहा छ, तर पनि उनी बारम्बार गर्भपतन गर्न बाध्य छिन्। आफूले सावधानी अपनाउँदा पनि श्रीमान्ले अस्थायी वा स्थायी परिवार नियोजनको साधन प्रयोग गर्न झन्झट मानेका कारण उनी उक्त बाध्यतामा फसेकी हुन्। दम्पतीबीच दुई सन्तानभन्दा नबढाउने सहमति पनि छ तर श्रीमान्ले गर्दा उनी गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा बारम्बार प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको बताउँछिन्।
धनकुटाकै अर्की २४ वर्षीया महिलाले पनि लगातार दुई पटक गर्भपतन गराइसकिन्। उनी फेरि तेस्रो पटक गर्भपतन गर्नुपर्ने अवस्थामा पुगेकी छिन्। एक सन्तानकी ती आमाले दुई पटक शल्यक्रियमार्फत गर्भपतन गराएकी हुन्। अहिले ८ हप्ता नकटेको हुँदा डाक्टरले औषधी सेवनबाटै पनि गर्भपतन गर्न सकिन्छ भन्ने सल्लाह दिएकाले उनी त्यही तयारीमा छिन्।
आईए उत्तीर्ण गरेकी उनले प्रेम विवाह गरी पहिलो सन्तानलाई जन्म दिए पनि उनका श्रीमान् पाँच वर्षसम्म अर्को शिशु नजन्माउने सोचमा छन्, तर उनीहरूले परिवार नियोजनको साधन प्रयोग गरेका छैनन्। उनी श्रीमान्ले परिवार नियोजनको साधन प्रयोग गर्न झन्झट मान्ने गरेको बताउँछिन्। उनलाई पनि अहिले यसरी बारम्बार गर्भपतन गराउँदा कतै अर्को शिशु नजन्मने वा पछि गाह्रो पर्ने हो कि भन्ने पीर पर्न थालेको छ। प्रेम विवाह गरेकी उनले श्रीमान्को माया र इच्छाका कारण गर्भपतनलाई परिवार नियोजनको साधनसरह बनाउनुपर्ने अवस्था आएको हो।
धनकुटा- स्नातक उत्तीर्ण धनकुटाकी एक महिलाले लगातार तीन पटक गर्भपतन गराइन्। दुई सन्तानकी आमा २७ वर्षीया ती महिलाले रहरले  गर्भपतन गराएकी होइनन्। उनलाई यसरी वारम्बार गर्भपतन गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ भन्ने पनि थाहा छ, तर पनि उनी  बारम्बार गर्भपतन गर्न बाध्य छिन्। आफूले सावधानी अपनाउँदा पनि श्रीमान्ले अस्थायी वा स्थायी परिवार नियोजनको साधन प्रयोग गर्न  झन्झट मानेका कारण उनी उक्त बाध्यतामा फसेकी हुन्। दम्पतीबीच दुई सन्तानभन्दा नबढाउने सहमति पनि छ तर श्रीमान्ले गर्दा उनी  गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा बारम्बार प्रयोग गर्नुपर्ने अवस्थामा पुगेको बताउँछिन्।
