प्राकृतिक गर्भनिरोधक ढुक्क बन्ने स्थिति हुन्न

काठमाडौ, फाल्गुन ६ - स्खलन हुनुअगावै बाहिर वीर्यपात गरेर प्राकृतिक परिवार नियोजनको विधि अपनाउने धेरैजसो नेपाली दम्पती गर्भपात गराउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् । विदड्रल समेत भनिने प्राकृतिक परिवार नियोजनको यो विधिअन्तर्गत पुरुषले आफू उत्तेजनाको चरम सीमामा पुग्नुअघि नै योनिबाहिर वीर्यपात गर्ने गर्छन् ।
'बाहिर स्खलन गर्नु नेपालमा बढी चलनचल्तीमा रहेको प्राकृतिक परिवार नियोजनको साधन हो,' वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, 'तर दुःखद् कुरा, सबैभन्दा बढी विफलताको दर यही प्रक्रियामा देख्न पाइन्छ ।'
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विकासोन्मुख राष्ट्रका करिब २० करोड दम्पती बच्चा जन्माउन ढिलो गर्दा वा रुचि नहुँदा पनि गर्भधारण रोक्ने भरपर्दो उपाय गर्दैनन् । परिवार नियोजनले असुरक्षित गर्भपतनलाई समेत रोक्छ । विदड्रल परिवार नियोजनको अति कम प्रभावकारी तरिका हो किनभने लिंग बाहिर निकाल्ने उपयुक्त समयको निर्धारण गर्नु अत्यन्त मुस्किलको कुरा हो । गर्भपतन गराउन खोज्ने धेरैजसो महिला बालबालिका भइसकेका र पुरुषद्वारा अपनाइने विदड्रल प्रक्रियाले गर्दा गर्भवती हुने गरेको डा. रिजाल बताउँछन् ।

यो गर्भनिरोधको धेरै जोखिमपूर्ण विधि हो । रिजालका अनुसार अधिकांश मामिलामा अन्तिम स्खलन हुनुअगावै वीर्य चुहावट भइसकेको हुन्छ, जुन गर्भधारणको कारण बन्छ । यति मात्र नभई, लिंग उत्थान हुँदा नै अलिकति शुक्रकीट निस्कन सक्छ र त्यो पनि गर्भधारण गराउन पर्याप्त हुन्छ ।

'विदड्रल प्रक्रियामा गर्भधारणको जोखिम सबैभन्दा बढी मात्र हुन्न, हाम्रो प्राक्टिसमा यस्ता प्रक्रियाद्वारा गर्भवती भएपछि गर्भपातको शरणमा पुग्ने बाध्यतामा पर्ने महिला धेरै छन्,' परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. शिला बर्मा भन्छिन्, 'हामी यो प्रक्रियामा भर पर्ने सल्लाह कसैलाई दिँदैनौं ।'

विदड्रल प्रक्रिया अपनाउने दम्पती वा यौन साथीहरूबीच सन्तुष्टि सम्बन्धीसमेत मिश्रति प्रतिक्रिया देखिएको छ । यस्तो प्रतिक्रिया भने महिला र पुरुष दुवैतर्फको छ । डा. रिजालका अनुसार, कुनै बाध्यताका कारण यो प्रक्रिया अपनाउने दम्पतीहरूमा यौन असन्तुष्टि बढी पाउने गरिएको छ । विदड्रल प्रक्रियामा यौनरोग सर्ने जोखिम समेत रहेको उल्लेख गर्दै उनी भन्छन्, 'पूर्ण सन्तुष्टि नपाउनु, गर्भधारण हुनु, यौनरोग सर्ने जोखिम हुनु आदि समस्याले गर्दा गर्भनिरोधको लागि सकेसम्म यो प्रक्रिया नअपनाउनु नै पूर्ण सुरक्षित हुनु हो ।'

