नम्रता साइवर क्राइमकी शिकार

नेपाली अभिनेत्री नम्रता श्रेष्ठ साइवर क्राइमको शिकार भएकी छिन् । साइवर अपराधीहरूले नम्रताको नाममा दुईवटा पोर्न (अश्लिल फिल्म) वेभसाइट संचालनमा ल्याएका छन् । अमेरिकास्थित नेपालीटिभी सो डटकमले यो समाचारको खुलासा गरेको हो । डेढवर्षपछिको कमब्याक सिनेमा ‘मिस यू’ प्रदर्शन भैरहँदा नम्रताबारेको पोर्न भिडियो वेभसाइट संचालनमा आएको उक्त समाचारमा जनाइएको छ ।
नम्रताको नामबाट डटकम र डटनेट एड्रेसमा साइट संचालन गरिएको हो । जहाँ उनका सेक्सटेप र अन्य अश्लिल फिल्म समेटिएको छ । डट नेट नामक पोर्टल सन् २०१० को डिसेम्बर २६ देखि संचालनमा ल्याइएको देखिएको छ । दुईवर्षका लागि ल्याइएकाले २०१२ डिसेम्बर २६ मा मात्र वेभसाइटको डेट एक्सपाएर हुने देखिन्छ । डोमेन लिने व्यक्तिले अष्ट्रेलियाको नक्कली ठेगाना लिएपनि जर्मनीबाटै डोमेन र होस्टिङ भैरहेको खुलासा पनि टिभीसोले गरेको छ ।
डटकम पोर्टलको होस्टिङ अमेरिका र सर्भर लोकेसन क्यानडामा रहेको देखिन्छ । तर, यी वेभसाइट बन्द गराउन स्वयम नम्रताले कुनै पहलकदमी लिएकी छैनन् । चाहेमा उनले उजुरी गरेर पहल लिन सक्थिन् तर वास्ता गएको छैन । न्यूयोर्कका नेपाली कानुन व्यावसायी डिल्ली भट्टले आइक्यान वा डोमेन लिएको कम्पनीमार्फत साइट बन्द गराउन सकिने बताए । ‘उजुरी दिएर वेभसाइट बन्द गराउन सकिन्छ’ उनले भने । नम्रताले यसका लागि पहल गर्ने हो भने भविष्यमा कुनै अपराधीहरूले अरुको नाममा नक्कली वेभसाइट खोल्ने काममा दुरुत्साहित हुनेछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out