पछुताउनुअघि नै ब्याकअप

सत्य महर्जन- प्रविधिको बढ्दो प्रयोगसँगै कागजी अभिलेख राख्ने चलन हराउँदै गएको छ। कम्प्युटरप्रतिको निर्भरताले कहिलेकाहीँ हामीलाई ठूलो चिन्तासमेत थपिदिन्छ। अत्यन्तै महत्वपूर्ण ठानेर संग्रह गरिएका विवरण कहिलेकाहीँ खोजेको बेला पाइन्न। त्यस्ता विवरण राखिएको 'लोकेसन' बिर्सिएर मात्रै होइन, यस्ता विवरण कम्प्युटरबाटै गायब भएका पनि हुनसक्छन्।
हाम्रै हेलचेक्र्याइँले यस्तो हुन्छ। हतारहतारमा महत्वपूर्ण काम हामी भोलिलाई साँच्छौं। विवरण पूर्ण सुरक्षित नगरी छाड्दा अचानक बत्ती गए वा कुनै कारणले कम्प्युटर बन्द भए, फेरि खुल्दा त्यो हराइसकेको वा बिग्रिएको हुनसक्छ।
डाटा सुरक्षित राख्ने बेला हामी अल्छी पनि गर्छौं। यस्तो बेला लोडसेडिङले कम्प्युटर बन्द वा रिस्टार्ट भए डाटा मेटिइसकेको हुनसक्छ। इन्टरनेट जोडिएको कम्प्युटरमा यो जोखिम झन् बढी हुन्छ। जस्तोसुकै एन्टिभाइरस राखे पनि ह्याकरले नयाँनयाँ ढंगले कम्प्युटर विवरणलाई क्षति पुर्‍याइरहेका हुन्छन्। कम्प्युटरै फर्म्याट गर्नुपर्ने अवस्था आउनसक्छ। यस्तोबेला आफ्ना महŒवपूर्ण विवरण 'ब्याक अप'मा राखिएको छैन भने ती सधैंका लागि नपाइने हुन्छ।
धेरैले ब्याकअप राख्दैनन्। उनीहरूलाई यो कसरी गर्ने भन्ने ज्ञान हुँदैन वा भए पनि फुर्सद हुँदैन। केही भने आफ्नो कम्प्युटर कहिल्यै केही नभएको भ्रममा ब्याकअप जरुरी नै ठान्दैनन्। कम्प्युटर 'क्र्यास' भएपछि मात्रै ब्याकअप राख्न नपाएकोमा थक्थकाउँछन्।
ब्याक अप कसरी राख्ने त?
प्रक्रिया विभिन्न छन्। एक्सटर्नल ड्राइभ, पेन ड्राइभ, सिडी, डिभिडी, जिप ड्राइभ आदिमा डाटा सारेर सुरक्षित गर्न सकिन्छ।
यस्ता उपकरण नभए पनि डाटा सुरक्षित राख्न सकिन्छ। विन्डोज र म्याक कम्प्युटर चलाउनुहुन्छ भने यिनमा डाटा सुरक्षित राख्ने विकल्प हुन्छ। विन्डोजमा हराएका सामग्री खोज्न पहिल्यै विन्डोज 'रिस्टोर प्वाइन्ट' बनाउनुपर्छ। यसो गर्दा जुन रिस्टोर प्वाइन्ट (मिति/समय) राख्नुभएको छ, त्यतिबेलासम्मको सबै विवरण फेला पर्छ।
प्रक्रिया : स्टार्ट, अलप्रोगाम, एसोसरिज, सिस्टम टुल्स हुँदै सिस्टम रिस्टोरमा जानुपर्छ। त्यसपछि रिस्टोर प्वाइन्ट राख्न वा रिस्टोर ब्याकअप गर्न सकिन्छ।
म्याकमा रिस्टोर नभएर 'टाइम मेसिन' हुन्छ। यसमा पनि उही प्रक्रियाबाट ब्याकअप राख्न सकिन्छ।
कम्प्युटरको हार्डड्राइभ बिग्रिने आशंका भए, त्यसलाई अर्को हार्डड्राइभमा क्लोन गर्न सकिन्छ। यसका लागि 'घोस्ट' सफ्टवेयर चाहिन्छ। यो इन्टरनेटमा निःशुल्क पाइन्छ । घोस्ट राखेपछि पुरानो हार्डड्राइभका सामग्रीलाई नयाँ हार्डड्राइभमा तुरुन्तै सार्न सकिन्छ।
इन्टरनेटको सहायताले पनि डाटा सुरक्षित राख्न सकिन्छ। जस्तै- फाइल ट्रान्सफर प्रोटोकल (एफटिपी)। विभिन्न सफ्टवेयर प्रयोग गरी सर्भरबाट एफटिपीका युजरनेम र पासवर्ड लिन सकिन्छ, जसमा डाटा सुरक्षित राख्न सकिन्छ।