धनकुटाकै अर्की २४ वर्षीया महिलाले पनि लगातार दुई पटक गर्भपतन गराइसकिन्। उनी फेरि तेस्रो पटक गर्भपतन गर्नुपर्ने अवस्थामा पुगेकी  छिन्। एक सन्तानकी ती आमाले दुई पटक शल्यक्रियमार्फत गर्भपतन गराएकी हुन्। अहिले ८ हप्ता नकटेको हुँदा डाक्टरले औषधी सेवनबाटै  पनि गर्भपतन गर्न सकिन्छ भन्ने सल्लाह दिएकाले उनी त्यही तयारीमा छिन्। आईए उत्तीर्ण गरेकी उनले प्रेम विवाह गरी पहिलो सन्तानलाई  जन्म दिए पनि उनका श्रीमान् पाँच वर्षसम्म अर्को शिशु नजन्माउने सोचमा छन्, तर उनीहरूले परिवार नियोजनको साधन प्रयोग गरेका छै नन्। उनी श्रीमान्ले परिवार नियोजनको साधन प्रयोग गर्न झन्झट मान्ने गरेको बताउँछिन्। उनलाई पनि अहिले यसरी बारम्बार गर्भपतन  गराउँदा कतै अर्को शिशु नजन्मने वा पछि गाह्रो पर्ने हो कि भन्ने पीर पर्न थालेको छ। प्रेम विवाह गरेकी उनले श्रीमान्को माया र इच्छाका  कारण गर्भपतनलाई परिवार नियोजनको साधनसरह बनाउनुपर्ने अवस्था आएको हो।
गर्भपतन गराउने तयारीमा रहेकी १९ वर्षीया एक अविवाहित युवतीले पनि दोस्रो पटक यो प्रक्रिया अपनाउँदैछिन्। पहिलो पटक गर्भपतन  गराउन लाग्दा डरलागे पनि अहिले त्यस्तो डर नभएको उनी बताउँछिन्। विवाह गर्ने तरखरमा रहे पनि तत्काल शिशु जन्माउने सोच नभएको  हुँदा प्रेमीकै सहयोगमा गर्भपतन गर्न लागेको उनको भनाइ थियो। सरसर्ती हेर्दा यी तीन प्रतिनिधिपात्रको फरक-फरक परिवेशका भए पनि  उनीहरू बाध्य भएर गर्भपतनजस्तो परिवार नियोजनको अन्तिम विकल्प प्रयोग गर्न बाध्य छन्।
शिक्षित भएर पनि दीर्घकालीन परिवार नियोजन गर्न नचाहने एउटा समूह छ भने अर्को लामो छोटो अन्तरको परिवार नियोजनको साधन  प्रयोग गर्न पनि स्वीकार गर्ने अवस्थामा छैन भने तेस्रो घटनाले हेलचेक्रयाइँ, सामाजिक परिस्थिति र बाध्यतालाई दर्साउँछ। मेरी स्टोप सेन्टर  हिलेका प्रमुख रिजन पोखरेल भन्छन्- कहिलेकाही परिवार नियोजनका अस्थायी साधनले काम गर्दैन, त्यस्तो अवस्थामा सबै मानिस  झुक्किन्छन् र गर्भपतन गर्न बाध्य हुन्छन्। केही शिक्षित व्यक्तिले जानी-जानी बुझ पचाउने हुँदा पनि महिलाले गर्भपतन गर्न बाध्य हुनुपरेको  पोखरेलको ठहर छ।
गर्भपतन गर्नेमा विवाहित युवती मात्र नभएर अविवाहित पनि बढ्दै गएको पोखरेल बताउँछन्। उनी भन्छन्- 'हामी विवाहित-अविवाहित भनेर  तथ्यांक तथा राख्दैनौं, तर पनि हेर्दा नै थाहा हुन्छ। धनकुटामा सरकारी अस्पताल र मेरी स्टोप सेन्टर हिलेले सरकारबाट मान्यता पाएर वै धानिक रूपमा गर्भपतन सेवा प्रदान गर्दै आएका छन्। जिल्ला अस्पतालमा यस वर्ष मात्र ८ सय ८६ जनाले गर्भपतन गराएका छन् भने मेरी  स्टोप सेन्टरबाट ६ सय ९१ जनाले गर्भपतन गराएका छन्।  वरिष्ठ जनस्वास्थ्य अधिकृत झलक शर्मा पौडेल गर्भपतन गराउने महिलामध्ये १६  वर्षदेखि ३०-३५ वर्ष उमेर समूहका महिला धेरै भएको बताउँछन्।

