शक्तिशाली विष्फोटक पदार्थसहित माओवादी नेता पक्राउ

गजेन्द्र बोहरा, दाङ फागुन १९- आफूलाई एकीकृत नेकपा माओवादीको मगरात राज्य समितिका सदस्य बताउने एकजना अतिशक्तिशाली विष्फोटक पदार्थसहित पक्राउ परेका छन्। जिल्ला सदरमुकाम घोराहीको अतिव्यस्त तुलसीपुरचोकबाट उनी बिहीबार राती पक्राउ परेका हुन्। रोल्पा घर बताउने जसराम बुढा गुल्मीबाट घर फर्किने क्रममा पक्राउ परेका हुन्।
उनीसहित बरामद गरिएका विस्फोटक सामाग्रीहरुलाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुढाले झोलामा लुकाइ ल्याएको १० थान जिलेटिनका लोला, १० थान डेटोनेटर(एक प्रकारको केप), तथा ७ मीटर फ्युज तार (डेटकर्ड) तथा दुइ थान मोवाइलका सेट समेत छन्। जिल्लामा यति धेरै शक्तिशाली विस्फोटक पदार्थ पक्राउ परेको पहिलो पटक हो। सो विस्फोटक केहिदिन अघि राजधानीको ववरमहलमा भएको विस्फोट भन्दा वढि शक्तिशाली भएको प्रहरीले जनाएको छ।
'विस्फोटनका लागि यी अत्यधिक शक्तिशाली डिभाइस मानिन्छन, एकै थान विस्फोटबाट पनि ठूलै क्षति हुन सक्छ'-विस्फोटक सामाग्रीहरुबारे सन्चारकर्मीहरुलाई जानकारी गराउँदै जिल्ला प्रहरी प्रमुख गणेशबहादुर ऐरले भने। विस्फोटक सामाग्रीहरु भारतमा निर्मित भएको प्रहरीले अनुमान गरेको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out