आममाफीको मागमा माओवादी लचिलो

के हो जघन्य अपराध? सहमति हुन बाँकी
काठमाडौं, फागुन २९ (नागरिक) एकीकृत माओवादी 'अन्तराष्ट्रिय मापदण्डअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न लचिलो भएको छ।  सशस्त्र युद्धको समय भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरुलाई आममाफी दिने गरी आयोग गठन हुनुपर्ने माग गर्दै आएको माओवादी आइतवार शान्ति मन्त्रालयमा भएको प्रमुख तीन दलको वैठकमा अन्तराष्ट्रिय मापदण्डअनुसार नै गठन गर्न लचिलो भएको हो।
वैठकमा सहभागी एमाले नेता शंकर पोखरेलका अनुसार सुरुमा माओवादीले आममाफी दिनुपर्ने जिकीर गरेपनि छलफलका क्रममा अन्तराष्ट्रिय मापदण्डलाई ध्यान दिई गठन गर्न सहमत भएको हो। नेपाली कांग्रेस र एमालेले भने अन्तराष्ट्रिय प्रचलन र मापदण्डअनुसार आयोग गठन हुनुपर्ने अडान राख्दै आएका छन्।

राष्ट्रिय कानुन कमजोर भएको स्थितीमा अन्तराष्ट्रिय कानुन हावी हुनसक्ने भएकाले पनि आममाफीको ब्यवस्था गर्न नहुने काग्रेस र एमालेको जिकीर थियो। छलफलका क्रममा दलहरु जघन्य अपराध र वलात्कारका घटनाहरुलाई उन्मुक्ति नदिने गरी आयोग गठन गर्न सहमत भएका छन्। तर, जघन्य अपराधलाई कसरी ब्याख्या गर्ने भन्ने विषयमा भने दलहरुवीच सहमति जुटेको छैन। 'जघन्य अपराधको सुक्ष्मीकरण गर्ने विषय टुंगो लागेको छैन', काग्रेस नेता रामचन्द्र पौडेलले भने।

एमाले अध्यक्ष झलनाथ खनालले पनि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने विषयमा विस्तारपुर्वक छलफल भएको बताउदै भने, 'दलहरुको धारणामा निकटता आएको छ।' आ-आफनो पार्टीमा छलफल गरेर मात्रै थप निर्णय लिने माओवादी नेता पोष्ट वहादुर वोगटीले बताए।

वैठकमा काग्रेस र एमालेले सेना समायोजनको विषयलाई टुंग्याउनुपर्ने कुरामा जोड दिएका थिए। काग्रेस-एमालेले 'शान्ति प्रक्रिया अघि नवढी अरु विषय अघि वढन सक्दैन' भन्ने पुरानै अडान दोहोर्‍याएका थिए। उनीहरुले 'चाँडो भन्दा चाँडो समायोजनको काम अघि वढाउनपर्ने' माग गरेका थिए।

कागेस-एमालेको मागपछि मंगलवार सेना समायोजन विशेष समितिको वैठक बस्न दलहरु सहमत भएका छन्। विशेष समितिमा छलफल गरी शान्ति प्रक्रियाको विषयमा त्यहीवाट समाधान निकाल्न दलहरु सहमत भएको एमाले नेता खनालले बताए। यसअघि प्रमुख तीन दलवीच सात वुँदे सहमति भइसकेका कारण विशेष समितिले त्यसैको भावना अनुसार निर्णय लिने पनि उनले बताए।

संविधान निर्माणका विषयमा छलफल गर्न सोमवार संवैधानिक समिति अर्न्तगतको विवाद समाधान उपसमितिको वैठक वस्ने भएको छ। तर, काग्रेस नेता पौडेलले भने त्यो वैठकवाट निष्कर्ष नआउने संकेत गरेका छन्। 'हामी चाहन्थ्यौ भोली उपसमितिको वैठक हुनभन्दा अगाडी विशेष समितिको वैठक होस्। त्यसो भए उपसमितिको वैठकलाई निर्णय लिन सजिलो हुन्थ्यो', पौडेलले भने। काग्रेस र एमालेले शान्ति प्रक्रिया पुरा भएपछि मात्रै संविधान निर्माणका विषयमा छलफल गर्न सकिने अडान राख्दै आएका छन्।
वैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउने जिम्मा प्रधानमन्त्रीको रहेको र विशेष समितिको वैठकवाट निर्णय हुने बताएका थिए। तर, प्रधानमन्त्री एक्लैले निर्णय लिने स्थिती नरहेको बताउदै एमाले नेता पोखरेलले भने, 'माओवादी शान्ति प्रक्रिया टुंग्याउनभन्दा पनि एकवाट अर्काेतिर पन्छाएर अल्मल्याउने रणनीतिमा नै छ।'
वैठकमा माओवादीवाट अध्यक्ष दाहाल, प्रधानमन्त्री बावुराम भट्टराई, पोष्ट वहादुर वोगटी थिए भने नेपाली काग्रेसवाट सभापति सुशील कोइराला, नेता पौडेल र कृष्ण सिटौला सहभागी थिए। एमालेवाट अध्यक्ष खनाल, नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, शंकर पोखरेल लगायतका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out