मेरी स्टोप सेन्टर हिलेको तथ्यांक हेर्ने हो भने २० देखि २९ वर्षका ३ सय ७५ महिलाले गर्भपतन गराएका छन्। ३० देखि ३९ वर्षका २ सय  २७, ४० देखि ४९ वर्षका ३७ जनाले गर्भपतन गरेको देखिन्छ भने २० वर्ष मुनिका ५२ जनाले गर्भपतन गराएका छन्। किशोर वयमा गभर् पतनको संख्या वर्षैपिच्छे बढ्दै गएको पोखरेलको अनुभव छ। जिल्लाबाहिर गएर पनि गर्भपतन गर्नेहरूको ठूलो संख्या रहेका कारण यो संख्या  अझ बढी हुने देखिन्छ। त्यसका अतिरिक्त अवैध रूपमा मेडिकल हलमा गएर गर्भपतन गराउनेहरूको संख्या पनि धेरै रहेको पोखरेल बताउँछन्। उनका अनुसार केही मेडिकल हलले महँगो शुल्क लिएर गोप्य तवरले गर्भपतन गराउँदै आएका छन्। गत वर्ष सात महिनाको गर्भपतन  गराउन खोज्दा हिलेमा एक महिलाको ज्यानै गएको थियो।

सरकारले १२ हप्तासम्मको गर्भ गर्भपतन गराउने मान्यता दिएपछि धेरैजसो महिलाले सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर गभर् पतन गराउने गरेका छन्, तर गोपनियताका नाममा र लाजले गर्दा अझै पनि केही महिलाले सरकारबाट स्वीकृति नपाएका निजी मेडिकल  हलमा महँगो शुल्क तिरेर अवैध रूपमा गर्भपतन गराउँदै ज्यान जोखिममा पार्ने गरेका छन्।

बारम्बार गर्भपतन गर्नाले भविष्यमा संकट उत्पन्न गर्ने धनकुटा अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा बताउँछन्। डा. ओझा  भन्छन्- 'एउटी महिलाले धेरै पटक गर्भपतन गराउँदा स्वास्थ्यमा समस्या आउँछ र ज्यानै खतरामा पर्छ।' गर्भपतनलाई कसैले पनि परिवार  नियोजनको साधन बनाउन नहुने उनको सुझाव छ। ओझाका अनुसार कतिपय महिला आफूले प्रयोग गरेको अस्थायी साधन असफल भएर  पनि गर्भपतन गराउन आउने गरेका छन्, तर यस्तो केस कमै हुने उनको अनुभव छ। कम उमेरमा र उमेर ढल्किएपछि गर्भपतन गराउँदा  स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने डाक्टर ओझाको भनाइ छ।

गर्भपतनको वैधानिकता
अनिच्छित गर्भ रहेका महिलाको गर्भपतनलाई मान्यता नदिँदा धेरै महिलाले अकालमै ज्यान गुमाउनुपथ्र्यो। कसैले गर्भपतन गराएको थाहा पाए  कानुनबमोजिम कारबाही हुन्थ्यो। गर्भवती महिलाले शिशु जन्माउन नचाहे लुकेर निजी मेडिकल हलमा गएर महँगो शुल्क तिरी गर्भपात  गराइन्थ्यो। त्यस्तो अवस्थामा कतिपय महिलाको बढी रक्तश्रावले मृत्यु हुन्थ्यो भने कतिले घरवार नै बेच्नुपर्ने अवस्थासम्म आइलागेको थियो।  महिला अधिकारकर्मीहरूको लामो अन्दोलनपश्चात् सरकारल्े १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन दिने मान्यता दिएको हो। २०६०  सालमा सुरक्षित गर्भपतन सेवा-प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो।  महिलाको चाहनाबिना आकस्मिक गर्भ रहेका १२  हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ। यदि गर्भवती महिलाको मानसिक सन्तुलन ठीक नभएको एवं हाडनाता करणी भै  गर्भ रहे १८ हप्तासम्मको गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ।

अहिले सरकारले जिल्ला अस्पताल, मेरी स्टोप सेन्टर तथा नेपाल परिवार नियोजन संघलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ, तर  पनि अज्ञान एवं लाजका कारण निजी मेडिकल हल तथा क्लिनिकहरूमा गएर असुरक्षित गर्भपतन गराउँदा समस्या आएपछि उपचारका लागि  जिल्ला अस्पताल तथा मेरी स्टोप सेन्टरमा आउने बिरामीहरू पनि भेटिएका छन्। सुरुमा लाजले गर्दा पहिले महँगो शुल्क तिरेर निजी मेडिकल  हलमा गर्भपतन गराउने अनि पछाडि धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, पाठेघर राम्रो सफा नभएको जस्ता समस्या लिएर महिलाहरू आउने  गरेको प्रमुख जनस्वास्थ्य अधिकृत झलक शर्मा पौडेल बताउँछन्।

