प्रचण्ड र गच्छदारवीच ७० करोडको सहमति ?

नियतै खोटो भएपनि मान्छेले जतिसुकै संकटमा पनि खाने दाउ लगाउन खोज्दोरहेछ । मुलुक संकटमा परिरहेका बेला ब्रान्डेड भ्रष्टाचारीको छवि बनाएका उपप्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीसमेत रहेका बिजयकुमार गच्छदारले भने सेनाका लागि किन्न लागिएको हेलिकोप्टर र एपीसीमा ठूलै रकम कुम्ल्याउने प्रपञ्च गरेका छन् ।
दशौं करोड खर्च गरेर किनिएको प्रचण्डको नयाँ निवास लाजिम्पाटमा हालै प्रचण्ड र गच्छदारवीच कमिसन बाँडफाँटको सहमति भएको बुधबार प्रकाशित घटना र बिचार साप्ताहिकले छापेको छ । सैन्य प्रयोजनका लागि हेलिकोप्टर खरिद गर्न रक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको फाइल प्रचण्डका धर्मपुत्र समान अर्थमन्त्री बर्षमान पुनले रोकिदिएपछि दुई नेतावीच कमिसन बाँडफाँटको कुरा मिलेको हो ।
सूत्रको दावी छ- ‘हेलिकोप्टर र एपीसी खरिद गर्दा कम्तीमा ७० करोड कमिसन आउँछ ।’ गच्छदारनिकट सुत्रले दिएको जानकारीअनुसार खरिद प्रकृयाका लागि एजेण्ट छान्ने काम भइसकेको छ । एजेन्टसहित छिटै प्रचण्ड र गच्छदारको फेरि वैठक वस्ने समाचारमा उल्लेख छ । कमिसनबापतको रकम बाँडेर लिने बिशेष साझेदारी दुई नेतावीच भएको समाचारमा उल्लेख छ ।
करोडौको खरिद हुन लागेको सूचना पाएका गच्छदारले चलाख सरतसिंह भण्डारीलाई छल्न नसकिने टुंगोमा पुगेपछि मधेस बिबादमा पदमुक्त गराएको र आफैले रक्षा मन्त्रालयको जिम्मा लिएको समेत समाचारमा उल्लेख छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out