दबङ्ग २ को सुटिङ पूर्व नै कीर्तिमान

मुम्बई, फागुन १५ (एजेन्सी)- सलमान खानले आफ्नो पारिश्रमिक बढाए पनि गत वर्षको उनको सुपर हिट चलचित्र दबङ्गको सिक्वलको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। दबङ्ग २ को सुटिङ पनि सुरु भएको छैन, तर अहिले नै स्टार नेटवर्कले आगामी ११ वर्षका लागि यसको स्याटेलाइट राइट्स लगभग ७८ करोड रुपैयाँ (साढे ४८ करोड भारु)मा खरिद गरिसकेको छ।
यसरी दबङ्ग २ ले सुटिङ सुरु हुनुअघि नै कीर्तिमान बनाएको छ। उता चलचित्रको म्युजिकराइट्स टि सिरिजले १६ करोड रुपैयाँ (१० करोड भारु)मा खरिद गरिसकेको बताइएको छ। स्टार गोल्डका वरिष्ठ उपाध्यक्ष हेमल झावेरीले उक्त कुराको पुष्टि गरेका छन्। तर उनले कतिमा डिल भएको बताउन चाहेनन्।
दबङ्ग २ आगामी वर्ष क्रिसमसमा प्रदर्शन हुने भएको छ। बक्स अफिसमा कीर्तिमानकै शैलीमा सलमानको सेटेलाइट रेटिङ पनि उस्तै वेजोड रहेको छ। ऋतिक रोसनको क्रिस, र शाहरुख खानको डन २ का लागि सोनीले ५८ करोड ७९ लाख रुपैया (लगभग ३७ करोड ३७ लाख भारु) दिनु परेको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out