लडाकूलाई अधिकतम सेनानी पद मात्रः नेपाली सेना

६ फागुन, काठमाडौं । नेपाली सेनाले माओवादी लडाकूलाई समूहगत समायोजन गर्न नसकिने र अधिकतम सेनानी अर्थात मेजर पद दिने प्रष्ट पारेको छ ।
सेनाले अघि सारेको समायोजन सम्वन्धी प्रस्ताव विवादमा परेपछि सैनिक जनसम्पर्क निर्देशनालयले शनिबार विज्ञप्ती जारी गरि व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्ने लडाकूलाई मात्र समायोजन गर्ने बताएको हो । विज्ञप्तीमा भनिएको छ-’लडाकू समायोजन सामूहिक वा युनिट गत रुपमा नभई व्यक्तिगत रुपमा स्थापित मापदण्डहरु पुरा गर्नेलाई मात्र छनौट गरी समायोजन गरिने स्पष्ट गराईन्छ ।’
सेनाले सातबुँदे सहमति विपरित नयाँ प्रस्ताव बुझाएको भन्ने आरोप पनि अस्वीकार गरेको छ । सातबुँदे सम्झौतामा उल्लेख भए अनुरुप नै सकल दर्जाको वित्तृविकासमा असर नपर्ने गरी बैवाहिक स्थिती, शिक्षा र उमेर बाहेक अन्य सबै सेनाको स्थापित माप दण्ड बमोजिम नै विशेष समितिद्वारा सिफारिस लडाकुहरुलाई बढीमा ६ हजार ५ सयसम्म समायोजन गरिने सेनाले बताएको छ ।
जङ्गी अड्डाले माओवादी लडाकूहरुलाई मेजरभन्दा माथिल्लो दर्जा नदिने पनि प्रष्ट पारेको छ । विज्ञप्तीमा भनिएको छ-’छनौट प्रक्रिया स्थापित माप दण्डहरुमा आधारीत परिक्षाहरु उत्तिर्ण भएपश्चात बढीमा अधिकतम सेनानी अर्थात मेजरबाट तलका विभिन्न दर्जाहरुमा समायोजन हुन सक्नेछन् ।’ उक्त संख्या शुन्य देखि बढिमा केही निश्चित संख्यासम्म हुन आउन सक्ने सेनाले बताएको छ ।
समायोजनमा जाने लडाकूहरुलाई उनीहरुको शिविरमा नभई नजिकका बाहिनी तथा गणहरुमा सेनाको स्थापित मापदण्ड अनुसार छनौट गरी सेनाको विगतमा तालिम दिने तालिम केन्द्र तथा उप केन्द्रहरुमा अन्तराष्ट्रिय माप दण्ड अनुरुप नै सैनिक तालिम प्रदान गरिने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ-’क्यान्टोमेन्टहरुमा तालिम प्रदान गर्ने होइन ।’ समायोजित फौजको तालिम अवधिलाई सम्माननिय प्रधानमन्त्रीकै अनुरोधमा विकल्प सहित तालिम अवधी केही कम गरी योजना रहेको समेत सेनाले बताएको छ ।
सेनाले तयार पारेको महानिर्देशनालयको योजना सेनाको छुट्टै अङ्ग नभई सेनाकै मातहतमा रहने गरी गठन हुने महानिर्देशनालय भएको समेत विज्ञप्तीमा प्रष्ट पारिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out