नेपाली युवा पुस्ता: जेलिँदै छ लागुऔषदको जालोमा

समयसँगै मान्छेका आकांक्ष बढेर गएका छन् । अहिले प्रविधिको सुविधाले मान्छे घरमा बसेर संसार देख्न र नजिकबाट बुझ्न सक्ने भएको छ । युरोप अमेरिकामा मान्छेले गरेका प्रगतिले अन्य देशका मान्छेका सपना पनि बढाइरहेको छ । सूचना प्रविधिको यो युगले मानिसको जिउने शैली परिवर्तन भइरहेको छ । सामाजिक, आर्थिक, शैक्षिकसँगै साहित्य/दर्शन सबै क्षेत्रमा विश्वले जसरी प्रगति गरेको छ, त्यसबाट हाम्रा नेपाली युवासमेत लालायित छन् । तर, त्यससँग मुकाबिला गर्न सक्ने तागतसमेत उनीहरूसँग छैन । प्रविधिले गर्दा संसार यसरी खुलेको छ, हरेक व्यक्ति आफूलाई अरूसँगै तुलना गर्छ र त्यस्तै गर्न चाहन्छ, त्यस्तै बन्न चाहन्छ।
तर, उसँग भएको साधन-स्रोत, क्षमता र उसको समाजले उसलाई त्यहाँसम्म पुग्न दिँदैन । अनि उसले आफैँभित्र एकप्रकारको निराशा जन्माउँदै जान्छ । त्यसबाट मुक्ति पाउनका लागि ऊ लागुऔषधको कुलतमा परेको देखिन्छ ।
एक्काइसाँै शताब्दीको चुनौतीलाई सामान गर्ने क्षमता विकास गर्ने आकांक्षा तर त्यहाँसम्म पुग्न सक्ने क्षमताको अभावले युवा पुस्तामा आफँैप्रतिको नैराश्यता र वितृष्णाको वातावरण निर्माण हुन्छ। त्यो वातावरणसँग भिड्न लागुऔषधको सहारा लिने प्रचलन बढ्दै गएको छ ।
सखाप हुदै नयाँ पुस्ता
कुरा गत पुस महिनाको हो। साँझ करिब सात बजेको थियो । म अफिसमा बसिरहेको थिएँ । ढिला भइसकेकाले अफिसबाट निस्कन पर्‍यो भनेर तल र्झदै थिएँ, भर्‍याङमा एउटा युवा कामिरहेको देखेँ । सँगै हाम्रा प्रहरीहरू पनि थिए । को हो ऊ भनेर मैले प्रहरीलाई सोधेँ । सेतो हेरोइनको कारोबार र दुव्र्यसनीको आरोपमा ऊ पक्राउ परेको रहेछ । म अगाडि बढेँ । उसले सर भन्दै मलाई बोलायो । 'मजस्ता सयौैँ युवालाई बर्बाद बनाइदिने मान्छे म चिनाइदिन्छु, मलाई छोडिदिनुस् सर' भन्दै एक्कासि मसँग रुन थाल्यो । म टक्क अडिएँ ।

'मैले भर्खरै बिहे गरेको हुँ, मेरो यो दुव्र्यसनीबारे आमालाई थाहा छैन। श्रीमतीलाई थाहा छैन । त्यसकारण म बर्बाद हुन्छु सर !' ऊ झन् बिलौना गर्न थाल्यो । सयौँ व्यक्तिलाई लागुऔषधको लत बसाउने कारोबारीलाई पक्राउ गराइदिन्छु भन्दै उसले आफूलाई छोडिदिन आग्रह गर्‍यो । घर हिँडिसकेको भए पनि म फेरि फर्किएँ । त्यसपछि उसका बारेमा सोधपुछ गरेँ । पक्राउ परेको त्यो केटो अस्ट्रेलियामा टुरिजममा डिग्री गरेको रहेछ । ऊ सम्पन्न परिवारको छोरा थियो । हेर्दा आकर्षक र बौद्धिक थियो। अस्ट्रेलियामा १० वर्ष पढेपछि नेपालमा केके गर्छु भन्ने सपना बोकेर ऊ स्वदेश फर्किएको रहेछ । तर, यहाँ आएपछि उसका सपना चकनाचुर भए । उसले सोचेअनुरूपको वातावरण पाएन । त्यसपछि उसलाई यति तनाव भएछ कि राति निद्रासमेत नलाग्ने अवस्था आएछ । त्यसपछि आफू कसरी यो कुलतमा फसँे भनेर कहानी बतायो । उसको एउटा साथी रेडियोमा काम गर्दाे रहेछ । त्यही साथीले नै तनावबाट मुक्त हुने उपायको रूपमा लागुऔषध प्रयोग गर्न सिकाएको रहेछ ।

