पहिले सेक्स पछि विवाह

हालै सम्पन्न राष्ट्रिय जनगणना-२०६८ अनुसार अहिले नेपालको जनसंख्या २ करोड ६६ लाख पुगेको छ । कुल जनसंख्याको ३३ प्रतिशत अर्थात् झन्डै ८८ लाख व्यक्ति १० देखि २४ वर्ष उमेर समूहका युवा रहेका छन् । यो समूह मुलुकको उर्वर जनशक्ति पनि हो । विशेषज्ञहरूले आगामी दुई दशकसम्म नेपालको युवा जनसंख्यामा कुनै किसिमको ह्रास नहुने अनुमान गरेका छन् । विकासविद्हरूका अनुसार यही जनसंख्याकै कारण आगामी दशकमा नेपालको विकासका लागि पर्याप्त जनशक्ति सञ्चित रहेको छ । सन् १९६० यता नै नेपालको जनसंख्या युवा रहँदै आएको छ ।अहिलेसम्म देशभित्रको युवा जनसंख्यालाई लक्षित वैज्ञानिक नीतिको त कुरा छाडौँ, यस समूहको व्यवहार र प्रवृत्तिको समेत कुनै व्यवस्थित अध्ययन गरिएको थिएन । तर, हालै नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनसंख्या महाशाखाले यो युवा जनसंख्याबारे देशव्यापी अध्ययन गरेको छ । प्रतिवेदन प्रकाशनको अन्तिम तयारीमा रहेको उक्त अध्ययनलाई विज्ञहरूले समेत महत्त्वपूर्ण मानिरहेका छन् ।
संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार १० देखि २४ वर्ष उमेर समूहका व्यक्तिहरू युवा हुन् । युवा समूहभित्र पनि १०-१४ उमेर समूहलाई पहिलो किशोरावस्था र १५-१९ वर्ष उमेर समूहलाई पछिल्लो किशोरावस्था मानिन्छ । अर्कोतिर, १५-२४ वर्ष उमेर समूहलाई युवावस्था भनिन्छ ।
स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखाले गरेको सर्वेक्षणका आधारमा तयार पारिएको यस सामग्रीमा किशोर वा किशोरी भन्नाले १०-१४ वर्ष उमेर समूहलाई बुझाउँछ भने युवक वा युवती भन्नाले १०-२४ वर्ष उमेर समूहलाई इंगित गरिएको छ । पाठकको रुचिलाई ध्यान दिई केही उत्तर समावेश नगरिएकाले विभिन्न चार्ट तथा ग्राफमा सबै प्रतिशत जोड्दा पनि एक सय पुग्न नसकेको हो ।

विवाह
नेपाल किशोरकिशोरी तथा युवा सर्वे -सर्वेक्षण)ले नेपाली किशोरकिशोरी तथा युवामा विवाहप्रतिको धारणा र प्रवृत्तिमा परविर्तन भइरहेको देखाएको छ। सर्वेक्षणमा सहभागी युवकहरूको कुल ९२.२२ र युवतीको ७६.७३ प्रतिशत अहिवाहित रहेको देखिनुले परम्परागत सोच अनुरूप छिटो विवाह गर्ने प्रवृत्तिमा कमी आइरहेको देखिन्छ। साथसाथै, सर्वेक्षणमा सहभागी युवक र युवती दुवैको ०.०२ प्रतिशत विवाह नै नगरी एकसाथ बसिरहेका पनि देखिएको छ। यसबाट नेपाली युवामा विवाहसम्बन्धी परम्परागत मूल्यमा पनि परविर्तन आइरहेको बुभmन सकिन्छ।

वैवाहिक स्थिति
सर्वेक्षणको अर्को उल्लेखनीय पक्ष के छ भने १४ वर्षमुनिका ९९.९७ प्रतिशत किशोर र ९९.६४ प्रतिशत किशोरीहरू अविवाहित छन्। त्यस्तै, १५ देखि १९ वर्षका ९५.४२ प्रतिशत किशोर र ८२.०३ प्रतिशत किशोरी पनि अविवाहित छन्। यसबाट समाजमा बालविवाहको प्रवृत्ति कम भएको अनुमान गर्न सकिन्छ।

