अभिनेत्री मनिषा कोइराला माथि बलिउड सिनेमा

मधुर भण्डारकरको अपकमिङ प्रोजेक्ट ‘हिरोइन’ सन् ९० को दशककी नेपाली अभिनेत्री मनिषा कोइरालाबाट प्रभावित रहेको रहस्य खुलेको छ । द टाइम्स अफ इन्डियाका अनुसार सिनेमाको मुख्य पात्र मनिषासँग आधारित हुनेछ । यद्यपी, भण्डारकरले भने आफ्नो सिनेमा कसैसँग प्रभावित नभएको दावी गरेका छन् ।
‘मार्लिन मुनरो र अन्य सेलिव्रिटीसँग मेरो सिनेमा प्रभावित रहेको भन्ने प्रश्नहरू सोधिएका छन्, तर त्यसो होइन’ मधुरले भने, ‘हिरोइनले कुनै खास एक्टरको जीवनलाई चित्रित गर्दैन ।’ तामिल, नेपाली र बंगाली सिनेमा खेल्नुअघि कोइरालाले बलिउडमा चर्चा बटुलेकी थिइन् । बलिउडमा नब्बेको दशककी उनी लोकप्रिय अभिनेत्री मानिन्छिन् ।
गत नोभेम्बरमा विवादास्पद निर्देशक भण्डारकरले करिना कपुरका लागि यो सिनेमा ल्यान्डमार्क हुने बताएका थिए । यसअघि पनि खुलारुपमै निर्देशकले मार्लिन मुनरोको जीवनीमा सिनेमा आधारित हुने बताएका थिए । करिनाले यसमा मद्यपान र धुमपानको लत लागेकी र विभिन्न उमेरका पुरुषसँग सम्बन्ध राख्ने अभिनेत्री पात्रको रुपमा अभिनय गर्दैछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out