"मेरो जीवन अपूर्ण" - जेसिका अल्बालाई

लस एन्जल्स (एजेन्सी), फाल्गुन २२ - आम जनतालाई सेलिबि्रटीको क्रेज देख्दा लोभ लाग्छ । जता जाउ मिडिया, स्वागत-सत्कार आदि । तर तिनै सेलिबि्रटीलाई भने सार्वजनिक जीवनले आफ्नो सामान्य जीवनलाई खोसेकामा चिन्ता हुने गरेको बेलाबखत आउने गर्छ । यस्तै भएको छ, हलिउड नायिका जेसिका अल्बालाई पनि ।
उमेरले ३० लागेपछि बल्ल उनलाई आफ्नो जीवन अपूर्ण लाग्न थालेको छ । आफ्ना दुई सन्तान र पतिलाई समय दिन नसकेकामा पश्चात्ताप गर्दै उनले यसो बताएकी हुन् । 'यो पूर्ण जीवन हुँदै होइन ।
धेरैभन्दा धेरै समय परिवारसँग बिताउनुपर्छ भन्ने सोच बारम्बार आउन थालेको छ,' दुई छोरी अनर (४ वर्ष) र हेभन (छ महिना) की आमाले भनिन्, 'दिनभर घरमा भइनँ भने पनि अब राति त हुनेछु ।' सन् २००४ मै 'फ्यान्टास्टिक फोर' खेल्ने क्रममा क्यास वारेनसँग नजिकिएकी अल्बाले त्यसको चार वर्षपछि विवाह गरेकी थिइन् ।
सन्तान जन्माएपछि पनि 'सेक्सिएस्ट वुमन' मा हैकम जमाइरहन सफल यी सुन्दरीको क्रेज टेलिभिजन हुँदै फिल्म अभिनयमा आएदेखि घटेको छैन । अल्बाले एक म्यागजिनसँगको कुराकानीमा भनेकी छन्, 'अन्त्यमा, म आफैंमा र्फकनैपर्छ, चाहेको पनि त्यही हो । त्यसमा म सुरक्षित र स्वतन्त्र महसुस गर्नेछु ।' लाइम लाइटको चमकमा फसेपछि धेरै सेलिबि्रटीका निजी सम्बन्ध ध्वस्त हुने गरेका खबर बढिरहेका बेला अल्बाले भने पूर्ण जीवनको इच्छा गर्नु उनका फ्यानका लागि निराशाजनक निर्णय भए पनि स्वयंका लागि भने सुखद होला ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out