कोही ठोक्किए त हुन्थ्यो नि !

साकिरा...नेपाली साकिरा। संगीत नेपाली वजारको भरपर्दो व्यवसाय वन्दै गएको छ। यसका साथै स्टेजमा पर्फमगर्ने कलाकारहरुको मान, प्रतिष्ठा र सोहरत पनि वढदै गएको छ। दर्शक-श्रोतालाई जसले जति नचाउन सक्यो उ त्यति नै सफल हुन्छ। अहिलेसम्म पुरुष गायकहरुमा राजेश पायल राई स्टेज संगीतका पावर हाउस मानिन्छन भने नारी गायकहरुमा इन्दिरा जोशीले यो उपाधि कमाएकीछिन।
धेरै गायिकाका स्वर इन्दिराको भन्दा सुमधुर होलान। पर्फरमेन्स र प्रभावका हिसावले इन्दिराका लागि चुनौति छैन। सिनेमा लूटको मादक गीत 'उध्रेको चोली' भित्रको तन्नेरी मनका आकांक्षाहरु झाँक्दैछन स्वरूप आचार्य :
एप्पल जुस पिउँदै थिइन् इन्दिरा। म झस्किएँ, उनी बियर पिउँदै छिन्। मेरो आसय बुझे पछि उनले भनिन् 'बियर होइन एप्पल जुस हो। ' उन्मुक्त हाँसो हाँसिन्। जुन रेस्टुरेन्टमा म उनीसँग वार्ता गर्दै थिएँ, त्यहाँको वातावरण निकै शान्त थियो। तर, मेरो मन भने अशान्त। इन्दिराको व्यक्तिइभ्व नै त्यस्तै छ। उनलाई देख्ने बित्तिकै तन्नेरी मन अशान्त भइहाल्छ। कुरा कहाँबाट सुरु गरुँ? म सोच्दै थिएँ। सुरुमा वार्ताको सिलसिला जमेको थिएन। तर, त्यो सिलसिला तात्‍न धेरै बेर लागेन। इन्दिरा स्टेजमा जति रमाइली छिन्, त्यति नै मोहक थिइन् व्यक्तिगत जीवनमा।
हिजोआज केमा व्यस्त हुनुहुन्छ?
अहिले देशमा महोत्सवको सिजन छ। ठाउँठाउँमा गाउन बोलाउँछन्। त्यसैमा व्यस्त छु।
कहाँ-कहाँको महोत्सवमा जाँदै हुनुहुन्छ?
पाल्पा र झापा जाँदै छु, यो हप्ता। पश्चिमबाट पूर्व।
कन्सर्टमा गाउन रमाइलो लाग्छ?
रमाइलो लाग्छ। स्रोता र दर्शकसँग कनेक्ट हुन लामो ग्याप भयो भने के नपुगेको, के नपुगेको जस्तो लाग्छ, नुन नहालेको तरकारी खाएजस्तो। लाइभ पर्फर्म गर्न त रमाइलो हुन्छ नि। आफूसँगै कम्मर मर्काइरहेका दर्शक-स्रोता त भेट्नै हुन्न, म त फुल इन्जोय गर्छु।
संगीत संसारमा प्रवेश गर्नुभएको कति भयो?
२०६२ सालमा 'नेपाली तारा'मा पार्टिसिपेट गरेपछि हो। २०६४ देखि प्रोफेसनल्ली एक्टिभ भएँ।
यो क्षेत्रमा आउने विचार चाहिँ कसरी आयो?
पहिलेदेखि नै स्टेज सोहरूमा भाग लिन्थेँ। काठमाडौँ आएपछि के गर्ने, गर्ने भइरहेको थियो। 'नेपाली तारा'को अडिसन दिन गएँ, छनौट भएँ। त्यसपछि यो क्षेत्रलाई नै करिअर बनाउँछु भनेर लागेकी छु।
छोटो समयमा नै चर्चाको शिखरमा पुग्नुभयो, होइन्?
हो। 'नेपाली तारा'मा भाग लिएपछि दर्शकले नोटिस गरे। त्यो मेरा लागि राम्रो ग्रुमिङ साबित भयो।
संगीतको औपचारिक शिक्षा लिनुभयो कि त्यसै लाग्नुभयो?
२०६१ सालबाट दुई वर्षसम्म रेगुलर भोकल क्लास लिएँ। अहिले घरमै रियाज गर्छु।
तपाईँको पढाइ कहाँ पुगेको छ त?
