आवाज सुनेर सेक्सको तिर्खा मेटाउँदै

अमेरिकाको पेन्सिल्वेनियामा एक अनौठो सेक्स मामिला सार्वजनिक भएको छ । क्राइप नामका एक व्यक्ति माथि यस्तो आरोप लागेको छ की जसले आफ्नी भूतपूर्व श्रीमतीले सेक्सका बेला निकाल्ने आवाज रेकर्ड गरी सुनेर यौन आनन्द लिइरहेका छन् ।
उनीमाथि आफ्नी भुतपूर्व पत्नीको ओछ्यानमुनि लुकाइछिपाइ रिमोट लिशनिंग डिभाइज नामको ट्रान्समिटर राखिदिएर उनले सेक्सका बेला निकाल्ने आवाज सुन्ने गरेको आरोप लागेको छ ।
पुलिससँगको कुराकानीमा क्राइपले आफुले यस्तो डिभाइसको प्रयोग केवल सेक्सको मजा लिनका लागि मात्र गरेको बताएका छन् । क्राइप र उनकी श्रीमतीबीच केही समय पहिले सम्बन्ध विच्छेद भएको थियो ।
सम्बन्धविच्छेदपछि पनि क्राइप र उनी भूपू श्रीमती एउटै घरमा बस्दा रहेछन् । तर ती महिलाले आजकल अर्को पुरुषसँग रोमान्स गर्न थालेकी रहिछन् । आफ्नी भुतपूर्व श्रीमतीले अर्को पुरुषसँग यौनक्रिडा गरिरहेको कुरा क्राइपको चासोको विषय हुनेनै भयो । त्यसैले उनले सुटुक्क भुतपूर्व श्रीमतीको ओछ्यानमुनि आवाज रकेर्ड गर्ने र त्यसलाई रिसिभरमा पठाउने उपकरण राखिदिए ।
उक्त उपकरणले भुतपूर्व श्रीमतीको उक्त कोठामा निस्कने हरेक आवाज रेकर्ड गरेर क्राइप बस्ने कोठामा रहेको रिसिभरमा प्रसार गर्दो रहेछ र उनले आफ्नै कोठामा बसेर पूर्व स्वास्नीका हरेक गतिविधि नियाल्दा रहेछन् । अरु आवाजको त के नै अर्थ रह्यो र स्वास्नीले छाडेपछि एक्लिएका क्राइपले भुतपूर्व स्वास्नीले अर्को पुरुषसँग सम्भोग गर्दा निकाल्ने आवाज र त्यसबेला हुने सम्वाद सुनेर यौनको तिर्खा मेटाउँदा रहेछन् ।
भूतपूर्व लोग्नेले यस्तो गरेको थाहा पाएपछि क्राइपकी पूर्व स्वास्नीले आफुमाथि अन्याय भएको भन्दै प्रहरीमा उजुरी गरिछन् । प्रहरीले क्राइपलाई जालसाजीको मुद्धामा पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out