हलिउडका १० उत्कृष्ट जोडी

हलिउडमा वर्षेनी थुप्रै जोडी बन्छन् अनि टुक्रन्छन्। पाश्चात्य मुलुकमा विवाह गरेर घरजम गर्ने चलन कमै भएकाले पनि प्रायः जोडा-जोडीहरू कम समयका लागि मात्र बाँधिन्छन् अनि सानो असमझदारीले त्यो जोडीको सम्बन्ध बिग्रन्छ। वर्ष-२०११ को अन्त्यमा अमेरिकामा गरिएको एउटा अध्ययनले पछिल्लो समयका १० उत्कृष्ट जोडीको विवरण सार्वजनिक गरिएको छ।

सेलेना गोमेज र जस्टिन बिबर
गायक जस्टिन बिबर तथा गायिका/नायिका सेलेना गोमेजको जोडीलाई अहिले हलिउडकै सबैभन्दा चर्चित जोडी मानिएको छ। लाखौं स्रोताका प्रिय गायक जस्टिन तथा अभिनय र गायनमा व्यस्त सेलेनाको जोडीलाई उत्कृष्ट मान्नेहरू धेरै छन्। उनीहरूको डेटिङ तथा माया प्रेमका समाचार तथा तस्बिरहरू बारम्बार प्रकाशित भैरहन्छन्। उनीहरूलाई हलिउडकै सबैभन्दा कान्छो रोमान्टिक जोडीका रूपमा समेत चित्रण गरिएको छ।

केट मिडल्टन र प्रिन्स विलियम
बेलायती राजकुमार प्रिन्स विलियम तथा उनकी प्रेमिका केट मिडल्टनको विवाहलाई शताब्दीकै भव्य विवाहका रूपमा चित्रण गरिएको छ। उनीहरूले गत वर्ष विवाह गरेका हुन्। विलियमले लामो समयदेखिकी प्रेमिका केटलाई दुलही बनाएर दरबार भित्राएकी हुन्। 'द रोयल वेडिङ' का रूपमा उनीहरूको वैवाहिक समारोहलाई विश्वभरिका टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए। विवाहपछि उनीहरूले गरेको क्यानडा तथा क्यालिफोर्नियाको भ्रमणले पनि विश्वभरिका सञ्चारमाध्यममा राम्रो स्थान पाएको थियो। उनीहरूको जोडी वर्ष-२०११ कै सर्वाधिक सफल तथा लोकप्रिय जोडीका रूपमा चित्रण गरिएको हो।

बियोन्से र जे-जेड
गायिका बियोन्से तथा गायक जे-जेडको जोडी हलिउडमै उदाहरणीय छ। उनीहरू सांगीतिक कार्यक्रमका क्रममै करिब १० वर्षअघि भेटिएका हुन्। सन् २००२ देखि नै उनीहरू डेटिङ गएका थिए। उनीहरूले करिव ६ वर्षसम्म एकअर्काको सम्बन्धलाई प्रेमि-प्रेमिकाकै रूपमा सीमित राखे। सन् २००८ को अप्रिल ४ मा उनीहरू वैवाहिक जीवनमा बाँधिएका हुन्। विवाह गर्नुअघि नै सन् २००६ मा उनीहरूको जोडीलाई टाइम पत्रिकाले उत्कृष्ट जोडीको सूचीमा समावेश गरेको थियो। पछिल्लो समयमा बियोन्से आमा बन्ने खबर पनि सार्वजनिक भैरहेको छ।

भिक्टोरिया र डेविड बेकहृयाम
चर्चित फुटबल खेलाडी डेविड बेकह्याम तथा उनकी फेसन डिजाइनर श्रीमती भिक्टोरिया बेकह्यामको जोडीलाई 'सदावहार तातो विवाहित जोडी' को उपमा दिइएको छ। लामो समयदेखि उनीहरूको वैवाहिक जीवन सुखमय छ। वर्ष-२०११ मा उनीहरूले छोरी जन्माए। यसअघि उनीहरूका तीन छोरा थिए। डेबिड चाँडै नै हलिउडका चलचित्रमा नायकका रूपमा प्रस्तुत हुँदैछन् भने भिक्टोरिया पनि आफ्नो फेसन डिजाइनिङ करियरमा स्थापित भैसकेकी छिन्।

स्टासी केब्लर र जर्ज क्लोनी
हलिउड नायिका तथा मोडल स्टासी केब्लर यतिबेला आफूभन्दा १८ वर्ष बढी उमेरका नायक तथा निर्देशक जर्ज क्लोनीसँग रोमान्स गरिरहेकी छिन्। क्लोनीले विगतमै विवाह गरेर आफ्नी  श्रीमतीसँग डिभोर्स गरिसकेका छन् भने यसअघि केही खेलाडीसँग नाम जोडिएकी केब्लर पनि अहिले अनुभव चलचित्रकर्मी क्लोनीसँग डेटिङ गर्न पाउँदा खुसी छिन्।