म कमर्समा मास्टर्स गर्दै छु। सेकेन्ड इयरको एक पेपर बाँकी छ। त्यो पनि क्लियर हुन्थ्यो। कन्सर्टको लागि विदेश जान एग्रिमेन्ट गरेर एड्भान्स पनि लिइसकेको थिएँ, त्यसैले जाँच दिन पाइनँ। घरमा सबै 'पढन्दास' छन्। त्यसैले मास्टर्स त गर्नैपर्छ। नत्र त घरबाटै बेइज्जती सुरु हुन्छ।
घरमा को-को हुनुहुन्छ?
बाबा, मामु, हामी छजना दिदी-बहिनी र एउटा भाइ। मेरो नम्बर लक्की फाइभ।
ओहो, यति धेरै दिदीबहिनी?
हजुरआमालाई जोशी परिवारको वंश नै नाश हुने चिन्ता परेछ। हामी परासीका हौँ। त्यहाँको वातावरण त्यस्तै थियो, छोरा नै चाहिन्छ भन्ने। फेरि हामी पर्‍यौँ जमिन्दार!
अहिलेसम्म कतिवटा गीत रेकर्ड गराउनुभयो?
धेरै छैन। डेढ सय जति भयो होला।
कुन गीतले चिनायो त?
मेरो आफ्नो एल्बमकै गीतले। 'टुट्यो तारा आकाशमा', 'चौबन्दी चोली अनि रातो घाँगरा' र 'माछी मारन'को रिमिक्सले। अहिले 'लुट'को गीत 'उध्रेको चोली' हिट भएको छ।
नेपाली सकिरा भन्छन् तपाईँलाई। आफूलाई त्यसो भनिदिँदा कस्तो लाग्छ त?
भयो के भने, गीतभन्दा पहिले म डान्समा थिएँ। बेली डान्स खुब मन पर्थ्यो। कतै सिकेको पनि होइन, केही होइन। गड गिफ्ट हो। म्युजिक भिडियोमा डान्स गरेँ। त्यसपछि सबैले लाइभ सोमा पनि त्यही एक्सपेक्ट गर्न थाले। अब त पर्फर्म गर्नैपर्छ। मेरो पर्फमेन्स हेर्न आउनुहुन्छ। सकिरा नै बन्छु भनेर गरेको होइन।
यू रक द सो।
हाहा... मेरो उमेर र समयका बीच तालमेल भएर हो। तीस कटेपछि चेन्ज हुन्छ होला। 'मेलो' तिर जान्छु होला।
कहिले ३० कट्नु हुन्छ त?
पाँच वर्षपछि।
हो र? होइन होला?
हो, किन ढाँट्नु?
नेपाली म्युजिकमा तपाईँको जेनर के हो त?
त्यस्तो फिक्स्ड जेनर त केही छैन। मलाई हिप-हप, ज्याज-जिज, मेलो सबै मन पर्छ। मेरो एल्बममा भोजपुरी गीत पनि छ। वेस्टर्न रक मलाई मन पर्छ।
अहिलेको तातो रगत चिसिँदै गएपछि जेनर पनि चेन्ज होला सन?
अँ, हुन सक्छ। त्यसपछि ट्र्याजी, अलिक मेलोहरू मन पर्न थाल्ला। पचास वर्ष पुगेपछि त कहाँ सकिएला र स्टेजमा उफ्रिन?
अहिलेसम्मको जिन्दगी कस्तो लागेको छ?
इन्जोय गरिरहेकी छु। मलाई जे मन पर्छ, त्यही नै मेरो करिअर भएको छ।
अरू के के गर्न मन पर्छ त?
एड्भेन्चर मन पर्छ, पढ्न मन पर्छ। बेसिकल्ली स्टेजमा पर्फर्म गर्न एकदम मन पर्छ।
एड्भेन्चर्स के गर्नुभएको छ?
प्याराग्लाइडिङ, र्‍याफ्टिङ, हाइकिङ, क्लाइम्बिङ। बन्जी गर्न मन छ, फुर्सद पाएकी छैन।
अहिले के पढ्दै हुनुहुन्छ?
लियो टल्सटोयको 'वार एन्ड पिस'। अहिले त्यसको नयाँ एडिसन आएको छ।
तपाईँको कन्सर्टमा दर्शक कत्तिको उत्तेजित हुन्छन्?