कुनै पनि कुराको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्। सरकारले सुरक्षित गर्भपतन ऐन ल्याएपछि पीडामा परेका महिला तथा युवतीह रूलाई गोप्य र सुरक्षित रूपमा समाजमा पुनस्र्थापना हुने बाटो खोलेको त छ नै, अनिच्छित गर्भ रहे अधिकारको प्रयोग गर्न पनि पाएका छन्  तर त्यससँगै विकृति पनि भित्रिँदैछ। सन्तान करले होइन, रहरले जन्माऊँ भन्ने नारा आफंैमा राम्रो भए पनि कतिपय अविवाहित युवतीले  यसलाईर् परिवार नियोजनकै साधनका रूपमा लिएर जीवनलाई नै जोखिममा धकेल्दै आएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाका प्रमुख झलक शर्मा पौडेलका अनुसार गोपनीयताका दृष्टिले तथ्याङ्क सार्वजनिक गर्न नमिले पनि धेरै १६  देखि २२ वर्षसम्मका युवतीहरू गर्भपतन गराउन आएका छन्, जसमा अविवाहितकै बाहुल्यता छ। पौडेल भन्छन्- 'विवाहितहरूले श्रीमान्  लिएर आउँछन्, अविवाहितहरू साथीसँग आउँछन्। श्रीमान् खोई भन्दा बताउन चाहँदैनन्, अन्कनाउँछन्।' सुरक्षित गर्भपतन सेवा-प्रक्रिया-२० ६० आएपछि गर्भपतन गराउन खुकुलो भएकाले त्यसको सदुपयोग वरदान सावित भए पनि केहीका लागि भने यसले विकृति ल्याएको पौडेल  बताउँछन्।
गर्भपतन रहर होइन, बाध्यता
डा. बालकृष्ण साह, मेची अञ्चल अस्पताल
नारी भन्नेबित्तिकै माया, प्रेम, सहनशील र मातृत्वजस्ता शब्द सँगसँगै आउँछन्। हरेक नारीलाई ममताका देवीका रूपका लिने गरेको यथार् तलाई समाजले स्वीकार गरेको पाइन्छ। त्यस्तै हरेक नारीमा आमा बन्ने रहर पाइन्छ। यी सबै वास्तविकतासँगै दिनप्रतिदिन गर्भपतन गराउने हरूको संख्यामा वृद्धि भएको तथ्याङ्कले देखाउँछ। सन् २०१०, जूनसम्ममा नेपालमा ४ लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतन गराइसकेको  तथ्याङ्क आईपास नामक संस्थाले प्रकाशन गरेको छ।

कस्ता महिलाले गर्भपतन गराउँछन् होला त ? यसप्रति सबै एकमत हुन्छन् भन्न सकिँदैन। अधिकांशले अनैतिक सम्पर्कले रहेको गर्भ फ्याँक्छन् वा गर्भपतन गराउँछन् भन्ने धारणा राखेको पाइन्छ। मेलै गर्भपतन सेवा दिइरहेको थाहा पाएका मित्रहरूले अविवाहित, बिधवा वा  समाजिक मर्यादा पार गरेर रहेको गर्भ कति आउँछन् भन्ने प्रश्न राख्छन्, तर वास्तविकता अर्कै छ। हरेक महिलामा बच्चा जन्माउने चाहना  तीव्र हुन्छ। ३५ वर्षीया रीता घिमिरेको एकल परिवार छ। उनको परिवारमा १५ वर्षीया छोरी, १२ वर्षको छोरा र श्रीमान् मात्र छन्। आर्थिक  अवस्था कमजोर भएकाले श्रीमान् कामका लागि हालै खाडी मुलुक गए। उनको श्रीमान्को भिसा लागिसकेपछि उनले प्रयोग गरिरहेको परिवार  नियोजनका साधन 'पिल्स' थपिनन्। त्यसैले उनको गर्भ रह्न गयो। अब उनले कसरी बच्चा पाउने ? एकातिर छोरी १५ वर्षकी भइन्, अर्कातिर  श्रीमान् पनि परदेशमा।