विवाहको मध्यिका उमेर
सर्वेक्षणमा सहभागीमध्ये ७.७८ प्रतिशत युवक र २३.२३ प्रतिशत युवतीले विवाह गरेका पाइयो। २४ वर्षमुनिका पुरुष सहभागीहरूले विवाह गर्ने मध्यिका अर्थात् उमेर समूहहरूको मध्यक उमेर १९ र युवतीले विवाह गर्ने मध्यिका उमेर १७ वर्ष पाइएको छ। नेपाली युवामा विवाह गर्ने उमेर विभिन्न कारकहरूमा निर्भर रहेको सर्वेक्षणको नतिजा छ। शिक्षाको स्तर बढ्दै जाँदा विवाह गर्ने मध्यिका उमेरमा पनि वृद्धि भएको देखिन्छ। जस्तो ः प्राथमिक शिक्षा हासिल युवकहरूको विवाह गर्ने मध्यिका उमेर १८ छ भने त्यस्ता युवतीहरूको मध्यिका उमेर १७ वर्ष छ। तर, एसएलसीभन्दा धेरै पढेका युवकहरूको विवाह गर्ने मध्यिका उमेर २० र युवतीहरूको १९ वर्ष देखिएको छ। सर्वेक्षणमा सहभागीहरूमध्ये जम्मा ०.६४ प्रतिशत युवकले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेको बताएका छन् भने ४.८९ प्रतिशत युवतीले १५ वर्षभन्दा कम उमेरमा विवाह गरेका पाइएको छ।
गैरकानुनी विवाह र कारण
नेपालको कानुन अनुसार युवती र युवक दुवैको विवाहयोग्य उमेर २० वर्ष हो। तर, सर्वेक्षणले २२.६० प्रतिशत युवक र ६०.६२ प्रतिशत युवतीले कानुनले तोकेको उमेर हदभन्दा पहिले अर्थात् २० वर्ष नपुग्दै विवाह गर्ने गरेको देखाएको छ। त्यसरी बिहे गर्नेमध्ये ६०.७० प्रतिशत युवतीले आमाबुबाको इच्छाले बिहे गरेको बताएका छन् भने २९.६९ प्रतिशतले स्वेच्छाले। यसबाट विशेष गरी छोरीको विवाहका लागि अभिभावकहरूले कानुन अनुसारको उमेर नपुग्दै विवाहका लागि दबाब दिने परम्परा कायमै रहेको बुझिन्छ। सर्वेक्षणले गर्भ रहन जाँदा कानुन अनुसारको उमेरभन्दा पहिले विवाह गर्नुपरेको कारणबारे रोचक नतिजा देखाएको छ। सहरी क्षेत्रमा गर्भ रहन गई विवाह गर्न बाध्य युवक र युवतीको प्रतिशत शून्य छ भने ग्रामीण क्षेत्रका १.३५ प्रतिशत युवक र ०.४३ प्रतिशत युवतीले गर्भ रहन जाँदा विवाह गर्नुपरेको बताएका छन्। अर्कोतिर, ग्रामीण क्षेत्रमा झुक्याएर विवाह गरेको भन्ने युवक र युवती दुवैको प्रतिशत शून्य रहेको छ, जबकि ०.६८ प्रतिशत सहरी युवतीहरूले आफूलाई झुक्याएर विवाह गर्न लगाइएको बताएका छन्।

जीवनसाथीको चयन
सर्वेक्षणमा सहभागी विवाहित युवक तथा युवतीले आपmनो जीवनसाथी छान्दा कसको रोजाइका आधारमा छान्छन् भन्ने निष्कर्ष पनि रोचक छ। विवाहितमध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आपmनै रोजाइले जीवनसाथी छानेको बताएका छन्। सर्वेक्षणले देखाएको महत्त्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरूका लागि सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन्, जबकि त्यहाँ ३६.१७ प्रतिशत युवकका लागि दुलही खोज्दा सहमति लिइँदैन।

विवाहबारे धारणा
नेपाली युवामा विवाह र यौनबारेको धारणामा पनि परविर्तन आइरहेको सर्वेक्षणबाट देखिएको छ। अन्तरजातीय विवाहबारेको धारणा उमेरसँगै उदार हुँदै जाने सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका किशोरहरूको ३६.५७ र किशोरीहरूको ३०.३६ प्रतिशतले अन्तरजातीय विवाह ठीक भनेका छन्। जबकि, १५-१९ वर्ष उमेर समूहका ६७.४९ प्रतिशत किशोर र ५६.६५ प्रतिशत किशोरीले त्यस्तो विवाहलाई उचित भनेका छन् भने २०-२४ वर्षका युवकको सात प्रतिशत र युवतीको ५५.४५ प्रतिशतले अन्तरजातीय विवाहलाई ठीक भनेका छन्। समलिंगी सेक्स र विवाहबारे सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र अनुदार देखिएको छ। ग्रामीण क्षेत्रका ३.९८ प्रतिशत युवक र ३.०३ प्रतिशत युवतीले मात्रै समलिंगी विवाह र सेक्सलाई उचित ठानेका छन् भने सहरी क्षेत्रका ९.०३ प्रतिशत युवक र ८.३९ प्रतिशत युवतीले त्यस्तो विवाह र सेक्सलाई उचित भनेका छन्। दाइजो लिनुदिनु ठीक हो भन्नेमा सबैभन्दा अगाडि सुदूरपश्चिम देखिएको छ। त्यहाँका ३१.८२ प्रतिशत युवक र ४९.८९ प्रतिशत युवतीले दाइजोको समर्थन गरेका छन्।