ड्रपबक्स
यो डाटा सुरक्षित राख्न सबैभन्दा बढी प्रयोग भएको सफ्टवेयर हो। यो सफ्टवेयरमा दुई जिबीसम्मका डाटा निःशुल्क संग्रह गर्न सकिन्छ। यसरी राखिएको डाटा अरूसँग बाँड्न सकिन्छ। इन्टरनेटमा सिधै ड्रप बक्समा डाटा राख्नुभन्दा सफ्टवेयर आफ्नो कम्प्युटरमा इन्स्टल गरेर राख्दा बढी उपयोगी हुन्छ।
मोजी
यो पनि ड्रप बक्सजस्तै सफ्टवेयर हो। यसमा राखिएको फाइलमा जतिपटक संशोधन र परिवर्तन गर्न सकिन्छ। यसले आफैं अपडेटेट फाइल संग्रह गरिदिन्छ। काम गर्दागर्दै इन्टरनेट डिस्कनेक्ट भए पनि डाटा हराउँदैन, पुनः इन्टरनेट जोडिनेबित्तिकै यसले काम थालिहाल्छ। यसमा पनि दुई जिबीसम्मका फाइल राख्न सकिन्छ।
अलवे सिंक
यो सफ्टवेयरले कम्प्युटरका डाटा जुनसुकै 'लोकेसन' मा तुरुन्तै पठाउन सक्छ। लोकल ड्राइभ, एक्सटर्नल ड्राइभ होस् वा अनलाइन एफटिपीमार्फत् अर्कै सर्भरमा सजिलै डाटा पठाउन सकिन्छ।
क्र्यास प्लान
यसको मद्दतले कम्प्युटरका डाटा घर अथवा साथीको कम्प्युटरमा पनि राख्न सकिन्छ।
ड्राइभम्याक्स
यो सफ्टवेयर राखेपछि विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने ड्राइभरको ब्याकअप यसले आफैं राख्छ। कम्प्युटर फर्म्याट गर्दा यी ड्राइभर सजिलै प्रयोग गर्न सकिन्छ। कुनै नयाँ ड्राइभर आवश्यक पर्ने भए ड्राइभम्याक्सले अनलाइनबाट खोजेर राखिदिन्छ।

फोक्समार्क/एक्स-मार्क
यी सफ्टवेयरले इन्टरनेट एक्सप्लोरर, फायरफक्स, सफारी, गुगल क्रोमजस्ता ब्राउजरको बुकमार्कस् र प्रोफाइल पासवर्डको ब्याकअप राखिदिन्छ।

म्याक्रियम रिफ्लेक्ट फ्रि/घोस्ट
हार्डड्राइभका सामग्री अर्को हार्डड्राइभमा क्लोन गर्न आवश्यक पर्ने सफ्टवेयर हो, म्याक्रियम रिफ्लेक्ट फ्रि र घोस्ट। अघिल्लो इन्टरनेटमा निःशुल्क पाइन्छ भने पछिल्लो किन्नुपर्छ। यी सफ्टवेयरको सहायताले ड्राइभ नै जस्ताको तस्तै अर्कोमा सार्न सकिन्छ।