ओहो, कुरै नगर्नुस्!
मेमोरेबल इन्सिडेन्ट छ कुनै?
थुप्रै छ। हालसालै नेपालगन्जमा भएको कन्सर्टमा दर्शकले गुलाबको फूल स्टेजमा फ्याँकेका थिए। एउटा टपक्क टिपेकी थिएँ र कपालमा सिउरेर सजाएकी थिएँ। त्यसपछि मात्र गाएकी थिएँ। टुँडिखेलमा भएको एउटा कन्सर्टको झुर मेमोरी पनि छ। त्यो कन्सर्टमा मलाई बोतलले हानेका थिए।
कति पैसा लिनुहुन्छ एउटा कन्सर्टको?
नेपालभित्र २५ देखि ३० हजार रुपैयाँसम्म। देशबाहिर ८० हजार प्लस।
नेपाल बाहिर कहाँ कहाँ कन्सर्ट गर्नुभयो?
धेरै छैन। स्पेन, पोर्चुगल, कतार, कुवेत, बु्रनाई,मलेसिया र कोरियामा मात्रै हो।
तपाइँलाई 'काली' भनेर खुब जिस्काउँछन् रे हो?
अँ, मायाले धेरैले काली भन्छन्। मलाई राम्रै लाग्छ।
त्यति काली त हुनुहुन्न त?
खै, कस्मेटिकको कमाल हो कि?
खुब मेकअप गरिन्छ रे, हो?
हाहा... अलि अलि। धेरैभन्दा पनि मलाई मेकअपको सेन्स छ।
फोटोमा काली देखिएला भनेर आज पनि मेकअप गरेरै त आउनुभएको होला?
मेकअप गर्न जान्नु त कला हो।
तपाइँले ब्याचलर्स कुन कलेजबाट गर्नुभयो?
शंकरदेवबाट।
केटाहरूले खुब पछ्याए होलान्?
पछ्याउनेभन्दा पनि, र्‍याक हान्थे। मेरो फोटो छापिएको पत्रिका हातमा लिएर वेभ गर्थे। क्लासमा मैले 'नेपाली तारा'मा गाएका गीत गाउँथे। रमाइलो नै लाग्थ्यो।
लभलेटर, प्रपोजल आएन?
लभलेटर नै त आएन। जिस्काउनेमात्र हो।
टिन एजमा कत्तिको क्रस पर्‍यो? कि क्य्रासमात्र हो?
हाम्रो फेमेली अलिक कन्जरभेटिभ भएर होला, म त लभ लेटर आयो भने रुन्थेँ। कस्तो स्टुपिड रहेछु जस्तो लाग्छ, अहिले सम्भि्कँदा। स्कुलमा हुँदा एउटाले लभ लेटर दिएको थियो। प्रिन्सिपललाई भनेर त्यसको राम धुलाई गर्न लगाएँ। यस्तो मान्छेको क्रस पर्ने त कुरै भएन। साँच्ची भनुँ? ब्वाइज हेटिङ ग्रुप नै थियो हाम्रो। फेरि 'आई लभ यू' त केटाले भन्नुपर्छ भन्ने मानसिकता थियो मेरो। काठमाडौँ आएपछि धेरै चेन्ज्ड भएकी छु।
भनेपछि अब आफू पनि 'आई लभ यू' भन्न हिचकिचाउनुहुन्न?
कोही मन पर्‍यो भने डेफिनिट्ली भन्छु।
अहिले तपाईँ रिलेसनसिपमा हुनुहुन्छ कि सिंगल?
सिंगल।
ब्वाइफ्रेन्ड थियो, हैन र?
थियो। छुट्यो।
किन, के भयो र?
ऊ बाहिर, म यहाँ। मेन्टेन गर्नु सम्भव नै भएन।
'सिंगल बट रेडी टु मिंगल' हो?
क्लिक भयो भने हु नोज? कोही ठोक्किए हुन्थ्यो भन्ने फिलिङ छ। तर, खै म लक्की छु जस्तो छैन, यो मामिलामा।

 कन्सर्टमा अगाडि राम्रो केटा देखियो भने आकर्षित गर्छ कि गर्दैन?
त्यसरी नियालेर हेरेकै छैन।
खोज्दाखोज्दै बुढी भइएला नि?
