मैना सुनुवारका नाममा माताको मस्ती

८ फागुन, काठमाण्डौ । धन, बैभव र बिदेशीको संगतले मानिसलाई कहाँबाट कहाँ पुर्‍याउँछ भन्ने कुराको पछिल्लो उदाहरण बनेकी छन माओवादी शसस्त्र युद्धकालमा मारिएर सवैभन्दा बढि चर्चामा रहेकी किशोरी मैना सुनुवारकी आमा ।
छोरी मैनाका हत्याराले सजायँ पाइनसक्दै आमा देवी सुनुवार भने आफुभन्दा कान्छो केटालाई नयाँ पति बनाएर अलप भएकी छन् ।
छोरीका हत्यारालाई कारवाही गराएरमात्र गाउँ फर्किन्छु भन्दै आठ बर्षअघि काभ्रेको खरेलथोकबाट काठमाण्डौं छिरेकी देवी ४६ बर्षको उमेरमा नयाँ पति लिएर गाउँ फर्किएपछि गाउँलेहरु जिब्रो टोक्न थालेको सोमबारको साँघु साप्ताहिले छापेको छ ।

काभ्रेको पाँचखालस्थित आर्मी ब्यारेकमा सेनाको चरम यातनापछि ज्यान गुमाएकी मैना सुनुवार माओवादी जनयुद्धमा ज्यान गुमाउनेकी प्रतिनिधिमात्र हुन् । उनलाई न्याय दिलाउन लागेका एनजिओहरुले मैनाका नाममा करोडौं रुपैयाँ बगाए र देवीलाई पनि देश बिदेशको यात्रा गराए । उनी मैनाकै नाममा बनेको चलचित्रमा खेलिन, बिदेशीहरुसँग पनि सम्बन्ध बाक्लिदै गयो । यही क्रममा काभ्रेको तिमाल गाविसका कुमार खरेल नामका मानिससँग उनको उठवस भएको र बिबाहसमेत भएको अहिले आएर खुलेको छ ।
छोरीलाई न्याय दिलाउन भन्दै श्रीमति शहरतिर बस्ने र लवाई खवाई पनि परिवर्तन भएपछि उनका श्रीमान बिरक्तिएका थिए । त्यही क्रममा केही बर्षअघि उनका श्रीमान पूर्ण सुनुवारको मृत्यु भएको र त्यसमा देवीले शोक समेत नमनाएको पत्रिकाले छापेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out