अनलाइन डाटाको सुरक्षा
इन्टरनेट प्रयोगमा दैनिक अनेकौं व्यक्तिगत जानकारी विभिन्न वेबसाइटमा दिइरहेका हुन्छौं। इमेल, फेसबुक, युट्युब, व्यक्तिगत वेबसाइट, जसको सर्भर कहाँ छ भन्ने थाहा नभए पनि प्रयोग गरिरहेका हुन्छौं।
प्रयोगकर्तालाई थाहै नदिई यस्ता सर्भरले हाम्रा सबै सूचना पढिसकेको हुन्छ। विकिलिक्सले पछिल्लोपटक गरेका खुलासा र गुगल सर्चमा सूचनाको सुरक्षाबारे ठूलै बहस भइरहेको छ। अमेरिकाले मेगा अपलोडजस्ता अनलाइन स्टोरेज सर्भिस त बन्दै गर्ने निर्णय गरेको छ। यसलाई अन्य देशले पनि पछ्याउने तयारी गरिरहेका छन्। त्यसैले सर्भरमा डाटा पठाउँदा थप सुरक्षाका लागि transport layer security अपनाउनुपर्छ। अरूको स्मार्टफोन, आइप्याड, आइफोन, ग्याजेटमा इन्टरनेट चलाउँदा पनि त्यसले जानकारी संग्रह गरिरहेको हुन्छ। यस्ता उपकरणमा इन्टरनेट चलाउँदा कार्यालयको जानकारीसमेत बाहिरिने सम्भावना हुन्छ।
त्यसैले 'डाटा सेभ' जस्ता सफ्टवेयर प्रयोग गर्नुपर्छ। यसमा एकपटक ब्याकअप राखेपछि इन्टरनेट हुनेबित्तिकै उक्त डाटामा भएको थपघटसमेत जोगिन्छ।
कतिबेला ब्याक अप लिने र ब्याकअप राख्न छुटेको जानकारीसमेत यो सफ्टवेयरले इमेलमार्फत् सूचित गर्दछ। यो सफ्टवेयरले डाटाको पूर्ण सुरक्षाका लागि इन्त्रि्कप्नस पद्धति (DES, AES, TwoFish आदि) र 'सेक्युरिटी key' बिना डाटा ओसारपसार गर्न नमिल्ने पद्धति अपनाएको हुन्छ।
Symform र Cleversafe जस्ता कम्पनीले तयार पारेका सफ्टवेयरले भने डाटालाई स-सानो बनाउने प्रविधि अपनाएको हुन्छ। यसले डाटा टुक्र्याइ इन्त्रि्कप्ट बिट थपेर विभिन्न सर्भरमा राखिदिन्छ। सर्भरहरूले इन्त्रि्कप्सन विधि अपनाएका छन् र पासवर्ड जटिल किसिमको राखिएको छ भने डाटा सामान्यतः सुरक्षित नै हुन्छ।
डाटा सेक्युरिटीलाई चार तहमा हेर्न सकिन्छ- डिटेक्ट, प्रोटेक्ट, म्यानेज र सपोर्ट।
१. डिटेक्ट- जबसम्म आफैं डाटा सुरक्षित गर्न सकिन्न, तबसम्म त्यो कहाँ संग्रहित भएको छ थाहा हुँदैन।
२. प्रोटेक्ट- डाटा ट्रान्सफर गर्दा इन्त्रि्कप्सन जरुरी हुन्छ, डाटा अपलोड गर्ने कम्प्युटरमा मालवेयर प्रयोग गर्नुपर्छ।
३. म्यानेज- डाटा सुरक्षित गरेर मात्र हुँदैन, त्यसको उचित व्यवस्थापन पनि जरुरी हुन्छ। ती डाटा क-कसलाई प्रयोग गर्न दिने भन्नेमा पहिलै विचार पुर्‍याउनुपर्छ।
४. सपोर्ट- ब्याकअप राखिएको ठाउँबाट डाटा पुनः प्रयोग गर्दा कसरी लिने भन्नेबारे पहिल्यै जानकारी लिनुपर्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out