सिनियर दाइहरूले पनि जिस्काउनुहुन्छ। 'पहिले बिहे गरेर त्यसपछि गाउन सुरु गरेको भए हुन्थ्यो, अब करिअरमै ध्यान देऊ' भन्नुहुन्छ। बालबच्चा पाएर घरमा चुपचाप बस्नुभन्दा त एक्टिभ लाइफ नै रमाइलो हुन्छ।
जीवनसाथी त चाहिन्छ नि, हैन र?
मलाई त्यो अहिले चाहिएको छैन। अहिले त म डिस्टर्ब्ड हुन्छु होला। यत्तिकै ठिक छ अहिले।
कत्तिको फिगर कन्सस हुनुहुन्छ?
हुनै पर्‍यो नि। इन फ्याक्ट सबैजना हुनुपर्छ।
ड्रिंक्स?
घरमा कहिलेकाहीँ। रेड वाइन र भोड्का विद क्रयानबेरी जुस मन पर्छ। पार्टी टाइममा कहिलेकाहीँ घ्याम्पे पनि हानिन्छ। तर, बाहिर खाँदै खान्न। कुरा काट्छन् नत्र!
के भनेर कुरा काट्छन्?
'त्यसलाई त चाहिन्छ नि ओ!' भन्छन् खायो भने। खाएन भने पनि भन्छन्, 'तपाईँ त केही गर्नुहुन्न!' खाए पनि नहुने, नखाए पनि नहुने। गाह्रो छ। एकचोटि गालामा पिम्पल आएको थियो। चन्द्रगढी एयरपोर्टमा एउटा आयोजकले, 'तपाईँको गाला त ड्यामेज भएछ नि' भन्यो। जेमा पनि कमेन्ट पास गरिहाल्छन् मानिसहरू।
कहिले बिहे गर्ने? केही सोच्नुभएको छ?
हाम्रो फेमिलीमा अलिक ढिलो बिहे गर्ने चलन छ। २८/३० वर्षतिर। म भन्दा अगाडी दिदी हुनुहुन्छ। मेरो पालो आउन अझै टाइम छ।
अनि, सेक्सको बारेमा?
अहिले त यो बेसिक नेसिसिटीमै गनिन थालिसक्यो। एउटा उमेर पुगेपछि यो कसैले रोकेर रोकिँदैन। अहिले हाम्रो समाज यसमा खुला भइसक्यो। टाइमको कुरा हो।
टाइम भन्नाले कति?
मेरो त टाइम भइसकेको हो। २५ वर्ष पुगिसकेँ! तर, म अझै रेडी छैन। हामी केटीलाई अलिक गाह्रो छ यस्तो कुरामा। विवाह पछिकै सेक्स सेफ पनि हुन्छ र इन्जोय पनि हुन्छ होला।

तपाईँको सिंगिङ आइडल को हो?
मेनी अफ देम।
के हो 'मेनी अफ देम' मात्र। ब्वाइफ्रेन्ड पनि त्यस्तै भएको भए इन्ट्रेस्टिङ हुन्थ्यो होला हैन?
हाहा... मलाई गुलाम अली मन पर्छ।
तपाईँ आस्तिक कि नास्तिक?
पहिले आस्तिक थिएँ। बीचमा नास्तिक भएँ। अहिले फेरि आस्तिक भएकी छु।
ट्र्याजिडी परेको बेला नास्तिक भएको हो कि के हो?
त्यस्तो होइन। फुर्सद हुनु/नहुनुले पनि फरक पार्दो रहेछ। तर, विश्वास छ ईश्वरमा।
नेपाली राजनीतिको बारेमा के धारणा छ?
छ्या! वाहियात नै छ। एकचोटि प्रधानमन्त्रीसँग पनि टाइम लिएर भेटेको थिएँ। हाम्रो इन्डस्ट्रीका समस्या अवगत गराएको पनि हो। खै, वास्तै गरेनन्। उनीहरू आफूलाई सबैले चिनून् भन्ने सोच्छन्, आफू कसैलाई चिन्दैनन्।
संविधान बन्छ त?
ए, हाम्रो देशमा संविधान छैन है? मैले मात्र बिर्सेको कि सबैले बिर्सिसके?
फ्युचर प्लान के छ त?
गीत गाउने, म्युजिक भिडियो बनाउने। एल्बम त निकाल्दिनँ। काम छैन। पैसा नै आउँदैन। बरु एउटा एउटा गीत प्रमोट गर्ने, अनि कन्सर्टमा गाउने।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out