तेश्रो लिंगीले सेक्समा झन् मज्जा लिन्छन्

तेश्रो लिंगीको यौन क्रियाकलापलाई अप्राकृतिक भन्ने गरिन्छ । उनीहरुको सम्भोग अनैतिक तथा असुरक्षित रहने गरेको पनि आरोप लाग्छ । तर एकजना तेश्रो लिंगी मोडेलले भने तेश्रो लिंगीहरुको यौनसम्बन्ध सुरक्षित तथा प्राकृतिक हुने र सेक्सबाट आफुहरुले भरपूर मज्जा लिने गरेको बताएकी छिन् ।

मिस पिंक मेघना लामाले तेश्रो लिंगी/समलिंगीको सेक्सको प्रकार फरक हुनसक्ने भएपनि सेक्सबाट पाउने सन्तुष्टि वा मज्जा भने सामान्य मान्छेले पाउने सरह नै भएको बताएकी हुन् । शुक्रबार साप्ताहिक सँगको अन्तरवार्तामा मेघनाले भनेकी छिन् , ‘जसरी जुनसुकै रंगमा फुलेपनि गुलाफबाट बास्ना नै आउँछ, त्यसैगरी हामी तेश्रो लिंगी/समलिंगीले गर्ने सेक्स फरक भएपनि त्यसबाट पाउने सन्तुष्टि सामान्य मानिसले पाउने सरह नै हो ।’

महिला र पुरुषले जसरी सेक्सको आनन्द लिन्छन् त्यसरी नै आफुहरुले पनि सेक्सको भरपुर मज्जा लिने तर यसमा मात्राको नाप भने नहुने उनी बताउँछिन् ।
सेक्स भावना सँग गाँसिएको विषय भएको हुनाले यसलाई हल्का रुपमा लिन नहुने र यौन रोगबाट बच्न सुरक्षित सेक्स आवश्यक रहेको मेघनाको भनाइ छ ।

सेक्स बिना जिवनको कल्पना गर्न नसकिने र आपसी सम्बन्धलाई बलियो बनाउन सेक्स अत्यावश्यक रहेको मेघनाको ठम्याइ छ । उनी भन्छिन्, ‘मानिसलाई जसरी भोजन नभई हुँदैन, त्यसरी नै सेक्स पनि नभइ हुँदैन ।’
सेक्स जिवनको अभिन्न तत्व भएकाले सेक्सको अभावमा जीवन अपूरो हुने मेघनाको भनाइ छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out