निक्की रीड र पउल म्याकडोनाल्ड
अमेरिकी गायक पउल म्याकडोनाल्ड तथा नायिका निक्की रिडको पहिलो भेट सन् २०११ को मार्च महिनामा भएको हो। एउटा चलचित्रको रेड कार्पेट समारोहमा भेटिएदेखि नै उनीहरू एक-अर्काको नजिक आए। उनीहरूको पहिलो भेटलाई अमेरिकन आइडल कार्यक्रममा समेत प्रसारण गरिएको थियो। पउल अमेरिकन आइडल सिजन १० का एक प्रतियोगी पनि हुन्। पहिलो भेटपछि नै उनीहरू डेटिङ जान थाले। डेटिङ जान थालेको केही दिनमै उनीहरूसँगै बस्न थाले। सन् २०११ को जून ५ मा रीडले पउलद्वारा दिइएको इन्गेज्मेन्ट रिङ लगाएकी थिइन्। जुनकै अन्त्यमा उनीहरूले इन्गेजमेन्ट गरे। अक्टुबर १६, २०११ मा उनीहरूले विवाह नै गरे।

ब्राड पिट र एञ्जेलिना जोली 
हलिउड नायक ब्राड पिट तथा नायिका एञ्जेलिना जोलीको जोडीलाई आदर्श मान्नेहरू धेरै छन्। उनीहरू लामो समयदेखि सँगै बस्छन्। तर रमाइलो कुरा के छ भने उनीहरूले अहिलेसम्म विवाह गरेका छैनन्। हालसम्म लिभिङ टुगेदरमै रहेको यो जोडीले अब भने विवाह गर्ने निर्णय गरेको छ। उनीहरूले आफ्ना सन्तानका लागि भए पनि विवाह गर्नै पर्ने निर्णयमा पुगेका हुन्। उनीहरूले सन्तान जन्माउन विवाह गर्ने निर्णय भने गरेका होइनन्, एडप्ट गरिएका तथा आफैंले पाएका सन्तानको हेरचाह एवं रेखदेख गर्न उनीहरूले विवाह गर्ने निर्णय गरेका हुन्। उनीहरू विगत ६ वर्षदेखि सँगै बस्दै आएका छन्।

र्‌याचल विज र डेनियल क्रेग
जेम्स बोण्डका पछिल्ला चलचित्रमा अभिनय गरेर चर्चामा आएका डेनियल क्रेग तथा 'द मम्मी' की नायिका र्‍याचल विज हलिउडमा सुखद दम्पत्तीका रूपमा चिनिन्छन्। बेलायती चलचित्रबाट करियर प्रारम्भ गरेका क्रेग तथा बेलायतमै जन्मिएकी र्‍याचलको पहिलो डेटिङ सन् २०१० को डिसेम्बर महिनामा भएको थियो। उनीहरूले सन् २०११ को जून २२ का दिन विवाह गरेका हुन्। रमाइलो कुरा के छ भने यी दुबैको वैवाहिक समारोहमा र्‍याचलका पूर्व श्रीमान्तर्फका छोरा तथा क्रेगकी पूर्वश्रीमतीको तर्फबाट जन्मिएकी छोरी पनि उपस्थित थिए। हालै मात्र उनीहरूले न्युयोर्कमा एउटा भव्य घर किनेका छन्।

जेनिफर एनिस्टन र जस्टिन थेरोक्स
कुनै बेला हलिउड नायक ब्राड पिटसँग प्रेम गरेर चर्चामा आएकी नायिका जेनिफर एनिस्टन यतिबेला अर्का नायक जस्टिन थेरोक्ससंग नजिक छिन्। उनीहरूबीच सन् २०११ को मे महिनादेखि प्रेम सम्बन्ध स्थापित भएको हो। उनीहरू अहिले न्यूयोर्क सिटीमा बसोबास गर्छन्। एक अर्कालाई मन पराएर सँगै बस्न थाले पनि उनीहरूले अहिलेसम्म विवाह गरिसकेका छैनन्।

इम्मा स्टोन र एन्ड्रयू गाफिर्ल्ड
केही वर्षअघि प्रदर्शन भएको चलचित्र 'स्पाइडर म्यान' को यो जोडी त्यही चलचित्रको छायांकनदेखि नै एकअर्कासँग नजिकिएको बताइन्छ। यो जोडीले आफ्नो सम्बन्ध तथा प्रेम जीवनलाई प्रायः गोप्य नै राख्न चाहेको छ। दुवैले आफ्नो सम्बन्धलाई लामो समयसम्म चल्नेअघि बताएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out