प्राकृतिक गर्भनिरोधक अन्तर्गत नै बालबालिकालाई स्तनपान गराउँदासम्म गर्भधारण नहुने मान्यता समेत समाजमा छ । बालबालिकाको जन्मपछि महिलामा महिनावारी र अन्डा निष्कासनको प्रक्रिया आरम्भ हुन केही समय लाग्छ । कतिपय महिलामा अझ ढिलो पनि हुन्छ । महिनावारी नहुँदा स्तनपानको यो समयलाई लेक्टेसन अमेनोरिया भनिन्छ । जबसम्म महिलाले शिशुलाई बाहिरी आहार नदिई शिशुको मागअनुसार रातदिन स्तनपान गराउँछन्, लेक्टेसन अमेनोरिया लामो समयसम्म चल्छ । डा. बर्माका अनुसार लेक्टेसन अमेनोरियाका बेला गर्भधारणको सम्भावना कम रहे पनि महिनावारीभन्दा अघि नै अन्डा बन्न थाल्ने भएकोले महिनावारी नहुँदा पनि गर्भधारण हुन सक्ने सम्भावना हुन्छ ।

महिलामा प्राकृतिक गर्भनिरोध प्रणाली अन्तर्गत महिनावारीको चक्रमा हुने उर्वरक अवधिमा उनीहरू यौनसम्बन्ध राख्दैनन् । महिलाको अन्डा निष्कासन र त्यसभन्दा केही दिनअघिको अवधिलाई उर्वरक काल मानिन्छ । यो सामान्यतः रक्तस्राव सुरु हुनुभन्दा १४ दिनअघि हुन्छ । यसलाई रिदम प्रणाली भनिन्छ ।
महिनावारी सुरु हुनुभन्दा करिब १४ दिनअघि महिलाले अन्डा विसर्जन गर्छन् । यही मान्यताका आधारमा रिदम प्रणालीमा महिलाहरूले महिनावारीको पहिलो दिनदेखि १४ दिनसम्मको समय गन्ती गरून् भन्ने अपेक्षा गरिन्छ । 'यो अवधिमा महिला या शारीरिक सम्पर्कबाट बच्नुपर्छ वा गर्भधारण नगर्न कन्डम जस्तो कुनै विधिको उपयोग गर्नुपर्छ,' डा.बर्मा भन्छिन्, 'यो विधि पनि भरपर्दो छैन, अनियमित महिनावारी हुने, लामो महिनावारी हुने जस्ता थुप्रै कारणले यसमा भर पर्न गार्‍हो पर्छ ।'

रिदम प्रणालीको असफलताको दरसमेत उच्च रहेको उल्लेख गर्दै डा. रिजाल भन्छन्, 'सामान्य महिलामा महिनावारी भएको १४ देखि १८ दिनसम्म अन्डा निष्कासन हुन्छ । सामान्य चक्र रहेकाा महिलामा यो सम्भव देखिए पनि सबैका लागि भने यसै भन्न गार्‍हो नै छ ।' यो प्रक्रिया अन्तर्गत सबैभन्दा बढी अप्ठ्यारो छोटो महिनावारी समय वा ढिलो गरी महिनावारी हुनेहरूलाई हुन्छ । यो क्यालेन्डेर जारी राख्दा समेत असफलता दर उच्च रहेको उल्लेख गर्दै रिजाल भन्छन्, 'कतिलाई महिनावारी भएको पाँच/छ दिनमा र कतिलाई चौबीस/पच्चीस दिनमा समेत गर्भवती भएको पाएका छौं ।' जुन महिलाको महिनावारी चक्रमा अनियमितता हुन्छ वा जसको चक्र हरेक महिना समान दिन हुँदैन, उनीहरूले रिदम प्रणालीमा ढुक्क

