करिश्माको २५ वर्ष : फ्लप कि हिट ?

अभिनेत्री करिश्मा मानन्धरको सिनेमा करियर शनिबारदेखि २५ वर्ष पुगेको छ । डेब्यु सिनेमा ‘सन्तान’ रिलिजको आधारमा करिश्माको करियरले साढे दुई दशक पार गरेको हो । समिक्षकहरूबीच करिश्माको करियरलाई सफल वा असफल के भन्ने बारेमा विमती कायमै छ । करियरको यो कालखण्डमा करिश्माले अनेक उतारचढावहरू बेहोरिन् । अमेरिका पलायन हुनु करिश्मा करियरको सर्वाधिक कमजोर पक्ष बन्यो ।
करिश्माको करियरलाई एक वाक्यमा यसरी संश्लेषण गर्न सकिन्छ –‘उनी अभिनयले भन्दा पनि सौन्दर्यले हिट भइन् ।’ उनको अभिनय र नृत्य क्षमताभन्दा पनि उनको सौन्दर्यको चर्चा उत्तराद्र्धसम्म भैरहेको छ । लगभग उनका १५ जति सिनेमा हिट भए । नेपाल फर्किएपछि ‘कस्तुरी’बाट काम थालेकी उनका ‘मनकामना’, ‘ट्रक ड्राइभर’, ‘सपना’ सर्वाधिक हिट सिनेमा हुन् । राजेश हमालसँग उनले खेलेका ‘साथी’, ‘बसन्ती’, ‘गोठालो’, ‘जिन्दगानी’ हिट भए ।
‘कस्तुरी’ अभिनयताका उनले विनोद मानन्धरसँग विहे गरिन् । विहेपछि करिश्माको ख्याती बढ्दै गयो । उनकी गडमदर अञ्जली श्रेष्ठ विहेपछि करिश्मा झनै राम्री भएको र अभिनय खारिएको बताउँछिन् । उनको होमप्रोडक्सनमा बनेका दुई सिनेमा ‘ढुकढुकी’ र ‘बाबुसाहेव’ नराम्रोसँग फ्लप भए । पछिल्लोवर्ष मात्रै उनले दर्जन सिनेमामा अभिनय गरिन् । ती हुन् –‘मायाको बारीमा’, ‘पल’, ‘हो यही माया हो’, ‘किन किन’, ‘सायद’, ‘वरदान’ र ‘मायाज् बार’ ।
करिश्माको अवरुद्ध होमप्रोडक्सनले चाँडै टेलिभिजन र सिनेमाको काम सुरु गर्दैछ । लोडसेडिङ सकिएपछि दशकअघि रोकिएको टेलिफिल्म र विज्ञापनका काम सुचारु गरिने योजनामा छन् करिश्मा दम्पति । कम्पनीले सिनेमा निर्माण थाल्ने उनले बताइन् । तर, नेपाली सिनेमाको इतिहासले करिश्मालाई सँधै दक्ष अभिनेत्रीभन्दा सुन्दरी अभिनेत्रीको रुपमा मूल्यांकन गर्नेछ । उनीमाथि लागिरहेको आरोप के हो भने –फिजिकल मेन्टेनसामु उनको एक्टिङ गौण भयो । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out