कति बजे सुत्ने ?

काठमाडौ, फाल्गुन २७ - यदि तपाईं मिठो निद्रा लागोस् भन्ने चाहनुहुन्छ भने राति दस बजेभित्र सुत्ने गर्नुस् । अनुसन्धान अनुसार राति ९ बजेर १० मिनेटमा एक कप चिया खानुस्, पाइजामा लगाउनुस् र १० बजे सुतिहाल्नुस् । यसो गर्दा तपाईं राम्ररी सुत्न सक्नुहुन्छ ।
यो अध्ययनमा बि्रटेनका, राम्ररी निदाउने दुई हजार वयस्क व्यक्तिलाई सामेल गरिएको थियो । बेडलाइन ब्रान्ड 'बिडेक' ले उक्त अध्ययन गरेको यो अध्ययन अनुसार कुनै पनि व्यक्तिले, मुख्यतः महिलाले, रातको बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम समेत गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय पदार्थको रूपमा चिया राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।

यो सर्वेक्षणले सुत्ने बेलाका क्रियाकलापलाई झल्काउने प्रयास गरेको बिडेक प्रवक्ता तानिया जोन्सनले बताएकी छन् । व्यस्त जीवनमा उपयुक्त रूपले निद्रा लिँदै सुत्नु अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । बुढ्यौलीमा आउँछ मिठो निद्रा
उमेर बढेसँगै निद्राको गुणस्तर खराब हँुदैन । अझ यसमा सुधार पाउने गरिएको छ ।
'स्लिप' जर्नलमा प्रकाशित यो अध्ययन सम्बन्धी सर्वेक्षणमा करिब डेढ लाख वयस्क व्यक्तिहरूको विचारलाई लिइयो । त्यस अनुसार उमेरको चौथो दशकलाई छोडेर उमेरसँगै निद्राको गुणस्तर राम्रो हुन्छ । उमेरको आठौं दशक बिताइरहेकाहरू बढी राम्ररी निदाउँछन् । उमेरमा वृद्घसिँगै निद्राको गुणस्तरलाई लिएर गुनासो कम हुन्छ । यो सन्दर्भमा, उमेरको चौथो दशक गुजारिरहेका व्यक्ति मात्र भिन्न देखिएका थिए ।
मिठो निद्राका लागि चेरीको जुस चेरीको अमिलो जुस, राति मिठो निद्राको खोजीमा रहेकाहरूको लागि धेरै सहयोगी हुन सक्छ । अध्ययन अनुसार दिनहुँ दुई गिलास चेरी जुस लिने युवा जुस नलिनेको दाँजोमा ३९ मिनेट बढी सुत्छन् ।
चेरीको जुस खाने गरे निद्रा नलाग्ने समस्या हट्नुका साथै निद्रा क्षमतामा ६ प्रतिशत वृद्घ िसमेत हुन्छ । यो अध्ययन अन्तर्गत, केही स्वस्थ युवालाई दिनमा दुईपटक निरन्तर चेरीको जुस दिइयो भने अन्यलाई अर्कै फलको जुस दिइयो ।
चेरीको जुस सेवन गर्नेहरूको निद्रामा महत्त्वपूर्ण सुधार देखियो । उनीहरू राति लामो समयसम्म मजाले निदाउन सके । दिउँसो उँघ्न छोडे । उनीहरूको सम्पूर्ण निद्रा क्षमता समेत बढेको पाइयो ।
अध्ययन अनुसार राम्रो निद्राका लागि चेरी जुसमा पाइने मिलेटोनिन रसायन जिम्मेवार छ । मिलेटोनिन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले मानिसको सुत्ने र जाग्ने चक्रलाई नियन्त्रित गर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out