कौमार्य सर्वेक्षणमा सहभागी युवकहरूको ७५.५० प्रतिशत र युवतीहरूको ७९.७४ प्रतिशतले युवतीहरूले विवाहपूर्व यौनसम्पर्क गर्न नहुने धारणा व्यक्त गरेका छन्। त्यस्तै, युवकहरूको ६९.१६ र युवतीहरूको ७८.५९ प्रतिशतले पुरुषहरूले पनि विवाहपूर्व यौनसम्पर्क गर्न नहुने बताएका छन्। त्यस्तै, युवकहरूको १२.३३ प्रतिशत र युवतीहरूको १०.१३ प्रतिशतले विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने धारणा व्यक्त गरेका छन्। विवाहपूर्व यौनसम्पर्क गरेकाहरूसँग विवाह गर्न सकिने कुरामा सहरी क्षेत्र ग्रामीण भेगभन्दा उदार देखिएको छ। सहरका १७.०६ प्रतिशत युवक र ११.९५ प्रतिशत युवतीले बिहे गर्नुअघि यौनसम्पर्क गरेकाहरूसँग बिहे गर्न सकिने बताएका छन्, जबकि ग्रामीण क्षेत्रका ११.०२ प्रतिशत युवक र ९.५९ प्रतिशत युवतीले मात्रै विवाहअघि यौनसम्पर्क गरेको व्यक्तिसँग बिहे गर्दा फरक नपर्ने बताएका छन्। अर्कोतिर युवतीले विवाहपूर्व यौनसम्पर्क गर्नु हँुदैन भन्नेमा सहरी क्षेत्रका युवतीहरू ग्रामीण क्षेत्रका भन्दा परम्परागत देखिएका छन्। सहरी क्षेत्रका ८२.७३ प्रतिशत युवतीले विवाहपूर्व युवतीको कौमार्य सुरक्षित हुनुपर्छ भनेका छन् भने त्यसभन्दा झन्डै चार प्रतिशत कम अर्थात् ७८.८५ प्रतिशत ग्रामीण युवतीहरू त्यस्तो सोच्छन्।
गर्भ निरोध
सर्वेक्षणका क्रममा किशोरकिशोरी तथा युवामा गर्भ निरोधका साधनहरूबारे कति जानकारी छ भन्ने पनि हेरएिको थियो। सर्वेक्षण नतिजा अनुसार कन्डम सबैभन्दा धेरै युवाले थाहा पाएको गर्भ निरोधका साधन देखिएको छ। कन्डमपछि सुईबाट दिइने निरोधकका बारे सबैभन्दा धेरैलाई थाहा छ। योनिबाहिरै वीर्य स्खलन गरी गर्भाधान हुन नदिने उपायका बारेमा ग्रामीण -८.१७ प्रतिशत)भन्दा सहरी -१३.५५ प्रतिशत) युवतीहरू बढी जानकार रहेका छन्। काठमाडौँ उपत्यकाका १३.०४ युवती त्यस उपायबारे सबैभन्दा धेरै जानकार छन् भने सुदूरपश्चिमका ६.६० प्रतिशत युवतीले मात्रै त्यो उपायबारे थाहा पाएका छन्, जुन क्षेत्रगत हिसाबले सबैभन्दा कम हो। जबकि, काठमाडौँ उपत्यकाका ३२.०८ प्रतिशत युवक र सुदूरपश्चिमका १९.५२ प्रतिशत युवकलाई त्यसबारे थाहा छ।

गर्भनिरोधबारे जानकारीका लागि रेडियो र शिक्षकहरू प्रमुख स्रोत देखिएका छन्। युवतीहरूभन्दा युवकले साथीहरूबाट यस विषयमा धेरै जानकारी पाउने तथ्य पनि सर्वेक्षणले प्रकाशमा ल्याएको छ।

