नाजायज अफर कति आउँछन् कति

हिजोआज केमा व्यस्त?
म्युजिक भिडियोमा। राजेश पायल राई र यम बरालका गीतका भिडियोको काम भर्खरै सकेँ। जोमसोमतिर सुटिङ हुने केही म्युजिक भिडियोका प्रस्ताव आइरहेका छन्।
फिल्म कतिवटा खेलियो?
रिलिज भएका र नभएका गरी आधा दर्जनभन्दा बढी।
केही फिल्ममा आइटम डान्स पनि गरियो क्यारे, होइन?
अँ गरेँ। 'थ्री लभर्स' र 'मिसन पैसा रिलोडेड'मा।
नयाँ फिल्म पनि हात पारियो कि?
फिल्म 'मेरो भ्यालेन्टाइन'मा काम गर्दैछु। केही नेपाली र एउटा भोजपुरी फिल्ममा कुरा भइरहेको छ।
फिल्मको अफरसँगै 'अन्य' अनावश्यक अफर पनि त आउलान्?
मलाई सिधै 'अन्य' अफर त कसैले गरेको छैन। तर, कति फिल्ममा फोनमा प्रस्ताव आएर बाटोमै हराउने कारण चाहिँ त्यही होला भन्ने अनुभव गरेकी छु। 'मेरो फिल्ममा काम गर्छौं?' भनेर सोध्नेमध्ये केहीले बेला न कुबेला फोन गर्ने, ताई न तुईका सम्बोधन (बाबा, कालु, नानुजस्ता) गर्ने र ठाउँ न कुठाउँ भेट्न बोलाउने गरेका छन्। म तिनलाई बालै दिन्नँ।
नेपाली फिल्ममा टिक्न निर्माता या निर्देशकका त्यस्ता प्रस्तावलाई स्वीकार गरिन्छ रे नि?
त्यो समय अब गइसक्यो। त्यसरी फिल्म बनाउनेका दिन पनि गए। व्यावसायिक निर्माता र निर्देशक आइरहेकाले अब त्यस्ता झुर तिकडमका अर्थ छैनन्।
अभिनयकै बलमा हिरोइनका रूपमा टिक्न सकिन्छ र नेपालमा?
म फिल्म क्षेत्रमा आएको जम्मा दुई वर्ष भयो। फिल्मकै कमाइले अहिलेसम्म बाँच्न सकेकी छैन। तर, अबका हिरोइनले फिल्ममा काम गरेर बाँच्ने दिन आउँछजस्तो लाग्छ।

फिल्मको कमाइले बाँच्न सकिएन भने?
अझै दुईवर्षसम्म यही क्षेत्रमा स्ट्रगल गर्छु। त्यतिन्जेलसम्म यो क्षेत्रमा टिक्न सक्ने या नसक्ने थाहा भइहाल्छ। त्यतिबेलासम्म मेरो पढाइ पनि पूरा हुन्छ। फिल्म टिक्न नसके जब या व्यवसाय गर्छु।
भ्यालेन्टाइन्स डेको योजना?
कुनै योजना छैन। काम भएन भने मोबाइल अफ गरेर दिनभरि सुत्छु होला।
भ्यालेन्टाइन रिसाउलान् नि?
भए पो रिसाउनु? बरु फोन र एसएमएस गरेर दिक्क बनाउँलान् भन्ने पीर छ। त्यसैले मोबाइल अफ गर्छु।
तपाईँलाई नै मन पर्नेको प्रस्ताव पनि आउन सक्छ नि?
मलाई मन पर्नेको अहिले नआओस्। किनभने आगामी दुई वर्षसम्म मेरो भ्यालेन्टाइन बनाउने योजना छैन। त्यसपछि योग्य व्यक्तिको चकलेट र रातो गुलाब स्विकार्न मलाई आपत्ति छैन।
योग्य व्यक्ति खास योग्यता के के हुनपर्छ?
पहिले गुलाब दिएर पछि पकेटमनी मसँगै माग्ने खालको नहोस्।
आजको जमानामा साँचो प्रेम भन्ने कुरा होला?
पहिले त हुन्थ्यो। अहिले प्रेम फेसन भइसकेको छ। त्यसैले साँचो प्रेममा विश्वास गर्न गाह्रो छ।
कहिल्यै कसैलाई प्रेमै गरिएन त?
कलेज पढ्दै गर्दा एकजना मेरो पछि हत्ते हालेर लागेको थियो। उसको प्रेम र स्ट्रगल देखेर मेरो मनमा पनि ऊप्रति प्रेम टुसाएको थियो। तर, एक्कासि उसको व्यवहार बदलियो। त्यस दिनदेखि प्रेमप्रतिको विश्वास कमजोर भयो।
प्रेममा सेक्स कत्तिको जायज हुन्छ?
सेक्स बायालोजिकल निड भएकाले यसलाई नकार्न सकिन्न। तर, प्रेममा यौन जरुरी नै हुन्छ भन्ने छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out