पर्नु हुन्न । पाठेघरको मुखको स्रावको बाक्लोपना परीक्षण गरेर समेत प्राकृतिक गर्भनिरोधको विधि चलनचल्तीमा छ । यो विधिअन्तर्गत अन्डा निष्कासनको समय वा यसको नजिकको समयमा पाठेघरबाट निस्किने स्राव -म्युकस) पातलो र टाँसिने हुन्छ । यसैले यदि तपाई गर्भधारण गर्न रुचाउनुहुन्न भने चिप्लो स्राव निस्केका बेला शारीरिक सम्पर्क नगर्नुस् । स्राव बन्द भएको दुई दिनसम्म पनि यौनसम्पर्क बन्दै राख्नुस् । यो विधिअन्तर्गत औंला वा ट्वाइलेट पेवरबाट योनिस्रावलाई परीक्षण गर्न सकिन्छ । यो स्रावको घनत्व हेर्नुपर्छ र यसलाई दुई औंलाले थिचेर समेत चिप्लोपन थाहा पाउन सकिन्छ । तर यो पनि भरपर्दो उपाय होइन । 'स्राव कति दिन हुन्छ भन्ने थाहा पाउन अप्ठ्यारो छ,' डा. रिजाल भन्छन्, 'यसबारे स्त्री रोग विशेषज्ञहरूलाई समेत ज्ञान हुँदैन भने सामान्य युवती र महिलाले के गर्न सक्छन् ?'

यस्तै, बेसल बडी टेम्परेचर
-बिबिटी) प्रक्रिया समेत प्राकृतिक गर्भनिरोधका लागि अपनाउने गरिएको छ । अन्डा बाहिर निस्किने बेला महिलाको शरीरको तापक्रम आधादेखि एक डिग्री सेन्टिग्रेडसम्म बढ्छ । यस अन्तर्गत कम्तीमा तीन दिनसम्म तापक्रम निरन्तर बढे अन्डा निस्किसकेको ठानिन्छ । यस्तो बेला, मासिक चक्रको बाँकी भागमा यौनसम्पर्क राख्नाले गर्भधारण रहँदैन ।
'शरीरको सामान्य तापक्रमभन्दा एक डिग्री बढ्नु अन्डा निस्केको बेलासँग सम्बन्धित छ,' डा. रिजाल भन्छन्, 'यो प्रक्रिया अपनाउनुसमेत सर्वसाधारणको वश बाहिरको कुरा
हो ।' अचेल सन्तान नहुनेले यो प्रक्रिया उपयोग गरेर अन्डा निस्केको दिन निरन्तर सम्पर्क राखेर गर्भधारण गर्ने बढी मौका पाउने गरेका छन् । यो उपाय परिवार नियोजनका लागि भने नेपालमा खासै उपयोग गरिँदैन । बिबिटी प्रक्रिया अन्तर्गत हरेक बिहान उठेलगत्तै महिलाले आफ्नो शरीरको तापक्रम नोट गरेर चार्ट बनाउनुपर्छ । यो चार्टले जुन समय शरीरको तापक्रम बढेको देखाउँछ त्यो दिनसहित आगामी सात दिनसम्म सम्पर्क गर्दा गर्भधारण हुने सम्भावना नरहने मान्यता छ ।

महिलाले उपयोग गर्ने अर्को प्राकृतिक विधि स्टान्डर्ड डेज मेथड -एसडिएम) समेत हो । यसमा पारम्परिक प्रणाली र दानाको चक्र (बिड साइकल) गरी दुई प्रणाली उपयोग गरिन्छ । पारम्परिक प्रणाली अन्तर्गत महिनावारी चक्रलाई गन्दै ८ देखि १९ दिन कहिले रहेको सुनिश्चित गर्नुपर्छ । महिनावारीको पहिलो दिन नै चक्रको पहिलो दिन हुन्छ । यस प्रणालीको मान्यता अनुसार १ र ७ दिनबीच गर्भधारणको सम्भावना

हुँदैन । यस्तै, आठौं दिनदेखि उन्नाइसौं दिनसम्म पूर्ण उर्वर समय हुन्छ । यसैले यो समय या सम्पर्क गर्नु हुन्न या त गरे पनि कन्डम उपयोग गर्नुपर्छ । बीसौं दिनदेखि बत्तीसौं दिनसम्म पुनः गर्भधारणको सम्भावना नहुने भएकोले सम्पर्क गर्न सकिन्छ । एसडिएमको उपयोग गर्ने महिलाको महिनावारी भने नियमित हुनुपर्छ । महिनावारीको चक्र २६ दिनभन्दा कम वा ३२ दिनभन्दा लामो छ भने एसडिएमको असर कम हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out