लादेन विरुद्ध उनकै पत्नी लागेको आशंका

इस्लामाबाद, पाकिस्तान, फागुन २७ (एजेन्सी)- पाकिस्तानको एबटाबादमा लुकेर वसेका अलकायदा पूर्व प्रमुख ओसामा बिन लादेन विरुद्धको कार्यवाहीका लागि उनकै पत्नीले षडयन्त्र गरेको समाचार अमेरिकाको न्यूयोर्क टाइम्सले लेखेको छ।
पाकिस्तानको एक सवानिवृत सैनिक अधिकारी विग्रेडियर शौकत कादिरलाई उदृत गर्दै तयार पारिएको समाचारमा उक्त आशंका व्यक्त गरिएको छ।
पाकिस्तानमा लुकेर वसेका लादेनका बारेमा अमेरिकालाई कसरी थाहा भयो भन्ने बारे कादिरले पछिल्लो आठ महिना देखि जाँच गरिरहेका छन्।
उनको रिपोर्टमा लादेनकी जेठी पत्नी हुर्रियाले उनलाई धोका दिएको उल्लेख गरिएको छ।

यस विच बिबिसँगको एक कुराकानीमा कादिरले आफ्नो शंकालाई पुष्टि गर्दै ओसामाबाट अलग बस्दै आएकी हुर्रियाले उनीसँगै बस्ने जिद्धी गरिरहेकी बताए। यस अघि ओसामा आफ्नी दुई पत्नीसँगै एबटाबाद स्थित त्यही घरमा धेरै वर्षअघि देखि बस्दै आएका थिए।

ब्रिगेडियर कादिरका अनुसार अन्ततः फेब्रुअरी अथवा मार्च २०११मा उनी ओसामासँग बस्न एबटाबाद आइन।
उनी लादेनसँग बस्न सुरुगरे लगत्तै अमेरिकी गुप्तचर संस्था सिआइएका एजेन्ट मानिएका डाक्टर शकिर अफरिदीले आफ्नो काम सुरुगरेको बताइएको छ।
डाक्टर शकिलले एबटाबादको त्यस घरमा वसिरहेका सबै ब्यक्तिको रक्त नमुना लिएका थिए।

हुर्रियाले लादेनकी कान्छी पत्नी प्रति सदैव इर्श्या भाव राख्ने गरेको ब्रिगेडियर कादिरले बताए।
लादेनका बारेमा समाचार दिनेलाई २ अर्ब ५० करोड डलरको इनाम अमेरिकाले घोषणा गरेको थियो। उनको खबर अमेरिकालाई दिइनुमा त्यो पनि एउटा कारण हुनसक्ने बताइएको छ।

सन् २०११को मे २ मा पाकिस्तानको एबटाबादमा अमेरिकी जलसेनाको एक विशेष प्रशिक्षित समूहले गरेको सैन्य कार्यवाहीमा लादेन मारिएका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out