तनाव बढेका कारण निद्रा नलागेपछि त्यसका लागि उसले लागुऔषध प्रयोग गरेको रहेछ। तर, एक दुई दिनमा नै लागुऔषध नै नभई निद्रा नलाग्ने भयो । त्यसपछि ऊ लागुऔषधको दुव्र्यसनी भयो । दुव्र्यसनी भएपछि नियमित लागुऔषध चाहियो, लागुऔषध किन्नका लागि पैसा चाहियो । उसलाई लागुऔषध बेच्नेले अरू ८/१० जना साथीलाई बेच्, त्यसपछि तँलाई सित्तैंमा दिन्छु भनेछ । ल हुन्छ भनेर उसले पनि बेच्ने काम सुरु गर्‍यो । यसरी अस्ट्रेलियाबाट ठूलो सपना बोकेर स्वदेश र्फकेको केटो हेरोइनको कारोबारी बन्न पुग्यो। लागुऔषधको जालो युवाहरूमा फैलिँदै गएको देखिन्छ । देशको परिस्थिति र लागुऔषध कारोबारीको बढ्दो बिगबिगीले ऊजस्तै धेरै नेपाली युवा सखाप हँुदै गएका छन् ।

कलेज-कलेजसम्म जालो
काठमाडौंसँगै पोखरा, वीरगन्ज, जनकपुर, विराटनगरजस्ता सहरमा लागुऔषधको सञ्जाल बढ्दै गएको छ
अभिभावक मात्र पनि होइन कलेजहरू पनि यसमा त्यत्तिकै जिम्मेवार छन्। विद्यार्थीबाट महँगो शुल्क उठाउने कलेजले कतै पनि काउन्सेलर राखेको सुनिन्न । विद्यार्थीको स्वभाव र व्यवहारमा आएको परिवर्तनलाई कलेजले पनि ध्यान दिनुपर्छ । शिक्षकहरू १० वटा कलेजमा पढाइरहेका हुन्छन् । पढाइसकेपछि अन्त जानै उसलाई हतार हुन्छ, त्यसमा उसले कहाँबाट सोच्नु ? कलेजका सञ्चालक पनि विद्यार्थीलाई राम्रो बनाउनेभन्दा नाफा कमाउनेतर्फ बढी केन्दि्रत छन् । हाम्रा शैक्षिक संस्थाले त प्रमाणपत्र दिने काम मात्र गर्छन्। यसमा पनि अझ पढाइमा अब्बल विद्यार्थी यसरी लागुऔषधको लतमा फसेको देखिन्छ । जस्तो कि परीक्षामा राम्राे ल्याउनुपर्‍यो । त्यसका लागि साथीको सल्लाहमा शक्तिबर्धक औषधि उसले प्रयोग गर्छ । त्यो औषधिले सेन्ट्रल नर्भस सिस्टम अर्थात् दिमागलाई सक्रिय बनाइदिन्छ । त्यसकारण पढ्न सकिने हुन्छ र परीक्षा पनि राम्रै हुन सक्छ । त्यसपछि उसलाई त्यो औषधि गजब लाग्न थाल्छ । तर, २/४ चोटि प्रयोग गरेपछि ऊ त्यो नभई सुत्न पनि नसक्ने अवस्थामा पुग्छ । यसरी विद्यार्थी थाहै नपाई लागुऔषधको जालोमा फस्न पुग्छ र त्यसबाट उम्कन ऊ केही गरी पनि सक्दैन । यसरी भोलि देश सम्हाल्ने पुस्ता अहिले लागुऔषधको जालोमा फसिरहेको छ ।
