नम्रताले सिनेमा निर्देशन गर्ने

नेपाली अभिनेता र अभिनेत्रीलाई भविष्यको योजना के छ भनेर सोध्दा दुई उत्तर आउँछ –पहिलो सिनेमा निर्माण गर्छु र दोस्रो सिनेमा निर्देशन गर्छु । तर, कसैले अभिनयको सीप तिखार्छु भन्दैनन् । सिनेमा निर्देशन गर्छु भन्ने सूचिमा थपिएकी छिन् –नम्रता श्रेष्ठ जसले आफैले तीनवटा स्क्रिप्ट लेखिसकेकी छिन् । ‘मिस यू’ अभिनेत्रीले आफैद्धारा लिखित स्क्रिप्टमध्ये एकमा सिनेमा बनाउने भएकी हुन् ।
‘अब म आफै फिल्म डिरेक्सन गर्छु’ निर्माणाधिन सिनेमा ‘छड्के’मा व्यस्त अभिनेत्रीले भनिन्, ‘तीनवटा स्क्रिप्ट पनि लेखि भ्याएकी छु, कुनै राम्रो कथा छानेर सिनेमा बनाउँछु ।’ तीनवटा सिनेमा खेलेर निर्देशनको मोह राखेकी नम्रताले एक्टिङ करियरलाई पनि सँगै अगाडि बढाउनेछिन् । ‘छड्के’मा आफूले गर्ने एक्सन भूमिकाले सिनेमा निर्देशन गर्न प्रशस्त ऊर्जा थप्ने नम्रता बताउँछिन् । डनको कथा ‘छड्के’मा नम्रता लडाकु केटीको भूमिकामा छिन् ।
‘मिस यू’बारे मौन
प्रदर्शन भैरहेको आफ्नो तेस्रो सिनेमा ‘मिस यू’बारे नम्रताले मिडियासँग कुनै टिप्पणी गरेकी छैनन् । ‘डबल बडी’लाई लिएर उत्पन्न विवादपछि उनले सिनेमाको प्रमोसनमा पनि सहभागिता जनाएकी थिइनन् । उनी बिनै सिनेमाका निर्देशक सुरेशदर्पण पोखरेल र निर्माता तथा अभिनेता दिलिप रायमाझी यतिबेला देश दौडाहामा छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out