यस्तो समस्या रीताको मात्र हुँदैन। रमिला प्रधान २५ वर्षीया जागिरे हुन्। उनले एक वर्षअघि अप्रेसन गरेर शिशु पाएकी हुन्। शिशुले दूध  खाइरहेका बेला परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न रुचाइनन् र अर्को गर्भ रह्यो। तर तुरुन्तै अर्को बच्चा.......? अफिस बिदा  कसरी मिलाउनु, अनि बच्चालाई कसरी हुर्काउनु, फेरी अप्रेसन गरेको एक वर्ष नपुग्दै फेरि अर्को अप्रेसन..।

धेरैजसो महिलाको शैक्षिक वा नोकरीमा बाधाहरू परेर, वैवाहिक स्थितिमा परिवर्तन आएर (सम्बन्ध-विच्छेद भएर) तथा आर्थिक समस्याले पनि  महिलाहरू गर्भपतन गर्न बाध्य हुने गरेको पाइन्छ। कुनै-कुनै अवस्था परिवार नियोजनका साधन असफल भएर रहेको गर्भ, बलात्कार वा  सन्तानको रहर पुगेर रहेको गर्भ पनि पतन गराउनुपर्ने हुन सक्छ। गैरवैवाहिक सम्बन्धबाट रहेको गर्भ वा अविवाहित तथा विधवा, श्रीमान्  विदेशमा रहेका बेलाको गर्भ गर्भपतन गराउनुपर्नेहरूको संख्या न्यून रहेको देखिन्छ। १६ वर्ष पार गरेकी महिलाले कसैको मञ्जुरीविना पनि  हप्तासम्मको गर्भपतन गराउन आउने कानुनी व्यवस्था छ। त्यसो त कानुनले बलात्कार वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा  १८ हप्ता र गर्भवतीले बच्चालाई जन्म दिएको अवस्थामा गर्भवती वा जन्मिने शिशुको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने  चिकित्सकको सिफारिस भएको अवस्थामा गभपर्तन गराउन पाउने हुन्छ, तर जुनसुकै अवस्थामा सूचीकृत चिकित्सकले स्वीकृत संस्थामा मात्र  गभपर्तन गराउन पाउने भनिएको छ।
हाल नेपालको ७५ वटै जिल्लामा ३ सय ५२ वटा सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान  गरिरहेको छ। सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात् प्लास्टिकमा क्यालुनाद्वारा खालि पारिएको  सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवासँगसँगै एम.ए. अर्थात् मेडिकल एबोर्सन (औषधीद्वारा गरिने गर्भपतन) सञ्चालनमा आएको छ। यी दुवै  सेवा अधिकांश सरकारी अस्पताल तथा केही गैरसरकारी स्वास्थ्य संस्थामा उपलब्ध छ, तर गर्भपतन सेवा दिने संस्था र चिकित्सक दुवै  सूचीकृत हुनुपर्छ। यस्ता सूचीकृत संस्थामा सूचीकृत अर्थात् तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनका समस्याका कारण हालसम्म एक  महिलाको पनि मृत्यु भएको छैन भने १ प्रतिशतभन्दा पनि कममा मात्र केही समस्या आउने गरेको तथ्याङ्कहरूले देखाएको छ।

गर्भपतन सुरक्षित हुँदाहुँदै यो पटक पटक गराउनु राम्रो होइन, तर गर्भपतन नगराएर अनावश्यक बच्चालाई जन्म दिनु पनि उपयुक्त हुँदैन।  यस्तो अवस्थामा निर्णय लिन धेरै दम्पतीलाई गार्‍हो हुने गरेको पाइन्छ। त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ। यसका लागि  परिवार नियोजनका साधनहरू प्रयोग गर्न सकिन्छ। सबै दम्पतीले एउटै खालका परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ वा उपयुक्त हुन्छ  भन्ने छैन। आफूलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ विषयमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर साधन छनोट गर्नु राम्रो हो। परिवारको  आकार पूरा भएपछि वा सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण पनि उचित हुन सक्छ। सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियो जनका साधन रोज्न सके, गर्भपतन गराउनुपर्ने बाध्यात्मक अवस्था उत्पन्न हुन सक्दैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out