कोमल भन्छिन 'शंका नगर्नुस म अझै कुमारी नै छु'

गीतमार्फत नै गाँठ र आँट भएको तन्नेरीको खोजी गरिरहेकी गायिका कोमल वलीले आफु अबिबाहितमात्र नभएर कुमारी नै भएको र त्यसमा कुनै शंका नगर्न आग्रह गरेकी छिन् । शुक्रबार साप्ताहिकसँग अन्तरंग कुराकानी गर्दै कोमलले भनेकी छिन-’म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट-कुनै शंका छैन) ।’
आफु कुमारी हो कि हैन भन्ने कुरा नितान्त निजी बिषय भएकाले त्यसबारे धेरै नबोल्ने भन्दै कोमल कुराको बिट मार्न खोज्छिन- ‘कुमारीको सेन्समा मेरो नाम कोमल कुमारी वली हो, म यतिमै सकाउन चाहान्छु ।’
कोमलले आफु अझै बुढी नभएको र तन्नेरी खोज्नु कुनै अनौठो नभएको समेत बताइन् । कोमल भन्छिन- ‘म कहाँ बुढी भएकी छु र ? बुढी हुन त अझै २०/२५ बर्ष लाग्छ ।’
आफुले इन्टर पढ्दा नै साथीहरुको भटाभट बिहे भएको र त्यही बेला आफुलाई पनि बिहे गरेर श्रीमानको हात समातेर हिड्ने रहर लागेको बताउने कोमलले त्यसपछि आफुलाई एउटा केटा मन परेको र बिबाहको कुरा पनि चलेको खुलासा गरेकी छन् । तर बुबाले कोमल वली बन्न चाहान्छौ कि कसैको श्रीमती भएर चिनिन चाहान्छौ भनेर सोधेपछि आफ्नो सोंच परिवर्तन भएको र अहिलेसम्म बिबाह नजुरेको कोमलले बताइन् । त्यसपछि पनि आफुलाई धेरै जना मन परेको तर यत्तिकै टारिदिएको तर बिबाहका बारेमा गम्भीर नभएको कोमल बताउंछिन् ।
हरेक मान्छेको बिबाह हुनुपर्छ नत्र समाज वैरागी हुन्छ भन्ने मान्यता राख्ने कोमलले प्रश्न गरिन- ‘बिहे गर्न केटा पनि चाहियो नी, मैले अहिल्यै बिहे गर्छु भनेर कोसँग गरुँ ?’
नेताहरुसँगको सम्बन्धबारे कोमल खुल्नै चाहिनन् । भन्छिन- ‘यस्ता कुरै नसोध्नुस् ।’ आफुले अहिलेसम्म रक्सी नपिएको दावी गर्दै कोमलले भन्छिन- ‘मैले आजसम्म नखाएको चीज केही छ भने त्यो रक्सी हो ।’
अहिलेसम्म आफुले कसैलाई धोका नदिएको कोमलको जिकिर छ । अनुहारमा खुवै लिपपोत गर्नुहुन्छ कि क्या हो भन्ने प्रश्नमा कोमल भन्छिन- ‘मलाई थाहा छ मेरो शरिरमा कहाँ कहाँ रेखा परिसके । कति हतोत्साहित बनाउनुहुन्छ ?’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out