क्षमता हुनेले नाजायज सम्झौता गर्नुपर्दैन : नायिका शसी खड्का

कत्तिको राम्री छु जस्तो लाग्छ?
आफैले आफ्नो कसरी मुल्याङ्कन गर्नु? तर, राम्री छु भन्ने महशुस गरेकि छु।
आफ्नो कुन अङ्ग मनपर्छ?
सबैले दाँत र आँखा राम्रो छ भन्छन् त्यही त होला नि!
बाटोमा केटाहरूले कत्तिको जिस्काउँछन्?
त्यसको हिसाब राख्न थाल्यो भने त बाटामा नहिडे पनि हुन्छ।
जिस्क्याउँदा के भन्छन्, याद गरिएको छ?किन नगर्नु नि? गरेकी छु। 'राम्री त छे खाली छ कि छैन', 'वटरफ्लाई, 'प्रिन्सेज' आदि भनेर जिस्काउँछन् ।
जिस्क्याउँदा कत्तिको रिस उठ्छ?
कामसँग सम्वन्धित भएर जिस्क्यायो भने त मख्ख परिन्छ। नकरात्मक हिसाबले जिस्कायो भनेचाहिँ रिस उठ्छ।
केटाहरू राम्रो लाग्यो भने जिस्क्याउनुहुन्छ कि नाई?
राम्रालाईचाहिँ मख्ख परुन् भनेर वाह! भन्दिन्छु।
केटाहरूको कुन कुरा आकर्षक लाग्छ?
पुरुषको आँखा नै सेक्सि हो। म जीउडालभन्दा व्यवहारबाट प्रभावित हुन्छु।
प्रेम प्रस्ताव कत्तिको आउँछन्?
प्रेम प्रस्ताव मात्रै हो र? सिधै बिहेको प्रस्ताव गर्ने पनि धेरै छन्। केही समय म त्यस्तो प्रस्तावलाई कुनै महत्व दिने मुडमा छैन।
कतिजना पछि लागेका छन्?
धेरैले यत्तिकै जिस्क्याउन प्रस्ताव गरेका होलान्। तर, एकतर्फि प्रेममा भने एकजना परेको छ जस्तो लाग्छ।
यसपालीको भि-डेमा पनि प्रस्ताव आए कि?
सुटिङमा भएर मोबाईल अफ थियो। अघिल्लै दिन धेरैले डेटिङ र कफिको अफर गरेका थिए , जान पाइन। फेसबुकको म्यासेज बक्समा भने धेरैले प्रस्ताव गरेछन्।
ती म्यासेजमा आफैलाई मनपर्ने व्यक्तिको पनि प्रस्ताव थियो कि?
मैले मनको आँखा खोलेर कसैलाई हेरेकै छैन। त्यसैले थिएन होला।
सँगैका साथीहरूका व्वाईफ्रेण्ड देख्दा इर्ष्या लाग्दैन?
लाग्दैन। किनभने म करियर बनाउनमै व्यस्त छु। अर्को कुरा नपाएर व्वाईफ्रेण्ड नबनाएको भए पो इर्ष्या लाग्थ्यो।
त्यसोभए तपाईलाई प्रेम आवश्यक नै छैन?
किन नहुनु। प्रेमविनाको जीवन मैले मात्र होइन कसैले पनि जीउन सक्दैन। घरपरिवारदेखि राम्रो युवकसम्मको प्रेम अनिवार्य नै हो।
प्रेम भएपछि सेक्स हुनुपर्छ भन्ने लाग्छ?
अहिलेको जमानामा प्रेममा यौन अस्वभाविक होइन।
फिल्ममा जम्नका लागि निर्माता निर्देशकको अन्य अफर पनि स्वीकार्नु पर्छ रे नि हो?
मलाई अहिलेसम्म कसैले सिधै त्यस्तो प्रस्ताव गरेको छैन। बाँकी कफी खान, फिल्म हेर्न, डेटिङ गर्न बोलाउनेको अर्थ आफैँ बुझेर अवस्थाअनुसार निर्णय गर्छु। आफूसँग क्षमता छ भने निर्देशकसँग सुत्नैपर्छ भन्ने छैन्।
तपाइँले काम गरिरहेको फिल्म 'किन किन'मा त निकै गरम सिनहरू छन् रे?
यो मसालेदार फिल्म हो। त्यसैले यसमा प्रेम र रोमान्सका दृष्यहरू छन् नै। तर, त्यस्तो समाजमा नपच्ने खालको सिनहरू छैनन्।
हट दृष्य दिने परिचय बनाएका निर्देशकले यो फिल्ममा सामान्य सिनमात्रै खिचेका छन् भनेर पत्याउने आधार के छन्?
पछिल्लो समय समाज पनि उदार हुँदै गएको छ। त्यसैले त्यही अनुसारको कथा छ, कथा अनुसार नै सिनहरू भएकाले कहीँ कतै अस्वभाविक दृष्य देखिदैनन्।
आफूलाई यस्तो दृष्यको मामलामा कत्तिको उदार ठान्नुहुन्छ?
कलाकार भईसकेपछि मन खुम्च्याएर काम गर्नुहुँदैन। राम्रो कथा छ र त्यो अनुसार काम गर्नुपर्‍यो भने मलाई त्यस्ता सिन दिन कुनै आपत्ति छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out