यौनपेशाबाट मुक्ति पाउन सामुहिक बिहे

भारतको गुजराँत राज्यस्थित वादिया गाउँका महिला पुस्तौदेखि वेश्यावृत्तिमा संलग्न छन् । यौनपेशा उनीहरुको रहर होइन, किनकी उनीहरुले पेट पाल्नका लागि यस्तो तल्लोस्तरको पेशा रोज्न बाध्य छन् ।

यौनपेशा अँगाल्दा आफुले जुन पीडा र हेला खप्नुपरेको छ त्यो आफ्ना छोरीहरुले भोग्नु नपरोस् र छोरीहरुको जीवन नर्क नबनोस् भन्ने आमाहरुको चाहना हुनु स्वभाविकै हो । गाउँका चेलीहरुले भविष्यमा यस्तो पेशा अँगाल्नु नपरोस् भन्ने कामना गर्दै स्थानीय समुदायका अगुवा, सरकारी अधिकारी तथा अधिकारकर्मीहरुको आयोजनामा गाउँका किशोरीहरुको सामुहिक विवाह सम्पन्न भएको छ ।
सामुहिक बिवाहमा गाउँका २१ जना किशोरीहरुले लगनगाँठो कँसे । सरकारी अधिकारी, आसपासका धेरै गाउँले तथा अन्य सुभेक्षुकहरु समेत सहभागि उक्त भव्य विवाह समारोहमा ८ जना चेलीहरु विवाह बन्धनमा बाँधिए भने अरु १३ जनाले इन्गेजमेन्ट गरे ।

शरानीया समुदायका ती चेलीहरुले आफ्नै समुदायका युवकलाई जीवनसाथीको रुपमा पाए । बिहे तथा इन्गेजमेन्ट गरेपछि युवतीहरु प्रायः यौनपेशाबाट मुक्त हुने भएकाले अरु चेलीहरुलाई पनि घरजम गर्न र वेश्यावृत्तिमा नलाग्न प्रेरित गरिएको छ ।

वेदका मन्त्र उच्चारणसहित हिन्दु परम्परा अनुसार गरिएको विवाह समारोहमा बेहुलाहरुले बेहुलीलाई सुनको औँठी लगाइदिए र सँगै बाँच्ने र सँगै मर्ने कसम खाए ।

भारतमा निकै गरीब समुदायको रुपमा रहेको शरानीय समुदाय फिरन्ते जातीको रुपमा रहेको छ र यो समुदायका महिला प्रायः यौनपेशामा संलग्न छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out