यही पुस्ता छिट्टै लागुऔषधमा फस्न सक्ने भएकाले पनि कारोबारीले विद्यार्थीलाई नै आफ्नो टार्गेट बनाउने गरेका छन्। कतिसम्म भने कारोबारीहरू कलेजकै ड्रेस लगाएर कलेजमा पुगी लागुऔषध बेच्छन् । तर, न त कलेज सञ्चालकले त्यसमा ध्यान दिन सकेका छन् न त अभिभावकले नै । राजधानीका अधिकांश कलेजमा यस्तो लागुऔषधको सञ्जाल फैलिसकेको छ । खासगरी निम्न मध्यम र उच्च वर्गीय परिवारका सन्तान लागुऔषधको कुलतमा धेरै फसेको देखिन्छ । यसमा पनि उच्च वर्गीय परिवारका छोराछोरी यसमा धेरै छन् । किनकि बाउआमा काममा व्यस्त हुन्छन्, छोराछोरीको ख्याल गर्न सक्दैनन् । महँगो कलेजमा भर्ना गरिदियो, के छ सोध्यो बस ! छोराछोरी कहाँ जान्छन्, कोसँग भेट्छन् के गर्छन् भन्ने उनीहरूलाई थाहै हँुदैन । छोराछोरी भने लागुऔषधको लतमा नराम्राेसँग फसिसकेका हुन्छन्। औषधिजन्य लागुऔषधको खतरा कोकिन, हेरोइन, ब्राउन सुगर, ह्वाइट सुगरजस्ता महँगा लागुऔषध नेपालमा खपत हँुदैन । त्यसको सट्टा ठूलो परिमाणमा औषधिजन्य लागुऔषध नेपालमा आउने गर्छ र यहाँका दुव्र्यसनीले त्यो प्रयोग गर्छन् । यस्तो खालको औषधिजन्य लागुऔषधको कारोबारमा नाफा धेरै हुने र कारोबारमा खतरा थोरै हुने भएकाले पनि कारोबारी यसमा लागेका हुन् । हामीले लागुऔषधको अनुसन्धान गर्दा पनि हेरोइन, ब्राउन सुगरतर्फ नै बढी केन्दि्रत हुने गरेका छौँ । डाइजेपाम, बुपि्रनफिर्नजस्ता लागुऔषधमा हाम्रो धेरै ध्यान जाँदैन। तर, यिनै औषधि नेपालका धेरै दुव्र्यसनीले प्रयोग गर्ने गरेका छन्।

यस्ता लागुऔषध औषधिका रूपमा पनि खरिदबिक्री हुने भएकाले कारोबारमा सजिलो छ। यसमा प्रहरीबाहेक अन्य सम्बन्धित पक्षले ध्यान नदिएकाले पनि समस्या बढ्दै गएको छ । जस्तो कुनै डाक्टरले निद्राका लागि भनेर कुनै दुई चक्की औषधिको पे्रस्किप्सन लेखिदियो भने १५/२० वटा औषधि पसलमा सो पे्रस्त्रिmप्सन देखाएर औषधि लिइन्छ । त्यसरी लिइएको लागुऔषध महँगो मूल्यमा तिनै दुव्र्यसनीलाई बेच्ने गरिन्छ । त्यस्ता औषधि एकचोटि बेचिसकेपछि डाक्टरको प्रेस्किप्सनमा 'सोल्ड' भनेर छाप हान्ने प्रचलन हामीकहाँ छैन।

कतिपय औषधि पसलले त पे्रस्त्रिmप्सनविना नै त्यस्ता औषधि बिक्री गर्दै आएका छन् । कतिपय अवस्थामा कारोबारीले डाक्टरको नक्कली पे्रस्त्रिmप्सन बनाएर औषधि लिई बिक्री गर्छन् । तर, औषधि व्यवस्था विभाग, गृह मन्त्रालयजस्ता निकायले यसमा चासो दिन सकेका छैनन् । अर्काेतर्फ भारतसँगको खुला सीमाका कारण बस, ट्रकमार्फत नै ठूलो परिमाणमा डाइजेपाम, बुपि्रनफिर्नजस्ता औषधिजन्य लागुऔषध काठमाडौंलगायत सहरमा अवैध रूपमा भित्र्याएर त्यसको कारोबार हुने गरेको छ।