पहिलो महिनावारी
पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा बस्नेहरूबारे पनि सर्वेक्षणले रोचक तथ्य प्रकाशमा ल्याएको छ। पश्चिमाञ्चलका सबैभन्दा बढी १२.३२ प्रतिशत युवतीले आफूले अँध्यारो कोठामा बस्नुपरेको बताए। सहरी क्षेत्रका ६.३८ र ग्रामीण क्षेत्रका ७.४९ प्रतिशतले पनि पहिलोपल्ट रजस्वला हँुदा अँध्यारो कोठामा दिन काटे। त्यसैगरी पहिलोपटकको महिनावारीमा घरनजिकैको छाप्रोमा रात कटाउने युवतीहरू सुदूरपश्चिममा सबैभन्दा धेरै १३.०७ प्रतिशत भेटिए। रोचक त के भने काठमाडौँ उपत्यकाका ०.२७ प्रतिशत र सर्वेक्षण गरएिका सबै सहरी क्षेत्रका २.३९ प्रतिशत युवतीले पनि छाप्रोमै आपmनो पहिलो रजस्वला अवधि कटाए।
कुलत
सर्वेक्षणमा सहभागी १०-१४ वर्ष उमेर समूहका ६.९० प्रतिशतले मदिरा, ३.४१ प्रतिशतले चुरोट तथा सुर्तीजन्य पदार्थ र ०.४४ प्रतिशतले लागूऔषध र सुईबाट दिइने नसा गर्ने गरेको पाइयो। साथै, युवतीहरूको ९.२९ प्रतिशत, २.२३ प्रतिशत र ०.१४ प्रतिशतले क्रमशः मदिरा सेवन, चुरोट तथा सुर्तीजन्य पदार्थ र लागूऔषध सेवन गर्ने गरेको सर्वेक्षणले देखाएको छ।  

सर्वेक्षण विधि
नेपाल सरकारको स्वास्थ्य मन्त्रालय मातहतको जनसंख्या महाशाखाले सन् २०१० को जनवरीदेखि डिसेम्बर महिनासम्म गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षण देशभरिका कुल नौ हजार घरधुरीमा आधारित छ, जसलाई तीन सय 'क्लस्टर'मा बाँडिएको थियो र प्रत्येक 'क्लस्टर'बाट ३० घरधुरीलाई नमुना छानिएको थियो।
यो सर्वेक्षण दुई चरणमा आधारित 'स्ट्राटिफाइड' सम्भाव्यता 'क्लस्टर'को ढाँचामा गरिएको थियो। एउटा 'क्लस्टर' एक वडा अर्थात् अहिलेको प्रशासनिक ढाँचामा सबैभन्दा सानो एकाइ बराबर थियो। वडालाई प्रारम्भिक नमुना एकाइका रूपमा लिइएको थियो। सिंगो देश, सहरी-ग्रामीण बसोबास, पाँच विकास क्षेत्र, तीन उमेर समूह -१०-१४, १५-१९, २०-२४)का लागि अनुमान हुनसक्ने गरी नमुना निर्धारित गरिएको थियो।

काठमाडौँ उपत्यकालाई छुट्टै उपक्षेत्रका रूपमा राखिएको थियो। कुल १४ हजार ७ सय ५३ युवामा गरिएको सर्वेक्षणमा १०-१४ उमेर समूहका ६ हजार ५ सय ९५ किशोरकिशोरी, १५-१९ वर्ष उमेर समूहका ४ हजार ८ सय ८२ युवकयुवती र २०-२४ वर्ष उमेर समूहका ३ हजार २ सय ७३ युवाको छनोट गरिएको थियो। सर्वेक्षणमा कुल प्रत्युत्तर दर ९९ दशमलव ३ प्रतिशत रह्यो। घरधुरीमा कम्तीमा एक र अधिकतम सात अन्तर्वार्ता गरिएका थिए। सर्वेक्षणमा ७ हजार १ सय ९ युवक तथा ७ हजार ६ सय ४४ युवती सहभागी गराइएका थिए। उनीहरूबारे जानकारी संकलन गर्न कुल ४९ हजार २ सय ८० व्यक्ति -पुरुष २४ हजार ३ सय २१ र महिला २४ हजार ९ सय ४४)को सहयोग लिइएको थियो।
प्रेम
प्रेममा परेको छु
युवकः २१.४७
युवतीः ११.२८

पहिलोपटक प्रेममा पर्दाको औसत उमेर
युवकः १६.१३ वर्ष
युवतीः १६.१३ वर्ष

अहिलेको प्रेमको औसत अवधि
युवकः १४.९८ महिना
युवतीः १३.१५ महिना

अहिलेकै प्रेमी/प्रेमिकासँगै बिहे गर्ने हो
युवकः ७३.०३
युवतीः ८६.६१

डेटिङ्का बेला यौनजन्य गतिविधि गरेको समय
युवकः ६२.०५
युवतीः  २६.८३

डेटिङ्का बेला यौनसम्पर्क गरेको समय
युवकः ३९.७२
युवतीः ८.५६

अहिलेसम्मको औसत प्रेमी/प्रेमिका संख्या
युवकः १.७१
युवतीः १.२३

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out