विद्या बालनलाई राष्ट्रिय पुरस्कार

बलिउड अभिनेत्री विद्या वालनले भारतको सबैभन्दा ठूलो फिल्मी पुरस्कार प्राप्त गरेकी छिन् । ५९ औँ राष्ट्रिय फिल्म पुरस्कार अन्तरगत विद्या सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
फिल्म डर्टी पिक्चरमा गरेको उत्कृष्ट अभिनयका कारण विद्याले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी हुन् । सर्वोत्कृष्ट अभिनेताको अवार्ड मराठी फिल्म देउलका अभिनेता गिरिष कुलकर्णीले प्राप्त गरेका छन् ।
बुधबार घोषणा भएको राष्ट्रिय फिल्म पुरस्कार अन्तरगत सर्वोत्कृष्ट फिल्मको बिधामा मराठी फिल्म देऊल र ब्यारी भाषाको फिल्म ब्यारी संयुक्त रुपमा चयन भएका छन् ।
सर्वोत्कृष्ट हिन्दी फिल्मको पुरस्कार आइ एम ले जितेको छ भने यहीँ फिल्मको गीत अगर जिन्दगीका लागि अमिताभ भट्टाचार्यले सर्वोत्कृट गितकारको पुरस्कार कुम्ल्याएका छन् ।
सर्वोत्कृष्ट संगीत निर्देशकमा बंगाली फिल्म रंजना आमी आशबो ना का लागि नील दत्त छानिएका छन् । त्यस्तै नृत्य निर्देशकमा फिल्म जिन्दगी ना मिलेगी दोबाराका लागि बस्को सिजर उत्कृष्ट ठहरिएका छन् ।
राष्ट्रिय पुरस्कार अन्तरगत सर्वोत्कृष्ट गायिकाको पुरस्कार बंगाली फिल्म अबोशेशेकी गायिका रुपा गाँगुलीले प्राप्त गरेकी छिन् भने मराठी फिल्म बालगन्धर्वका लागि गायक आनन्द भाटेले सर्वोत्कृष्ट गायकको पुरस्कार जितेका छन् ।
सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पंजाबी फिल्म अन्धे घोडे दा दान का लागि गुरविन्दर सिंहले जितेका छन् भने लोकपृय फिल्मको पुरस्कार तमिल फिल्म अलगर सामीइन कुदिरइले प्राप्त गरेको छ । उत्कृष्ट प्रविधि तर्फ शाहरुख खानको फिल्म रा वनले बाजी मारेको छ भने मेकअप तर्फ फिल्म डर्टी पिक्चर र मराठी फिल्म बालगन्धर्व उत्कृष्ट ठहरिएका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out