बेखबर नेता र सरकार लिको नेपाल भनेको आजको युवा पुस्ता हो। तर, यो पुस्ता अहिले नै लागुऔषधसँगै बर्बाद भइसकेको अवस्थामा भोलि हाम्राे मुलुक कता जाला ? देशको सबैभन्दा ठूलो प्राथमिकताको विषय संविधान निर्माण भएको छ । तर, भोलि त्यही संविधान मान्ने जनता भने सखाप हँुदै गइरहेका छन्, यसमा कसैको ध्यान छैन । संविधान निर्माणजस्तै महत्त्वपूर्ण काम भनेको भोलिको पुस्ताको निर्माण पनि हो । तर, यसमा राज्यले पटक्कै ध्यान दिन सकेको छैन । आफ्ना नागरिकलाई बचाउने महत्त्वपूर्ण जिम्मेवारी सरकारको हो । तर, यसलाई कति पनि प्राथमिकता दिइएको छैन । यसको भयावह परिणामको विषयमा सबै बेखबर छन्।

हामीले धेरै समाउने भनेका भरिया नै हुन्। उसलाई परिचालन गर्ने मान्छे पर्दापछाडि हुन्छ, जसले यो कारोबारको महत्त्वपूर्ण हिस्सा लिन्छ । ती मान्छे सधैँ पर्दापछाडि हुन्छन् र अन्य व्यक्तिलाई परिचालन गर्छन् । एक ठाउँबाट अर्काे ठाउँमा पुर्‍याउने जिम्मा दिएर यसको कारोबार हुने गरेको छ । जसले त्यसरी निश्चित रकम पाएर ओसार्ने काम गर्छ, उसलाई कसले त्यसको कारोबार गरेको हो, त्यो पनि थाहा हुँदैन । 'फलानो ठाउँमा गएर उसलाई सामान दिनू । उसले फोन गर्छ अनि सामान दिनू' भनेर पठाइएको हुन्छ । त्यसरी लागुऔषध लिने व्यक्तिको नाम पनि फरक हुन्छ र उसले अर्कैको नाममा मोबाइल प्रयोग गर्छ । जसका कारण मुख्य कारोबारी सधैँ सुरक्षित हुने गरेको छ । लागुऔषध कारोबारमा यस्तो खालको तीन-चार तहको संरचना हुने गरेको छ । जसका कारण मुख्य कारोबारीसम्म पुग्न निकै गाह्रो हुन्छ । यो हाम्रो मात्र नभई संसारभरिकै समस्या हो।

कारोबार गर्दा सुरक्षा निकायलाई झुक्याउने नयाँ-नयाँ उपाय उनीहरूले प्रयोग गर्छन्। पेटमा निलेर, तरल पदार्थको रूपमा त कहिले जेलको रूपमा कपालमा लगाएरसमेत लागुऔषधको कारोबार हुने गरेको छ । सामान ओसार्नका लागि भरिया छान्दा पनि उनीहरूले प्रहरीलाई झुक्याउने किसिमले गर्छन् । देशअनुसार गरिबदेखि निकै ठूलो मान्छेजस्तो बनाएर ठाउँअनुसार उनीहरूले भरियालाई प्रयोग गर्दै आएको देखिन्छ । नेपालमा चाहिँ धेरै गरिब, अशिक्षित र सोझा नेपालीलाई प्रयोग गरिँदै आइएको छ । त्यसमा पनि महिलालाई प्रयोग गरिन्छ । हस्तकलाका सामग्रीमा लुकाएर लागुऔषधको कारोबार गर्ने प्रचलन पनि व्यापक देखिएको छ । लागुऔषधको बजार बढिरहेको छ, त्यसकारण लागुऔषध कारोबारीहरू रिस्क बढी भए पनि यो धन्दा चलाइरहेका छन् । अफगानिस्तानमा उत्पादन भएको सेतो हेरोइन अमेरिकामा पुग्छ । अफगानिस्तानबाट भारत, नेपाल, थाइल्यान्ड, युरोप तथा अमेरिका पुग्ने गरेको छ । १०/१२ वटा देशमा ट्रान्जिट बनेर लागुऔषध गन्तव्य मुलुकमा पुग्छ ।

