मोटी हिरोइनहरु समेत चम्किने थालेपछि बलिउडका अभिनेत्रीहरुमा जिरो फिगर बनाउने वा स्लिम बन्ने आकांक्षा टुट्दै गएको छ । सोनाक्षी सिन्हा देखि लिएर विद्या बालन लगायतले जिरो साइज बनाउने चाहना छोडिदिएका छन् । तर आइटम गर्लको नामले चिनिने अभिनेत्री दीपिका पादुकोणलाई भने स्लिम देखिने भूतले अझै छाडेको रहेनछ ।
जिरो फिगरको भूत सबार गरेपछि दीपिकाले जिउ घटाउने नाममा आफूलाई निकै दुब्लो बनाइसकेकी छिन् । हालै एक समारोहमा ब्याकलेस पोजमा देखिएका दीपिका यतिधेरै दुब्लाइछन् की उनका ढाडका हाड छरपस्ट देखिन थालेका छन् ।
कस्मोपोलिटन अवार्ड समारोहमा सेतो गाउमा ढाड नांगै बनाएर गएकी दीपिकाको सुकेको जिउ देख्ने सबैले निधार खुम्च्याए र च्व च्व भन्न बाध्य भए । धेरैको प्रश्न थियो, दीपिकालाई यतिधेरै दुब्लाउन सल्लाह दिने बुज्रुक को रहेछ ? कि बढि सेक्सी देखिने नाउँमा दीपिकाले आफुलाई अस्थिपञ्चर नायिकाको रुपमा परिणत पो गर्न थालेकी हुन् की भन्ने आशंका पनि नगरिएको होइन ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago