मन्त्रीले संसद बैठकमै अश्लिल फिल्म हेरेपछि….

बैंङ्गलोर। भारतका तीनजना राज्य मन्त्रीहरूले स्थानीय विधान सभामै अश्लिल फिल्म हेरेकोले उनीहरूमाथि नैतिकताको प्रश्न उठेको भन्दै आज राजिनामा दिएका छन् ।
एक अश्लिल भिडियो हेरेको आरोप उनीहरूलाई लागेपछि ती मन्त्रीले आज आफ्नो पदबाट राजिनामा दिएका समाचारमा जनाइएको छ । स्थानीय विधानसभामै उनीहरूले यस्तो भिडियो हेरेको आरोप उनीहरूमाथि लागेको थियो ।
दक्षिण भारतका तीन मन्त्रीमा एकजना बालबालिका तथा महिला राज्य मन्त्री रहेका थिए । ती मन्त्रीले स्थानीय विधान सभामा एक विधेयकमाथि छलफल भइरहेका बेला आफ्नो मोबाइलमा राखेर त्यस्तो अश्लिल दृश्य हेरेका थिए ।राजिनामा दिने एकजना बालबालिकासम्बन्धी मन्त्रीमा भारतीय जनता पार्टीका रहेका थिए।
त्यसैगरी यसरी राजिनमा दिनेमा कर्नाटकाका महिला तथा बालविकाससम्बन्धी मन्त्री सि सि पाटील र कृषि तथा माछापालनसम्बन्धी मन्त्री कृष्ण पालेमार पनि रहेका छन् ।
ती मन्त्री लक्षमण सवादीले आज भने– हाम्रो पार्टीका अन्य साथीहरूको मनोबलमा कुनै धक्का नपुगोस् र प्रतिपक्षी दलका साथीहरूले पनि विधान सभा आरुद्ध गर्न नपाउन् भने हामीले राजिनामा दिएका छौँ ।
ती मन्त्रीले आ आफ्नो मोबाइलमा जोडेको सो भिडियोमा नग्न अवस्थामा महिलाले नृत्य गरेको तथा यौन सम्पर्कसम्बन्धी क्रियाकलाप गरिरहेका दृश्य बैठककै समयमा हेरिरेहेको समाचारसहितका क्लिप्स एक स्थानीय टिभीले प्रशारण गरेको थियो ।
सभाहलभित्रै यस्तो दुश्य हेरिरहेको समाचार सो टेलिभिजनले प्रशारण गरेपछि ती मन्त्रीहरूमा नैतिकताको प्रश्न व्यापक मात्रामा उठेको थियो ।
सो बैठकमा ती मन्त्रीले एक आपसमा आ– आफ्ना मोबाइल फोन आदान प्रदान गरेर हेरेका थिए । सो दृश्यलाई पनि टिभीले प्रशारण गरिएको थियो ।
तर ती मन्त्रीहरूले भने आफूहरूले सो दृश्य नहेरेको दाबी गरेका छन् । यसलाई प्रतिपक्षीले नैतिकताको प्रश्नसँग जोडेका थिए । एएफपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out