ज्वाइँ खोज्दै कटरिनाकी आमा

बलिउड अभिनेत्री कटरिना कैफको फिल्मी करिअर ग्राफ जस्तै गरी उकालो लागिरहेको छ । तर उनको निजि जिन्दगीमा भने उतारचढाव आइरहन्छ । सलमान खानसँगको ब्रेकअप पछि रणवीर कपूरसँग नजिकिएकी कटरिनाको सम्बन्ध कपूरसँग पनि धेरैदिन टिक्न सकेन । जो सँग पिरती गाँसेपनि धेरै नटिक्ने भएपछि कटरिनालाई पीर पर्नु स्वभाविकै हो ।
तर उक्त शोकलाई शक्तिमा बदल्दै उनले आफ्नो फिल्मयात्रामा सफलता प्राप्त गर्दै गइरहेकी छिन् । पछिल्लो दिनमा कटरिना पूर्वप्रेमी सलमान खानसँग फेरी लहसिन थालेको चर्चा समेत गाइँगुइँ चल्ने गरेको छ । धेरैले सलमान र कटरिना अब एक हुँदैछन् भन्ने पनि हल्ला चलाएका छन् । तर कटरिनाले भने यस्तो हल्लाको खण्डन गरेकी छिन् ।
सूत्रका अनुसार कटरिनाले अब प्रेमको चक्करमा नफस्ने संकल्प गरिसकेकी छिन् । उनी आफ्नी आमाले खोजिदिएको केटासँग मागी बिहे गर्ने सुरमा छिन् न की आफै केटो खोजेर । उनले आमालाई आफ्नो लागि केटा खोज्न समेत भनेकी छिन् । साथै कटरिनाले अब फिल्म लाइनका कोहीपनि पुरुषसँग आवश्यकता भन्दा बढि नजिक नहुने प्रण समेत गरेको बुझिएको छ । हेरौँ अब कटरिना आफ्नो प्रतिज्ञामा कतिसम्म अडिग रहनेहुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out