एउटा कुनै देशको प्रहरीले मात्र काम गरेर लागुऔषधको कारोबार नियन्त्रण गर्न सकिन्न। यसलाई अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आवश्यकता पर्छ । केही समययता हामीले क्षेत्रीय स्तरमा पनि राम्रो सहकार्य सुरु गरेका छौँ । अमेरिकी प्रहरीको सहयोगमा त्यहाँ पुगिसकेको लागुऔषधसमेत नेपाल फर्काएर कारोबारीलाई हामीले पक्राउ गरेका छौँ । पछिल्लो समयमा हाम्रो लागुऔषध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य बढेर गएको छ।

बदनामीको खतरा
नेपाली युवा औषधिजन्य लागुपदार्थमा लागेर खतम हुन लागे भन्ने चिन्ता त एकातिर छँदै छ, अर्काेतिर नेपालको कमजोर सुरक्षाको कारण लागुऔषध कारोबारमा देश ट्रान्जिट बन्दै गइरहेको छ। हाम्रो विमानस्थलमा सर्भिलेन्स डिटेक्टिभ छैन । साथै अन्य नयाँ प्रविधि छैन । यसले गर्दा कारोबारीले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएका छन् । किनकि जहाँबाट कारोबार गर्न सहज हुन्छ त्यहीँबाट उनीहरूले कारोबार गर्ने हुन्।
नेपाल दिनप्रतिदिन लागुऔषध कारोबारमा विश्वको ट्रान्जिट बन्दै गइरहेको अवस्था छ। यसले आगामी दिनमा हाम्रो मुलुककै प्रतिष्ठामा असर नपार्ला भन्न सकिन्न । जसरी एकताका चाल्र्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भन्ने चुनौती दिएको थियो, हामीले विमानस्थलको सुरक्षामा चासो देखाउन सकेनौँ भने त्यही अवस्था नआउला भन्न सकिन्न ।

गाँजाको केन्द्र नेपाल
नेपालका बारा, पर्सा, रौतहट, महोत्तरी, मकवानपुरजस्ता जिल्ला गाँजाको धेरै खेती हुने जिल्लाको रूपमा चिनिन्छन्। नेपालमा उत्पादन हुने गाँजा बढी कडा हुने भएकाले भारतीयले समेत नेपालमा गाँजा खेतीमा लगानी गरेको पाइन्छ । तर, पछिल्लो केही वर्षयता प्रहरीले खेती नै रोक्दै आएको छ । त्यसका बाबजुद पनि तराईका केही र पहाडी जिल्लामा पनि गाँजाको खेती हँुदै आएको छ । गाँजामा पैसा पनि भएको र माग पनि भएकाले यसको खेती अझै नियन्त्रणमा आउन सकेको छैन । लागुऔषध अन्य अपराधको पनि स्रोत हो । घरेलु हिंसाको एउटा प्रमुख कारण लागुऔषध हो । ९९ प्रतिशत घरेलु हिंसा मदिरासहित लागुऔषधको कारण हुन्छ । अन्य किसिमका अपराधमा पनि ४० देखि ५० प्रतिशत लागुऔषधको कारण हुन्छ । लागुऔषध दुव्र्यसनीका लागि पैसा चाहिन्छ । तर, उनीहरूलाई सजिलै पैसा उपलब्ध हुँदैन । त्यसका लागि धेरै दुव्र्यसनीहरू अपराधमा लाग्ने गर्छन् । परिवारसँग पैसा लिन आफ्नै अपहरण गर्नेदेखि चोरी, लुटपाट र अन्य व्यक्तिको अपहरणसम्मका घटना यही लागुऔषधको कारण भएको देखिन्छ।
प्रस्तुति ः नवराज मैनाली

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out